लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं : ठूलाे परीमाणकाे नियन्त्रित लागुऔषध सहित कपन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी गाउँपालिका–६ घर भई बूढानीलकण्ठ नगरपालिका–१० जोरधारा बस्ने वर्ष ३० वर्षीय शिव कुमार गिरी र सिन्धुपाल्चोक लिसंङ्खुपाखर गाउँपालिका –७ घर भई बूढानीलकण्ठ –१२ मुस्कान चोक बस्ने ४२ वर्षीय बुद्ध गुरुङ छन्।

महानगरीय प्रहरी प्रभाव कपनको टोलीले उनीहरुको शरिर तथा कोठा खान्तलासी गर्दा ठूलो परिमाणमा लागुऔषध फेला पारेको जनाएको छ। प्रभागका इन्चार्ज प्रहरी निरीक्षक भगवती तिमल्सिनाले उनिहरुको साथ बाट बिभिन्न नियन्त्रित लागुऔषध तीन हजार दुई सय बढी एम्पुल र ट्याब्लेट फेला पारेको जानकारी दिइन्।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको उनले जानकारी दिइन्। पक्राउ परेकाहरु लागुऔषध कारोबारी रहेको खुलेको छ।

लागुऔषधसहित दुई जना पक्राउ

विदेशबाट फर्केर गाउँमै व्यवसायमा जमेका नरेन्द्र

लागुऔषधसहित दुई जना पक्राउ

जुम्ला बजारमा ‘मास्क बैंक’ स्थापना

Leave a comment

Your email address will not be published. Required fields are marked *