‘चुनावी प्रतिबद्धता पूरा गर्न लागिरहेका छौं’

स्थानीय सरकारले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि आफ्नो नीति तथा कार्यक्रम र बजेट ल्याइसकेका छन् । साथै चालु आर्थिक बर्षको बजेट कार्यान्वयनको समिक्षा पनि गरिरहेका छन् । अब नयाँ आर्थिक वर्षमा नयाँ योजना र कार्यक्रम कार्यान्वयन गर्नेबारेमा स्थानीय सरकारहरु रणनीति बनाउँदैन् । आगामी आर्थिक वर्षका लागि कस्ता योजनाहरु बने ? त्यसको कार्यान्वयन कसरी हुन्छ ? यीनै विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी टेकराज केसीले रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

विशाल शर्मा
मेयर, चौरजहारी नगरपालिका, रुकुमपश्चिम

हिजोआज गर्दै हुनुहुन्छ ?

हामी अहिले चालु आर्थिक बर्षको विकासको कामको समिक्षा गर्ने काममा व्यस्त छौं । साथै आगामी वर्षको बजेटलाई कसरी कार्यान्वयन गर्न भन्ने बारेमा योजना बनाइरहेका छौं । साथै चालु आर्थिक वर्षको बजेटलाई कार्यान्वयन गर्ने काममै व्यस्त छौं ।

यो बर्षमा बजेट कार्यान्वयन कस्तो भयो ?

चालु आर्थिक बर्षका लागि विनियोजित बजेट र कार्यक्रमहरु ९० प्रतिशत सम्पन्न भएका छन् । हामीले शुरुवातदेखि नै बजेट कार्यान्वयनलाई तीव्रता दिएका थियौँ । हामी निर्वाचित भएको शुरुवातदेखि नै बजेटको सही सदुपयोग गर्नेगरी नै आफ्ना योजना निर्माण गर्दै आएका छौं ।

अघिल्लो आर्थिक बर्ष र यो आर्थिक बर्षमा कोरोनाका कारण विकास निर्माणका काममा केही बाधा उत्पन्न भयो । तथापी हामीले बजेटको कार्यान्वयन भने सन्तोषजनक रुपमा नै गरेका छौं । बजेट कार्यान्वयनको अवस्था निराशाजनक छैन ।

आगामी आर्थिक बर्षका प्राथमिकता के के छन् ?

हामीले आगामी आर्थिक बर्षका लागि तीन वटा क्षेत्रलाई प्रमुख प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट पारित गरेका छांै । पहिलो स्वास्थ्य क्षेत्र हो । कोरोना महामारीबाट जनतालाई जोगाउनु हाम्रो पहिलो दायित्व हो । त्यसैले हामीले बजेट यसमा केन्द्रीत गरेका छांै । वडास्तरका स्वास्थ्य इकाईहरुको स्तर वृद्धि, एम्बुलेन्स संचालन र डाक्टरहरुको व्यवस्था लगायतमा हामी केन्द्रीत हुन्छौं ।

अर्को भनेको शिक्षा क्षेत्र हो । कोरोना महामारीका कारण शिक्षा क्षेत्र पनि नराम्रोसँग प्रभावित हुन पुगेको अवस्था छ । बालबालिकाको भविश्यमा नै प्रश्न उठिरहेको बेलामा हामीले विभिन्न विधिमार्फत पठनपाठनलाई अगाडी बढाउनेगरी बजेट बनाएका छौं । साथै शिक्षा क्षेत्रमा रहेका अन्य समस्याहरु समाधानमा पनि कार्यक्रम केन्द्रीत गरेका छौं । भने बेरोजगारी समस्या पनि उत्तिकै समस्याको रुपमा रहेको हुँदा विभिन्न कार्यक्रममार्फत वेरोजगारी समस्या समाधान गर्नेगरी हामी अगाडी बढेका छौं । त्योसँगै अन्य विकासका काममा पनि हामीले बजेट विनियोजन गरेका छांै ।

वेरोजगारी समस्या समाधान गर्न कस्ता कार्यक्रम छन् ?

