पाकिस्तानिविरुद्धको एकदिवसीय क्रिकेटमा इङ्ल्याण्डको क्लिनस्विप

एजेन्सी । पाकिस्तानविरुद्धको ३ खेलको एक दिवसीय श्रृंखला इंग्ल्याण्डले क्लिनस्विप गरेको छ। तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई ३ विकेटले हराउँदै घरेलु टोली इंग्ल्याण्डले श्रृंखला ३–० ले जितेको हो।

३ सय ३२ रनको लक्ष्य लक्ष्य इंग्ल्याण्डले खेल सकिन १२ बल अगावै ७ विकेट गुमाएर भेट्टाएको थियो। उसका लागि जेम्स भिन्सले १ सय २ रनको शतकीय इनिंग्स खेले।

९५ बलको सामना गर्दै उनले ११ चौका प्रहार गर्दै १ सय २ रन बनाए। त्यस्तै लुइस ग्रेगोरीले ७७ रन जोडे। बलिङमा पाकिस्तानका हरिश रौफले ४ तथा शादब खानले २ विकेट लिए।

यसअघि बर्मिंघममा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३१ रन बनाएको थियो। पाकिस्तानका कप्तान बाबर आजमले १ सय ५८ रन बनाए।

त्यस्तै मोहम्मद रिजवान ७४ तथा इमाम उल हकले ५६ रनमा पेभेलिएन फर्के। इंग्ल्याण्डका ब्रायडन क्रसेले ५ अनि सकिब मोहम्मदले ३ विकेट हात पारे। जेम्स भिन्स म्यान अफ द म्याच तथा साकिब महमुद म्यान अफ द सिरिज चुनिए।

इंग्ल्याण्डले पहिलो खेल ९ विकेटले र दोस्रो खेल ५२ रनले जितेको थियो। पाकिस्तान र इंग्ल्याण्डबीच यही शुक्रवारदेखि तीन खेलको ट्वेन्टी(ट्वेन्टी श्रृंखला शुरु हुनेछ।

पाकिस्तानिविरुद्धको एकदिवसीय क्रिकेटमा इङ्ल्याण्डको क्लिनस्विप

‘चुनावी प्रतिबद्धता पूरा गर्न लागिरहेका छौं’

पाकिस्तानिविरुद्धको एकदिवसीय क्रिकेटमा इङ्ल्याण्डको क्लिनस्विप

राष्ट्रिय टोलीको क्लोज क्याम्पबाट बाहिरिए १४ खेलाडी

Leave a comment

Your email address will not be published. Required fields are marked *