शाहको पहलमा गाउँकै विद्यालयलाइ उच्च प्रविधि प्रयोगशाला स्थापना
दुर्गा विसि

सल्यान । नेपाल सरकार सूचना तथा संचार प्रविधि मन्त्रालय दुर संचार प्राधिकरणको सहयोगमा कृष्ण माध्यामिक विद्यालय लेखसँग्रहिमा कम्प्युटर जडान गरिएको छ । वनगाड कुपिण्डे नगरपालिका ७ संग्रही सल्यानमा रहेको उक्त विद्यालयमा २४ थान कम्प्यूटर सहितको अत्याधुनिक सूचना तथा संचार प्रविधि प्रयोगशाला आइसिटी ल्याव डेस्कको स्थापना गरिएको छ ।
आइसिटी प्रयोगशालाको स्थापनाले बालबालिकाको सिकाई क्षमता अभिबृद्दि र विद्यालयको शैक्षिक गुणस्तरमा बृद्दि गर्ने साथै बालबालिकाहरुको प्रबिधिमा पहुँच स्थापित भई आफूलाई प्रविधि अनुकुल बनाई प्रतिस्पर्धि बजारमा आफूलाई स्थापित गर्न सक्षम सहयोगी भुमिका खेल्ने प्रधानाध्यापक हिरा खत्रीको भनाइ रहेको छ ।
अत्याधुनिक सुचना तथा संचार प्रविधि प्रयोगशाल आइसिटी ल्यावको स्थापनाका लागि विशेष पहल कर्ता कर्णाली प्रदेश सभाका सदस्य एव कर्णाली प्रदेश सभा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहको प्रमुख पहलमा विद्यालयमा उक्त प्रयोगशाला स्थापना भएको जनाएको छ ।
शाहीको जन्म गाउँ, कक्षा १-१० सम्म अध्यायन गरेको विद्यालय र निर्वाचन क्षेत्र समेत परेकाले उहाँको उक्त विद्यालयलाइ विशेष जोड रहेको छ । साथ साथै विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि गत आर्थिक वर्षमा ५० लाखको भवन, २० लाखको घेरवार, शिशु कक्षा व्यवस्थापन गरि करिव करोडौंको विद्यालयको सर्बाङिन विकासमा अतुलनीय भुमिका रहेको जनाएको छ ।
शाहीको योगदानको विद्यालय परिवार हमेशा उच्च प्रशंशा गरिरहने छौ । विद्यालय परिवार तपाईको उच्च प्रसंसा गरेको छ ।
साथै उक्त अत्याधुनिक सुचना तथा संचार प्रविधि कक्ष स्थापनाका लागि अहोरात्र खटी सरोकारवाला पक्षसंग निरन्तर समन्वय गर्ने तत्कालीन प्रधानाध्यापक मोहन रोकाय,हालका प्रधानाध्यापक हिरा खत्री,विद्यालय ब्यवस्थापन समितिका तत्काललिन अध्यक्ष शभीम बहादुर खड्का, बर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द वली, वनगाड कुपिण्डे नगरपालिका-७ वडाका वडा अध्यक्ष भोपाल केसी लगायतका सरोकारवाला सबैमा विद्यालयले विशेष धन्यवाद व्यक्त गरेको छ ।
आइसिटी स्थापनाले कहिल्यै कम्प्युटर नदेखेका विद्यार्थीको प्रयोगात्मक कक्षामा राम्रो सहयोगी वन्ने जनाएको छ ।





