अर्थमन्त्री शर्माको पहिलो निर्णय : खोप किन्‍न ५ अर्ब निकासा, फ्रन्टलाइनरलाई भत्ता स्वीकृति

काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिद गर्नका लागि ५ अर्ब निकासा गर्ने निर्णय गरेका छन्। बुधबार सिंहदरबारमा पदभार ग्रहण गर्दै पहिलो निर्णयको रूपमा खोप खरिदलाई प्राथामिकता दिएका हुन्।​

सरकारले कोरोना महामारीमा जनताको जीवनरक्षामा केन्द्रित भएको बताउँदै सबै नागरिकलाई खोपको सुनिश्चिता सरकार गर्ने बताए। यस्तै, स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ताको रकमसमेत स्वीकृति गरेका छन्।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेलगत्तै बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले चैत अन्तिमसम्म सबै नागरिकलाई कोरोनाको खोप लगाइसक्ने निर्णय गरेको थियो।

आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका थिए।

त्यस्तै, कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय पनि गरेको थियो।

महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतलाई पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन सुरु गर्ने निर्णय बैठकले गरेको थियो।

अर्थमन्त्री शर्माको पहिलो निर्णय : खोप किन्‍न ५ अर्ब निकासा, फ्रन्टलाइनरलाई भत्ता स्वीकृति

राष्ट्रिय टोलीको क्लोज क्याम्पबाट बाहिरिए १४ खेलाडी

अर्थमन्त्री शर्माको पहिलो निर्णय : खोप किन्‍न ५ अर्ब निकासा, फ्रन्टलाइनरलाई भत्ता स्वीकृति

साउन १ देखि लामो दूरीमा गाडी चलाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *