कान्दहार शहर कब्जामा लिएको तालिबानको दाबी

एजेन्सी : तालिवान विद्रोहीले अफ्गानिस्तानको दोस्रो ठूलो सहर कान्दहारमाथि पनि कब्जा गरेको दाबी गरेका छन्।

यो सहर कुनै बेला तालिबानको बलियो पकड भएको क्षेत्र थियो र अफगानिस्तानको एक प्रमुख व्यापारिक केन्द्रका रुपमा पनि लिइन्छ। कान्दहार तालिबानको जन्मस्थल पनि हो। पहिले यो उसको सबैभन्दा बलियो पकड भएको क्षेत्र रहेको थियो।

यद्यपि, तालिवानले गरेको कब्जाका विषयमा सरकारी तवरबाट भने यसको अहिलेसम्म पुष्टि भएको छैन। तर, तालिवानका प्रवक्ताले भने कान्दहारमाथि कब्जा जमाइसकेको दाबी गरेका छन्।

अब उनीहरुले राजधानी काबुललाई लक्षित गरेका छन्। तालिवानले एकसातामै ३४ प्रान्तमध्ये १२ वटाका राजधानीमा कब्जा जमाइसकेको बीबीसीले जनाएकाे छ। बिहीबार मात्रै तालिवानले गज्नी र हेरातलाई आफ्नो नियन्त्रणमा लिएको थियो।

तालिवानको अबको लक्ष्य राजधानी काबुल रहेको बताइएको छ। काबुलमा हुनसक्ने आक्रमणलाई गम्भीरताका साथ लिइएको छ। काबुलमा द्वन्द्व हुँदा हजारौं सर्वसाधारण मारिनसक्ने बताइएको छ। किनभने, देशका विभिन्न भूभागमा तालिवानले कब्जा जमाएपछि भागेर धेरैजसो सर्वसाधारण काबुल आएका छन्।

यसैबीच, तालिवानले एकपछि अर्को गर्दै ठूला क्षेत्रमा कब्जा जमाउन थालेपछि अमेरिकाले आफ्नो दूतावासबाट कर्मचारीहरूलाई सुरक्षित रूपमा लैजान सेना पठाउने भएको छ। उसले करिब ३ हजार सैनिक अफ्गानिस्तान पठाउन लागेको हो। बेलायतले पनि आफ्ना दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षितरूपमा बाहिर निकाल्न ६ सय सैनिकलाई काबुल पठाउँदै छ।

२० वर्षपछि अमेरिकी नेतृत्वको विदेशी सैनिकले अफ्गानिस्तान छाडेपछि तालिवानले त्यहाँ हिंसा मच्चाएको छ। उसले देशका विभिन्न भूभागमा कब्जा गर्दै सर्वसाधारणको हत्या गरिरहेको छ भने महिला तथा बालबालिकालाई चरम यातना दिइरहेको छ।

कान्दहार शहर कब्जामा लिएको तालिबानको दाबी

विश्वमा २४ घण्टामा थपिए ६ लाख ८३

कान्दहार शहर कब्जामा लिएको तालिबानको दाबी

राहुलको शतकमा भारतको गतिलो सुरुवात

Leave a comment

Your email address will not be published. Required fields are marked *