हामीले रोजगारी सिर्जना गर्न विभिन्न कार्यक्रम तय गरेका छौं । चौरजहारी नगरपालिका कृषि र पशुपालनको लागि पनि उपयुक्त ठाउँ भएकाले युवाहरुलाई रोजागरी सिर्जना गर्नको लागि हामीले कृषि र पशुपालन र अन्य उद्यमशिलताका कार्यक्रम पनि बनाएका छौं । हामीले कृषि, रोजगार तथा युवा परिचालन नामक कार्यक्रम नै बनाएर हामीले बजेटको ठुलो हिस्सा यही कार्यक्रममा हामीले परिचालन गरेका छौं । यसमा साना कृषि उद्योगदेखि अन्य उद्यमशिलताका कार्यहरुमा लगाइने छ ।

यसबाट उत्पादनलाई वृद्धि गर्दै रोजगारी सिर्जना गर्ने हाम्रो योजना हो । युवाहरुलाई हामीले भनिरहेका छौं की तपाईँहरु व्यवसायिक योजना तयार गर्नुहोस्, सहयोग हामी गर्छौ भनेर । अहिले धेरै युवा जनशक्ती व्यवसायिकतामा समेत केन्द्रीत भएको छ । पालिकाले अधिकांश युवाहरुलाई गाउँमै रोजगारी दिनेगरी अन्य कार्यक्रमहरु पनि बनाएको छ । त्योसँगै पशुपालन र कृषि गर्नेहरुका लागि पनि प्रोत्साहनका कार्यक्रमहरु छन् ।

चार वर्षको अवधिको के परिवर्तन गर्नुभयो त ?

हिजोको अवस्था र हामी निर्वाचित भएपछिको अवस्थामा धेरै परिवर्तन भएको छ । हामी निर्वाचित हुनुभन्दा अगाडी सबै वडामा सडक संजाल थिएन । अहिले सबै १४ वटै वडामा सडक संजाल पुगेको छ । त्यसैगरी सबै वडामा स्वास्थ्यको पहुँच पुगेको छ । भने एम्बुलेन्स संचालन, डाक्टरहरुलाई सबै वडामा पुर्याउने काम पनि भएको छ । पहिले स्वास्थ्य उपचारको लागि बाहिर जानुपर्ने अवस्था अहिले कम भएको छ । त्यसैगरी, शिक्षा क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ ।

शिक्षाको गुणस्तर कायम गर्न विभिन्न प्रयासहरु गरेका छौं भने शिक्षाका भवनहरु सुधार गरेका छौं । विद्युतिकरणमा पनि हामीले काम गरिरहेका छौं । सिमान्तकृत वर्गहरुले पनि सरकार भएको अनुभुती गर्न थालेका छन् । अर्को महत्वपूर्ण कुरा सबै नागरिकको पहुँचमा खानेपानी थिएन । हामीले एउटा वृहत योजनाअन्तरगत एक घर, एक धाराको अवधाराणा अगाडी बढायौं । अहिले सबै घरपरिवारमा खानेपानीको धारा र नियमित खानेपानी पुगेको छ । जनताका आधारभुत आवश्यकता पुरा भएका छन् । पहिलेभन्दा अहिले हाम्रो नगरपालिकामा धेरै परिवर्तन भएको मैले मात्र भन्नुभन्दा पनि अनुभुती गर्ने जनताले भन्ने कुरा हो ।

निर्वाचनका बेला जनतासँग गरेका बाचा अब एक बर्षमा पुरा हुन्छन् त ?

जनताको बिचमा हामीले गरेका प्रतिवद्धता हामीले अपेक्षा गरेअनुसार पुरा भइसकेका छन् । मेरो पहिलो प्रतिवद्धता भनेको सबै नागरिकहरुलाई सचेत बनाउनु थियो । जनता सोच नभएसम्म अन्य काम गर्न समस्या हुन्छ, त्यसैले शुरुका बर्षहरुमा हामीले विकास निर्माणका कामसँगै सचेतनाका कार्यक्रमहरु संचालन गर्यौ । जनताको चेतनास्तर विगतभन्दा अहिले उठेको छ ।

दोस्रो भनेको विकासमा सबै नागरिकहरुलाई पहुँचमा पुर्याउने भन्ने थियो । त्यो अब करिब पुरा भएको छ । स्वरोजगारतर्फ नागरिक आफै लागिरहनुभएको छ । यसरी हेर्दा हामीले अपेक्षा गरेअनुसारको परिवर्तन भएको छ । भने हामीले गरेका बाचा पनि पुरा भइसकेको अवस्था छ । आगामी एक बर्षभित्र हामी अझै अनुभुती गर्न लायकका काम गर्छौ, जसको परिणाम तपाईँ अर्को बर्ष देख्न सकनुहुने छ ।

‘चुनावी प्रतिबद्धता पूरा गर्न लागिरहेका छौं’

एमालेमा एकताको पहलले कर्णालीमा तरंग, प्रदेश सरकार

Leave a comment

Your email address will not be published. Required fields are marked *