सिम्ता गाउँपालिकाद्वारा पत्रकार सहित विभिन्न निकाय सम्मानित
दुर्गा विसि ।

सुर्खेतकाे उत्तरि पुर्वी क्षेत्रमा रहेको सिम्ता गाउँपालिकाले ३ पत्रकार सहित गाउँपालिकाकाे साझेदारीमा काम गर्ने विभिन्न निकायलाई सम्मानित गरेको छ । सिम्ता गाउँपालिकाले विगत ४ वर्ष देखि गाउँपालिसँग सहकार्य र सहयोग गरेवापत विभिन्न निकायलाइ सम्मानित गरेको छ ।
सिम्ता गाउँपालिकालाइ विभिन्न तह र तप्काकामा रहेर काम गर्ने सरकारि तथा गैरसरकारी संस्था सम्बद्ध व्यक्तिहरुलाइ कदर पत्र र दाेसल्लाहा सहित सम्मानित गरेको छ ।गाउँपालिकाले विभिन्न क्षेत्र,समन्वय,साझेदारी,सहकार्य गरि काम गर्ने सहयोगि संस्थाहरुलाइ उच्च सम्मान गर्दै आगमि दिनमा समेत हातेमालो गरि अघि वढ्ने जनाएको छ ।
आर्थिक समाजिक संस्थागत विकासका लागि पुर्वाधार,शुसासन युक्त सम्वृद सिम्ता गाउँपालिकाकाे अाधारमा सम्मानित व्यक्तिहरुकाे सहयोग अतुलनीय रहेको जनाएको छ । गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले गाउँपालिकालाइ सहयोग र हात्तेमालाे गर्ने निकायहरुकाे प्रगति विवरण र उहाहरुले पुर्याएको याेगदान सहितको भिडियो डकुमेन्ट्रीबाट साे गरिएको थियो ।
खानेपानी तथा सरसफाइ,गैसस महासंघ,स्याक नेपाल,हेल्भटास,कृषि तथा वातावरण,शुसासन तथा प्रवद्द्न केन्द्र,सामुदायिक विद्युतिकरण,पत्रकार लगाएत टिमलाई सम्मानित गरेको छ ।युग्अाह्वा दैनिकका सम्बादाता दुर्गा विसि, एभिन्युजका टेलिभिजनका क्षेत्रिय प्रमुख दुर्गा राेकाय,पत्रकार युवराज पंगाली,गैसस महासंघका सुर्खेत जिल्ला अध्यक्ष घनश्याम केसि,समाज जागरण केन्द्रकि प्रमुख मिना तिवारी लगाएतका दर्जन वढि संस्थाका सम्बद्ध व्यक्तिहरुलाइ सम्मान गरिएको छ ।

उक्त कार्यक्रममै गाउँपालिका उपाध्यक्ष चन्द्रकाला शाहीले स्वागत मन्तव्यबाट सहयोगी दाता तथा व्यक्ति र संस्थालाई धन्यवाद व्यक्त गरेकि थिइन भने कार्यक्रमको सञ्चालन सिम्ता गाउँपालिकाका पुर्व सुचना अधिकारी प्रकाश चन्दले गरेका थिए ।सम्मानित संस्था र व्यक्तिहरुकाे गाउँपालिकाले उच्च प्रसंसा समेत गरेको छ ।





