कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको तेस्रो बैठक (LIVE)

सुर्खेत । एकालेले तीन दिनदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक सर्वदलीय सहमतिसँगै सुरु भएको छ । प्रदेशसभाको आठौं अधिवेशनको पहिलो वैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् शहरी विकास मन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राखी प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गरेको थियो ।

https://www.facebook.com/111507533668229/videos/974254173349117

सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले दुई बुँदे निर्णयसमेत गरेका छन् । सर्वदलीय बैठकको निर्णय पछि फौजदारी अभियोग लागेका मन्त्री थापालाई अधिवेशनमा प्रवेश गर्न नदिने भएपछि एमालेले तीन दीन देखि अवरुद्ध बैठक सुचारु गर्न दिने भएको छ ।

सरकार पक्ष, र दलहरुबीच मन्त्री थापामाथिको मुद्दा न्यायालयमा विचाराधीन रहेको र यही जेठ ३० मा पेसीसमेत तोकिएको अवस्थामा सो अवधिसम्म मन्त्री थापालाई प्रदेशसभामा उपस्थिति नगराउने र बैठक निरन्तता दिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको तेस्रो बैठक (LIVE)

अस्पतालबाट डिस्चार्ज भए कलाकार मदनकृष्ण श्रेष्ठ

कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको तेस्रो बैठक (LIVE)

यस्तो छ नयाँ ८ मन्त्रीको बायोडाटा, ओली

Leave a comment

Your email address will not be published. Required fields are marked *