सूर्योदय द्वारा पूर्व विद्यार्थी सम्मानित

सुर्खेत विरेन्द्रनगर १० स्थित सूर्योदय बोर्डाङ स्कुल द्वारा २०७८ साल असोज २२ गते का दिन आफ्नो विद्यालयबाट २०७१ देखि २०७७ सम्ममा एस.एल.सी. तथा एस.ई.ई. मा संलग्न सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान तथा हाल कक्षा ११ मा नवप्रवेशी विद्यार्थीलाई स्वागत संगै विजया दशमी, शुभ दिपावली तथा छठ पर्व विषेश शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयका प्रधानाध्यापक सुनिता रानी गुरुङ्ग को सभापतित्वमा सम्पन्न कार्यक्रमलाई विद्यालयका सह(प्रधानध्यापक विवेक खनाल ले सन्चालन गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि को रुपमा विद्यालय व्यावस्थापन समिति अध्यक्ष एवम् वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष समेत रहनुभएका राज बहादुर गुरुङ्ग हुनुहुन्थ्यो ।
कार्यक्रममा विद्यालयका म्यानेजिङ डाइरेक्टर दल बहादुर गुरुङ्ग ले सूर्योदय बोर्डीङ स्कुल अब अन्य विद्यालयहरु भन्दा कम नरहेको र विद्यालयलाई उत्कृष्ट स्थानमा ल्याउन विद्यार्थीको भविस्यालई ख्याल गदै आधुनिक विद्यालय निर्माणको निम्ती हर बखत लागिरहेको बताउनु भएको थियो ।
वि.स. २०५९ साल देखि सन्चालन हुँदै आएको यस विद्यालय बाट पाउनु पर्ने सम्पुर्ण ज्ञान हाँसिल गरेको र विद्यालय तथा शिक्षकहरुबाट पुर्ण रुपमा सन्तुस्ट रहेको पुराना विद्यार्थि प्रतिनिधि ले जनाइरहेका थिए । विद्यालयका एकेडेमीक इन्चार्ज निर्मल खड्का ले विद्यालयको विगतमा रहेका कमीकमजोरी लाई सुधानर गर्दै विद्यालय पठन पाठन व्यवस्थापनमा कुनै पनि कसर बाँकी नराखी सैद्धान्तिक तथा व्यावहारिक दुवै कुरालाई ख्याल गर्दै अन्य विद्यालय भन्दा नयाँ र आधुनिक तरिकाले शिक्षण सिकाई प्रक्रिया भइरहेको र भइरहने कुरा संगै आफ्ना शब्द गुच्छाहरु द्वारा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो ।
कक्षा ११ र १२ तर्फका कोर्डीनेटर लोकेन्द्र वि।सी।ले पनि सूर्योदय पढ्न आउने जुन सुकै विद्यार्थिलाई पनि सैद्धान्तिक र व्यावहारिक दुवै कुरामा दक्ष र विश्व बजारमा बिक्न सक्ने बनाउने विस्वास व्यक्त गर्नु भएको थियो । उहाँका अनुसार कक्षा ११ र १२ तथा विज्ञान, व्यवस्थापन र शिक्षा संकाय विद्यालयमा चलिरहेको र विद्यालयमा उचित प्रयोगशाला, भोतिक संरचना तथा शैक्षिक वातावरणमा कुनै पनि कमि नरहेको जानकारी गराउनु भयो ।
शुभ होटेल सुर्खेत मा सम्पन्न कार्यक्रममा नयाँ तथा पुराना विद्यार्थी, कार्यरत सम्पूर्ण कर्मचारीहरुको समेत उपस्तिथिका माझ केहि साँस्कृतिक नृत्य तथा अन्य रचना समेत प्रस्तुत गरिएको थियो ।






