बधाई दिए हुन्छ, भोलि बिहान ८ बजे सुखद् समाचार सुनिन्छ : सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट विवाद समाधान कार्यदलका संयोजक सुवास नेम्वाङले आइतबार बिहान ८ बजे एमाले विवाद समाधानका विषयमा सुखद् समाचार सुन्न पाउने बताएका छन् ।
शनिबार अर्थ मन्त्रालयमा भएको बैठकपछि नेम्बाङले यस्तो बताएका हुन् । ‘झन्डै तीन वर्षको विवाद समाधान गर्न ढिला भएको छैन ।
भाषा पनि मिलिसकेको होला। यहीँ बैठक बस्छ। भोलि बिहान ८ बजे सुखद् समाचार सुन्न पाउनु हुन्छ । अहिल्यै बधाई दिए हुन्छ,’ उनले भने।
यसअघि नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले पनि भोलि सुखद् समाचार सुन्न पाउने बताएका थिए।






