थुनामा रहेका व्यक्तिको मृत्यु‚ प्रहरी र स्थानीयबीच झडप

सुनसरी । हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ ।

पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि झडप समेत भएको छ । ढुंगामुडापछि प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जनभन्दा बढी अश्रुग्यास समेत प्रहार गरेको छ ।

झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएको प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए । प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छ ।

प्रहरी उपरीक्षक थापाले सिसिटिभी क्यामेरामा स्पष्ट हात्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने बताए ।

प्रहरीले प्रदर्शनकारीलाई हटाउन पटक पटक प्रयास गरे पनि उग्र बनेको समूह प्रहरीमाथि जाइलागेको थियो । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ।

अहिले कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दा पक्राउ परेका भोक्राहा–५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीतिक लादिएको बताएका छन् । उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन ।

थुनामा रहेका व्यक्तिको मृत्यु‚ प्रहरी र स्थानीयबीच झडप

लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *