२०८३ असार २ गते
×

Now Playing

घुँयत्राे : हैन ! जाँदाजाँदै ओलीबाले माधव नेपाललाई भन्नु भनेर गए त गाँठे

हैन ! जाँदाजाँदै ओलीबाले माधव नेपाललाई भन्नु भनेर गए त गाँठे । आँफू त अघिल्लो दिन पार्टी मिल्यो भनेर १० बुँदे सहमतिभा भनेर समाचार त आथ्यो त ! तर भोेलिपल्टै ओलीबा जनतासितको अन्तिम विदाईमा सारा तुष जति माकुनेकै नाममा उतारेछि पार्टी मिल्यो भनेर मख्ख पर्नेहरु चित पर्या जस्तो छ ।

ओलीबाको यो सिँहगर्जनले मैले त फेरि पनि ओलीबा पार्टी मिलाउने पक्षाँ छन् भन्ने लाएन । पदाँ बस्या मान्छेले रिसको झोकाँ यसरी भन्नू नभन्नु भन्न पाइने हो भने मेरो भन्नू केही छैन । अन्यथा एउटै थलाँ कैल्यै भेट नहुम्ला भनेझैँ गरी भनेछि बिचरा नेपालका कार्यकर्ताहरुलाई नी पर्नु पीर त पर्या होला नी । तर के गर्नु ? सहनेको सयसिध्दि भनेझैँ जे भनेनी चुप्पै बस्याछन् । त्यसो त चार बर्षदेखि बालुवाटाराँ रंगिन रात बिताएर मोजमस्ति गर्या बेलाँ आँफुलाई फाल्न विपक्षीसित गठबन्धन गरेर प्रधानमन्त्रीको कुर्चियाट तानेर सर्लक्क भूइँमा फालेछि फाल्नेकाविरुद्ध आक्रोसित हुनु पनि स्वभाविकै हो ।

तर, त्यो विषयको झगडा मिलाएर सम्झौतासमेत गरिसकेछि फेरि त्यै कुरालाई लिएर तथानाम भनेछि मिल्न भनेर बना दस्ताबेजको के काम ? भन्ने बेलाँ अदालतको परमादेशले फाल्या हो, जनताले फाल्या हैनन् (डेढ वर्षपछि) जनताको ताजा जनमतलेर आउँछु भन्ने मान्छेले तिनै माधव नेपाल नै आँफुलाई चुनाव जिताउन आउँछन् भन्ने कुरा ओलीवाले किन बिर्सेका होलान् के ! ल !

प्रधानमन्त्रीको कुर्चियाँ बसुन्जेल त आफ्ना मुस्डण्डेबाहेक कोही चाहिनेनन रे । त्योबेलाँ आफ्ना दुस्मनको जति खोइरो खनेनी भो । तर त्यो घमण्ड गर्ने पद नै चिलिम भएर सारा सुखसयल छोडेर जान बाध्य भएछि त आफ्नै पार्टीका सुखदुखका साथी खोज्ने होला नी त ! तर “मान्छे जति बुढो भा,े त्यति निहँु खोज्छ । गोरु जति बूढो भो त्यति निहँ खोज्छ “ भन्या साँच्चै हो भनेझैँ गरेर गए त ओलीबा ।

भोलीका दिनाँ त प्रधानमन्त्री बन्ने चुुनाउ मात्रै नभएर पार्टी अध्यक्ष बन्ने महाधिवेसन पनि त गराउनुपर्ने होला । त्यो बेलाँ नि दलका मान्छे त चाहिएलान् त ! कि त माधव नेपाल र उनका कार्यकर्ता जतिलाई स्याँक्कै स्याँकेर काँधाँ सुर्य चिन्ह बोकेर मेची महाकाली गर्ने बिचार छ र ? अबका दिनाँ माधव टिमलाई पार्टीयाँ राख्दै नराख्ने हो र एक्लै डुल्ने हो भने माधवलाई मात्रै के रिस परेका जति सब्बैलाई गाली गर्दै हिँडे नी हुन्छ ।

हैन भने असार २९ मा बालुवाटाराट बहिर्गमन हुँदै गर्दा माकुनेलाई गाली गर्या कुराँ सामान्य नागरिकको नि चित्त बुझ्या छैन है । बाँकी ओलीबाकै मर्जी । जयहोस् दुईतिहाई सरकारको । अनि बधाई देउबाजीलाई प्रधानमन्त्री भाकोमा । अनि शान्तोना ओलीबालाई सत्ता हस्तान्तरण गरेकोमा ।
वेदर्षि

घुँयत्राे : हैन ! जाँदाजाँदै ओलीबाले माधव नेपाललाई भन्नु भनेर गए त गाँठे

भोलि कर्णाली प्रदेशभर सार्वजनिक विदा

घुँयत्राे : हैन ! जाँदाजाँदै ओलीबाले माधव नेपाललाई भन्नु भनेर गए त गाँठे

एमालेको धूमिल सहमति

Leave a comment

Your email address will not be published. Required fields are marked *