कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ।

आज दिउँसो प्रदेश सभामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। सरकारले ल्याएको प्रि– बजेटमाथि छलफलपश्चात आज नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो।

कोरोना रोकथाम तथा नियन्त्रण लाई सुदृढ पार्दै स्वास्थ्य क्षेत्र केन्द्रित र कर्णालीको गरिबी न्यूनीकरण गर्ने आधार सृजना गरिने खालको नीति तथा कार्यक्रम ल्याउन लागिएको प्रदेश सरकारले दाबी गरेको छ।

वर्तमान अवस्थामा सृजित कोरोनालाई नियन्त्रण गर्नु प्रमुख दायित्व भएकाले यसलाई प्राथमिकतामा राखिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले जानकारी दिए।

आज दिउँसो २ बजे बस्ने संसद बैठकमा कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

आर्थिक वर्ष २०७८/०७९ बजेटका सवालमा सिम्ताले गर्याे

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

वैद्यको अभिव्यक्ति आपराधिक र आपत्तिजनक : एमाले

Leave a comment

Your email address will not be published. Required fields are marked *