सिम्तामा आशन्न महाधिवेशनकाे सभापतिका लागि रावतको घोषणा

दुर्गा विसि

सिम्ता । सुर्खेत सिम्ता गाउँपालिकामा नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशनको सभापतिमा बिरेन्द्र रावतले उम्मेद्बारी घोषणा गरेका छन।अहिले सम्म यो गाउँपालिकामा उम्मेदवारी घोषणा गर्नेमा रावत पहिलो ब्यक्ति हुन ।

अहिले को नेपाली काङ्ग्रेस को १४औं महाधिवेशनमा आफू सर्वसम्मत सभापति हुने समेत रावतको भनाइ रहेको छ।आफ्नो त्याग दुख र पार्टी पर्तिको लगाबले आफू एक्लो उमेदवार रहेको रावतको भनाइ रहेको छ।आफू गाउँपालिकाको नेतृत्वमा आए पार्टी सुदृढीकरण, पार्टीको सहि निर्देशित पार्टीको अँगिकार सिद्धान्त,चलाएमान र सार्थकता पाउने समेत तर्क प्रस्तुत गरेका छन ।

लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसले जसले रास्ट्रियता प्रजातान्त्रिक समाजवादलाई आफ्नो मुल सिद्धान्त लिएको पार्टीको सदस्य हुन पाउनु नेपाली काङ्ग्रेस प्रति बिचार , आस्था राख्ने सबैले गौरव सिरोपरी गर्नु पर्ने उनको धारणा रहेको छ।नेपाल संघियतामा गए पछी देशमा राजनितीले फरक मोड लियो ।

सिँहदरबारको अधिकार गाउँगाउँमा भन्ने मुल नारा अगाडि आयो।त्यो नेपाली जनतालाई भ्रम छरियो।जसको फलस्वरूप नेपाल मा तीन तहका सरकारको परिकल्पना गरियो।स्थानीय सरकार , प्रदेश सरकार र संघीय सरकार आज तीन तहमा गाउँगाउँ मा सिँहदरबार होइन भ्रष्टाचारै भ्रस्टाचार मौलायो।गाउँ गाउँ मा सिँहदरबार नभै भ्रष्टाचारै भ्रस्टाचार मौलाएको उनको भनाइ छ ।

जनता जनता कोभिड, रोग शोक र भोकले आक्रान्त भएको बेला सरकार आफ्नो कुर्सी जोगाउनमा नै व्यस्त भयो । अनुदान को नाउँमा कार्यकर्ताहरुलाई भरनपोषणमा व्यस्तता देखियो।जनप्रतिनिधिहरुले अहिलेको तत्कालीन जनताको समस्या समाधान तिर नलागी सस्तो लोकप्रियताको लागि विभिन्न खालका योजना प्रस्तुत गरेका छन ।

लका स्थानीय तहमा आफ्नो पधाबधिको ख्याल नगरी पार्टी संगठन स्थानीय तहमा क्रमचारी छनोट, शिक्षक नियुक्ति,उपभोक्ता समिति को जिम्मेवारी लगायत आश्वासन दिई भ्रमपुर्ण राजनीति गर्नेहरू लाई बिधि र निति मा संबैधानिक बाटो बाट तिनै तहमा सरकार चलाउनु पर्छ।जनताको जनादेश स्वीकार्नु पर्छ भन्ने मेरो मान्यता हो ।

आदरणीय सिम्ताबासी जनसमुदायहरु सिम्ताबासिहरुको जुन अस्तित्व राजनिती छ,समय सापेक्ष हाम्रा जनप्रतिनिधिहरु चल्न सक्नु भयन, जहाँ पनि भ्रस्टाचार नै भ्रष्टाचार,योजनाहरु मनपरि छनोट, करार का क्रमचारीहरु जथाभावी नियुक्ति लगायतका कुराहरूमा मनपरि तन्त्र हुँदा सम्म हामिलाई जनताले प्रतीपक्ष बनायता पनि प्रतिपक्षी दलको नाताले हाम्रो पार्टीको आवाज नआउनु नै अहिले को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस को कमजोरी हो।बिकास का नाममा क्रमचारीहरुले अनाहकमा जनतालाई दियको दुस्ख हामी टुलटुल हेरि बसेका छौँ।पछिल्लो केहि समय यता पार्टी को कुनै पनि गतिविधि हुन सकिरहेको छैन ।

स्थानीय चुनाव नजिकिदै जादा पार्टी का अग्रजहरु मौन बस्नु दुस्खद को कुरा हो।अब काङ्ग्रेस ले इतिहासका कुरा मात्र गरेर हुदैन।वर्तमान परिस्थिति जनताको आवस्यकतालाई मध्यनजर गर्दै पार्टी को सहि निति बनाइ लागू गर्नु विपिको सिद्धांत निष्ठा र आदर्श लाई व्यवहारमा उतार्नु आजको प्रमुख आवस्यकता हो ।

पार्टीको अधिबेशन सकियपछी स्थानीय निर्वाचनमा हाम्रा जनप्रतिनिधिलाई जिताउन को लागि पार्टी सम्पुर्ण भात्तृसंघ संगठनको मङ्सिर मसान्त भित्र तदर्थ कार्यसमिति बनाइ संगठन र पार्टी लाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्द्छु । पार्टीको बिधानले दियको अधिकार प्रयोग गरि विभिन्न प्रकारका समिती,उपसमिति बनाइ मंसिर मसान्त भित्र विभिन्न प्रकारका गतिविधिको संचालन गर्ने अठोट लिएको छु।

जनता लाई गाउँपालिकासंग संगै हिड्ने वातावरण बनाउने मेरो योजना छ। मलाई सिम्ता गाउँपालिकामा सभापतिमा सर्वसम्मत चयन गर्नुहुने अपिल रहेको छ । आम सिम्ता वासि नेपाली कांग्रेस शुभेच्छुक,शुभचिन्तक प्रती रावतले अपेक्षा सहित अपिल गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

सिम्तामा आशन्न महाधिवेशनकाे सभापतिका लागि रावतको घोषणा

YUGAAWHAN NATIONAL DAILY (2078-03-27)

Leave a comment

Your email address will not be published. Required fields are marked *