आर्थिक वर्ष २०७८/०७९ बजेटका सवालमा सिम्ताले गर्याे याेजना तर्जुमा गाेष्ठी
दुर्गा विसि

सल्यान । सिम्ता गाउँपालिकाले सुर्खेतले आर्थिक वर्ष ०७८/०७९ काे वजेटका विषयमा सुझाव सम्बन्धि याेजना तर्जुमा गाेष्ठि काे आयाेजना गरेको थियोे ।गाेष्ठिमा सिम्तामा कृयाशिल राजनीतिक दल,संघ संस्था,जनप्रतिनिधि लगाएतका व्यक्तिहरुकाे उपस्थिति रहेको थियो ।
सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिलाई वजेट सम्बन्धि छफलफमा राजनीति दलका अगुवाहरुले वाेल्ने क्रममै आक्रमक प्रहार गरेका थिए ।निकै रुष्ट कुरुर रुपमा गाउँपालिका अध्यक्ष केसिकाे कार्यशैलिमा प्रश्न उठाएका छन् ।
त्यो प्रहार केवल प्रतिपक्षीय नेपाली कांग्रेस,अाफ्नै दल नेकपा एमाले सम्बद्ध स्थानीय नेताहरु र नेकपा माओवादी केन्द्रकाे तर्फबाट वाेल्ने वक्ताहरु रहेका छन् । माओवादी केन्द्रका अमर बहादुर सिह,नेपाली कांग्रेसकस टेक बहादुर सिंह, नेकपा एमाले जित बहादुर सिंह, त्यसै गरि प्रकाश शर्मा,भुवान बुढा,विरेन्द्र रावत,डम्बर घर्ती,मान कुमारी चन्द,दिर्ग मल्ल र नेत्रलाल महताराले सुझाव दिने क्रममै धारण राखेका थिए ।
ती सबै कुराकाे गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहि,अध्यक्ष कविन्द्र कुमार केसिले सबै सकारात्मक तथा नकारात्मक कुराहरुकाे नितिगत लिविवद्दता हुने जनाए । सबै सुझाव ग्रहण गर्ने र केही भ्रमित राजनीति कुराहरुकाे जवाफि प्रतिउत्तर समेत दिएको थियो ।
याेजना तर्जुमा गाेष्ठिमा सहभागी सबैले शिक्षा,स्वास्थ्य र राेजगार मैत्री वजेट ल्यान माग गरेका छन् ।महत्त्वपूर्ण क्षेत्र शिक्षा र स्वास्थ्य केन्द्रित वजेट तर्फ ध्यानाकर्षण गराएका छन् ।सबै तह र तप्काबाट आएका सुझावलाई वजेटमा समावेश हुने जनाएको छ ।
यस अघि टाेल वस्तिबाट अनलाइन मार्फत सुझाव माग समेत भएको थियो भने सराेकारवाला विच नै व्यापक छलफल चलाएको प्रमुख प्रशासकिय अधिकृत टाेपवहादुर रानाको भनाइ रहेको छ ।खास नितिगत रुपमा हुने सबै प्रक्रिया पूरा भए पछि वजेट ल्याउने तयारीका विषयमा निकै गम्भीर ढंगले छलफल चलाएको छ । याेजना तर्जुमा गाेष्ठिकाे सहजिकरण प्रकाश चन्दले गरेका थिए ।





