भोलि कर्णाली प्रदेशभर सार्वजनिक विदा
सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गते अर्थात भोलि (शुक्रबार) सार्वजनिक विदा दिएको छ । साउने संक्रान्ति र देउडा पर्वको असरमा विदा दिइएको प्रदेश सरकारले जनाएको छ ।
यो विदा कर्णाली प्रदेशका १० जिल्लामा मात्र लागू हुनेछ । कर्णाली प्रदेशका १० जिल्लामा साउने १ गते सार्वजनिक बिदा दिइएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलय जनाएको छ । मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले साउन १ गते साउने संक्रान्ति र देउडा पर्वको अवसर पारेर प्रदेशभर सार्वनजिक विदा दिइएको बताए ।
कर्णाली प्रदेश सरकारको गत बैष्शाख १७ गते (शुक्रबार) बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशभर साउन १ गते देउडा पर्वको बिदा दिने निर्णय गरेको थियो ।





