अस्पतालबाट डिस्चार्ज भए कलाकार मदनकृष्ण श्रेष्ठ

काठमाडौं ।  वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट बुधबार डिस्चार्ज भएका छन्। कोरोना संक्रमण पुष्टि भएपछि दुईपटक अस्पताल भर्ना भएका मदनकृष्ण अघिल्लो साता घर फर्किएका थिए ।

उनलाई गत शुक्रबार राति छाती दुखेपछि मध्यरातमै गंगालाल अस्पताल लगिएको थियो। उनका छोरा यमन श्रेष्ठले आफ्ना बाबुलाई ५ दिनपछि घर ल्याएको जानकारी दिए ।

‘बुवालाई अहिले सन्चो भएको छ। डाक्टरले बुवालाई ४ हप्ता जति रेष्ट गर्ने निर्देशन दिनुभएको छ। त्यसपछि डाक्टरहरूको निर्देशन लाई ध्यान राखी फेरी आफ्नै निर्देशनमा जिन्दगीलाई त्यहि ऊर्जा लिएर अगाडि बढाउनुहुनेछ’, उनले भने ।

अस्पतालमा शनिबार नै उनको मुटुको एन्जियोप्लास्टी मेडिकल प्रोसिड्युरबाट दुईवटा स्टेन्ट राखेर मुटुमा रक्तसञ्‍चारको ब्लकेज ह्टाइएको उनले बताए ।

अस्पतालबाट डिस्चार्ज भए कलाकार मदनकृष्ण श्रेष्ठ

पूरा भयो मोहन बानियाँको मन्त्री बन्ने चाहना

कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको तेस्रो बैठक

Leave a comment

Your email address will not be published. Required fields are marked *