जुम्ला बजारमा ‘मास्क बैंक’ स्थापना

जुम्ला : जुम्ला बजारमा ‘मास्क बैंक’ स्थापना भएको छ। ‘हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’ भन्ने मुल नाराका साथ मास्क बैंक स्थापना गरिएको छ।

सरकारले सुरु गरेको नेपाल मास्क अभियानलाई थप प्रभावकारी पार्न मास्क बैंक स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन्। कसैसँग मास्क नभए बैंकबाट लिन सकिने छ। यस्तै‚ मास्क हुनेले बैंकलाई उपलब्ध गराउन सक्ने प्रसाईंले बताइन्।

मास्क बैंकमा सशस्त्र प्रहरी खटिएको छ। सशस्त्र प्रहरी गणका गणपति गगन श्रेष्ठका अनुसार मास्क दिने र लिने क्रम बढिरहेको छ। मास्कका बैंकका लागि सुरुमा जिल्ला जनस्वास्थ्य कार्यालयले सहयोग गरेको छ।

जुम्ला बजारमा ‘मास्क बैंक’ स्थापना

लागुऔषधसहित दुई जना पक्राउ

जुम्ला बजारमा ‘मास्क बैंक’ स्थापना

विश्वमा २४ घण्टामा थपिए ६ लाख ८३

Leave a comment

Your email address will not be published. Required fields are marked *