पहिरोको त्रासमा खलढुंगाबासी : पानी पर्‍याे की मध्यरातमा घर छोड्नुपर्छ

जुम्ला । हिमा गाउँपालिका–६ खलढुंगा गाउँका नागरिकलाई कोरोनाको महामारी भन्दा पनि पहिरोको त्रास बढी छ।

पानी पर्नेबितिकै गाउँको माथिबाट पहिरो झर्न सुरुगर्छ। अरु गाउँका मानिस पानी परेपछि घरभित्र पस्छन् तर खलढुंगा गाउँका नागरिकलाई पानी पर्नथाले पछि कसको घरमा गएर बासबस्ने भन्ने चिन्ताले सताउँछ।

स्थानीय कृष्ण खत्री (अधिकारी) ले मस्त निद्रामा भएको बेला घरको छानामा ढुंगा खसेको चाल पाएपछि रातिनै बालबच्चा बोकेर छिमेकीका घरमा जाने गरेको सुनाइन्।

पहिरोको जोखिमका कारण बस्ती स्थानान्तर गर्नका लागि गाउँ कार्यपालिकाले आर्थिक वर्ष ०७६/०७७ मा निर्णय गरेको हो। उक्त गाउँमा बाढी पहिरोको जोखिम अध्ययन गरी बस्ती नै स्थानान्तर गर्नका लागि गाउँकार्यपालिकाको निर्णय र आवश्यक बजेटसहित सघन सहरी विकास तथा भवन निर्माण कार्यालय जुम्लामा निवेदन समेत दिएको हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए ।

बस्ती सार्ने बारे सरोकारवाला निकायले ध्यान नदिएको उनले सुनाए। असार पहिलो सातामा लगातार परेको बर्षाले हिमा गाउँपालिका–६ खलढुंगा र दलित बस्तीमा पहिरोको जोखिम बढेपछि १६ घरधुरीका एक सय १७ परिवार विस्थापित भएका छन्। बस्तीको चारैतिर पहिरो जाँदा गाउँ नै जोखिममा परेपछि उनीहरु विस्थापित भएका हुन्।

‘लामो समयसम्म वर्षा हुँदा गाउँ नै जोखिममा परेको हो। अहिले बर्षा कम भए पनि स्थानीय त्यही भत्केकै घरमा पुनःस्थापना भएका छन्।  सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका सव–इन्जिनियर चन्द्र खड्काका अनुसार उक्त जोखिम बस्ती स्थानान्तरण गर्न केन्द्रमा कार्यक्रम बनाएर पठाए पनि चालु वर्षमा स्वीकृत नभएको बताए।

हिमा गाउँपालिकाले बस्ती स्थानान्तरण गर्न १२ करोड रुपैयाँ बजेट आयोजना स्टामेट तथा कार्यक्रम बनाएर पठाएको छ। एउटा घरको पाँच लाख रुपैयाँका दरले बजेट बनाइएको छ।

पहिरोको त्रासमा खलढुंगाबासी : पानी पर्‍याे की मध्यरातमा घर छोड्नुपर्छ

जोन्सन एण्ड जोन्सन खोप सोमबार आइपुग्ने

पहिरोको त्रासमा खलढुंगाबासी : पानी पर्‍याे की मध्यरातमा घर छोड्नुपर्छ

पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक : पौडेल

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!