विश्वमा २४ घण्टामा थपिए ६ लाख ८३ हजार कोरोना संक्रमित

एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ८३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये अमेरिकामा मात्रै १ लाख १९ हजार संक्रमति थपिएका छन्।

यस्तै‚ भारतमा ४० हजार, इरानमा ३९ हजार, ब्राजिलमा ३५ हजार ९००, वेलायतमा ३३ हजार, फ्रान्समा २८ हजार ५००, टर्कीमा २२ हजार २००, रसियामा २१ हजार ९०० र मलेसियामा २१ हजार ७०० जनामा संक्रमण देखिएको छ।

यो अवधिमा ५ लाख ५४ जना संक्रमित निको भएका छन्। गत २४ घण्टामा कोरोनाकै कारण १० हजार २३९ जनाले मृत्यु भएका छन्। तीमध्ये सबैभन्दा धेरै इण्डोनेसियामा १४ सय ६६ जनाको मृत्यु भएको छ।

ब्राजिलमा ९७५, रसियामा ८०८, अमेरिकामा ६६०, भारतमा ५८३, इरानमा ५६८, मलेसियामा ३१८, अर्जेन्टिनामा १८१, टर्कीमा १३८, वेलायतमा ९४ र फ्रान्समा ७७ जनाको मृत्यु भएको छ।

विश्वमा २४ घण्टामा थपिए ६ लाख ८३ हजार कोरोना संक्रमित

जुम्ला बजारमा ‘मास्क बैंक’ स्थापना

विश्वमा २४ घण्टामा थपिए ६ लाख ८३ हजार कोरोना संक्रमित

कान्दहार शहर कब्जामा लिएको तालिबानको दाबी

Leave a comment

Your email address will not be published. Required fields are marked *