जोन्सन एण्ड जोन्सन खोप सोमबार आइपुग्ने

काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत आउने कोरोना विरुद्धको अमेरिकी खोप जोन्सन एण्ड जोन्सन सोमबार विहान नेपाल आउने भएको छ।

१५ लाख डोज खोप सोमबार विहान काठमाडौं आइपुग्ने जानकारी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सामाजिक सञ्जालमार्फत दिएका छन्।

उनले खोपका लागि अमेरिकी सरकारलाई धन्यवाद दिँदै सरकारले थप खोप ल्याउने पहल जारी राखेको पनि बताएका छन्।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप दिने घोषणा गरेका थिए। सोही घोषणाअनुसार कोभ्याक्स सुविधामार्फत जोन्सन एण्ड जोन्सन खोप आउन लागेको हो।यो खोप एक मात्रा मात्रै लगाए हुन्छ ।

सरकारले चीनसँग किनेको भेरोसेल खोप शुक्रबार मात्रै चीनबाट ८ लाख डोज आइपुगेको छ ।

जोन्सन एण्ड जोन्सन खोप सोमबार आइपुग्ने

२४ घण्टामा २१६९ संक्रमित थपिए, २२ को

जोन्सन एण्ड जोन्सन खोप सोमबार आइपुग्ने

पहिरोको त्रासमा खलढुंगाबासी : पानी पर्‍याे की

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!