राष्ट्रिय टोलीको क्लोज क्याम्पबाट बाहिरिए १४ खेलाडी

नेपाली राष्ट्रिय फुटबल टोलीको क्लोज क्याम्पबाट १४ जना खेलाडी बाहिरिएका छन्। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपका लागि प्रारम्भिक टोलीको संख्या घटाएसँगै उनीहरु क्लोज क्याम्पबाट बाहिरिएका हुन्।
५० जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका अलमुताइरीले दोस्रो चरणमा घटाएर ३६ जनामा ल्याएका छन्। अल्मुताइरीको सूचीमा पाँचजना गोलरक्षक रहेका छन्। विश्वकप छनोटका लागि टोलीमा रहेका किरण चेम्जोङ र दीप कार्की नियमित छन्।
राष्ट्रिय टोलीमा पुनरागमन गरेका गोलरक्षक विकेश कुथु र विशाल श्रेष्ठसँगै अपर्ण कार्कीसहित ३६ जना सूचीमा अटाएका छन्। पहिलो पटक राष्ट्रिय टोलीको क्याम्पमा स्थान बनाएका निरज बस्नेत, डोना थापा, गौरव बुढाथोकी, प्रिजेन तामाङ र सुदिल राई दोस्रो चरणमा स्थान बनाउन असफल रहे।
त्यसैगरी विश्वकप छनौटमा नेपाली टोलीमा स्थान बनाएका गोलरक्षक विशाल सुनारसँगै दर्शन गुरुङ, विवेक बस्नेत, मिक्छेन तामाङ, अमित तामाङ, निशान खड्का, रवि पासवान, सेसेहाङ आङ्दाम्बे र शिशिर लेखी समेत टोलीबाट बाहिरिएका छन्।
पहिलो पटक नेपालको क्याम्पमा परेका रन्दिप पौडेल, राजन गुरुङ, राजिव लोप्चनले प्रशिक्षक अल्मुताइरीको सूचीमा स्थान बनाएका छन्। कतारमा शल्यक्रियापछि क्लोज क्याम्पमा प्रशिक्षण गर्दै आएका मिडफिल्डर विक्रम लामाको फिट भएको खण्डमा राष्ट्रिय टोलीमा पुनारागमन गर्न सक्नेछन्।
३६ सदस्यीय टोली
किरण चेम्जोङ, अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, आशिष लामा, अभिषेक रिजाल। अन्जन विष्ट, अनन्त तामाङ, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दीनेश राजवंशी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी र नवयुग श्रेष्ठ।
यस्तै, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ।






