पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् ।

शनिबार क्रियाशील सदस्यता छानविन समितिले गरिरहेको कामबारे बुझ्न पुगेका नेता पौडेलले सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकोले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने उनको भनाई थियो । पार्टीको आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोशिश भइरहेको पनि नेता पौडेलले बताए ।

समय र परिस्थिति तथा आवश्यकता हेरेर कोही एक जनालाई उम्मेदवार बनाउन कसरत भइरहेको उनले बताए। आफुले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई समर्थन गर्न पनि तयार रहेको उनले खुलासा गरे। तर आफुले कसैलाई छोड्नु अगाडि चित्तबुझ्दो कारण चाहिने उनको तर्क थियो ।

उनले महाधिवेशनको लागि आवश्यक आधारको रुपमा रहेको क्रियाशील सदस्यताको विवाद असार मसान्तभित्र टुंगिने विश्वास व्यक्त गरे । भदौ २३ अगाडि पार्टीको महाधिवेशन नगरे संविधान विपरित हुने र पार्टीमाथि नै प्रश्न चिन्ह खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको भनाई थियो ।

पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक : पौडेल

पहिरोको त्रासमा खलढुंगाबासी : पानी पर्‍याे की

पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक : पौडेल

बधाई दिए हुन्छ, भोलि बिहान ८ बजे

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!