सुर्खेतको पश्चिम रेक्चाबासीलाई तत्काल खानेपानी उपलब्ध गराउने मन्त्री थापाको आश्वासन

सुर्खेत । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाले रेक्चा गाउँको अनुगमन गरेका छन् । वर्षौंदेखि पानी अभावको समस्या झेल्दै आएको रेक्चा गाउँमा पानीका लागि सम्भाव्यता अध्ययन गर्न शनिबार मन्त्री थापाको टोली त्यसतर्फ पुगेको हो ।

सुर्खेतको चौकुने गाउँपालिका-५ रेक्चा र वडा नम्बर ४ पुच्मा बागमाराका स्थानीय पानीको अभावमा कष्टकर जीवन बिताउन बाध्य छन् । यी क्षेत्रका बासिन्दालाई पानी अभाव हुन नदिन मुहान स्रोत र व्यवस्थापनका लागि स्थलगत अनुगमन गरिएको मन्त्री थापाले जानकारी दिए ।

एक करोड १० लाख लागतमा लिफ्ट खानेपानीका लागि भैरहेको कामलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिदैं मन्त्रालयबाट थप ३० लाख बजेट व्यवस्थापन गरिएको मन्त्री थापाले बताए ।

चौकुने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सर्वदलीय र स्थानीयको सहभागितामा पानीको मुहान स्रोतको अभाव देखिएकोले बैकल्पिक व्यवस्थाका लागि वोरिङ्ग प्रणालीमार्फत पानी उपलब्ध गराउन सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिएको मन्त्री थापाले बताए ।

सोही बैठकबाट चौकुने गाउँपालिका वडा नम्बर ५ स्थित रेक्चा क्षेत्र र वडा नम्बर ४ पुच्मा बागमारामा खानेपानी अभावलाई थप विस्तार गर्ने र लघु जलविद्युतको लागि आवश्यक बजेट व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

यस्तै, निर्णय नम्बर २ मा यस क्षेत्रमा मुहान अभाव रहेकोले खानेपानीको बैकल्पिक व्यवस्थाका लागि वोरिङ्गको सम्भाव्यता अध्ययनका लागि बजट व्यवस्थापन गर्ने र निर्णय नम्बर ३ चौकुने गाउँपालिका क्षेत्रका विभिन्न सडक, खानेपानी, विद्युतीकरण, शिक्षा लगायत विषयमा मन्त्री अम्मर बहादुर थापालाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रतिनिधीमार्फत जानकारी गराउने निर्णय भएको मन्त्रीका प्रेस सल्लाहकार चक्र केसीले जानकारी दिए ।

सुर्खेतको पश्चिम रेक्चाबासीलाई तत्काल खानेपानी उपलब्ध गराउने मन्त्री थापाको आश्वासन

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!