सिम्तामा २७ अति विपन्न घर परिवारलाई सोलार वितरण

सल्यान । सुर्खेतकाे सिम्ता गाउँपालिका-६,राकमले २७ विपन्न घरधुरीलाई ५० वाटको सोलार बत्ती वितरण गरेको छ ।

वडा कार्यलयको सिम्ता उज्यालो अभियान अन्तर्गत वडाले अति विपन्न,दलित तथा ग्रैर दलित घरपरिवारलाइ सोलार वितरण गरेको हो ।

आव ०७७/०७८ को वडा कार्यालयबाट छनौट योवना अनुरुप २ लाख रुपैयाँ विनियोजन भएको थियो ।

त्यसमा समुदाय र वडाको फिप्टि फिप्टि साझेदारीमा अति विपन्न घरपरिवारलाई ५० वाटको सोलार सेट वितरण गरिएको वडा अध्यक्ष राजेन्द्र सिंह ठकुरीले जानकारी दिए ।

गत वर्ष पनि वडाले अतिविपन्न घर परिवारलाई सोलार सेट वितरण गरेको थियो । यश वर्ष पनि अपुग बाँकी घरधुरिलाइ सोलार वितरण गरिएको जनाएको छ । बत्ति भए पनि सोलार पाउँदा स्थानीय खुसि बनेका थिए ।

सोलार सेट वितरण कार्यक्रम गाउँपालिका आइटी इन्जिनियर इन्जिनियर किरण गौतम,वडा कार्यालयका अन्य कर्मचारी र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।

सिम्तामा २७ अति विपन्न घर परिवारलाई सोलार वितरण

हट लुक्समा शिल्पा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!