लोकतन्त्रका नाममा अलोकतान्त्रिक गठबन्धन बनाइयो : ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले लोकतन्त्रको नाम गरेर अलोकतान्त्रिक गठबन्धन निर्माण गरिएको आरोप लगाएका छन्।

तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बाेधन गर्दै उनले भने, ‘प्रतिक्रियावादी, प्रतिगामी, अलोकतान्त्रिक, गठबन्धनको मेलमिलाप भएकाे छ।’

अपवित्र गठबन्धन साँठगाँठ गरेर संविधान बिरोधी काम भएकाे उनको टिप्पणी छ। बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीको विश्वास नगरेर अपवित्र गठबन्धन गरेकाे उनको आरोप छ।

‘प्रणाली विकासमा हाेइन अपवित्र गठबन्धनको विकास भएकाे छ। त्यो गठबन्धनको काम के भन्दा प्रगतिशील र जनपक्षीय शक्तिका विरूद्व आक्रमण गर्नमा केन्द्रीत भएकाे छ। त्यस्तो गठबन्धन लोकतान्त्रिक गठबन्धन भनेर हिडेँका छन्।’ ओलीले भने ।

एमालेको केन्द्रीय कमिटी बैठक अहिले बसिरहेको छ। बैठकमा स्थायी कमिटीले पारित गरेको विधान संशाेधन प्रस्तावमा छलफल भइरहेको छ।

लोकतन्त्रका नाममा अलोकतान्त्रिक गठबन्धन बनाइयो : ओली

जाजरकोटबाट एक किलो चरेश सहित दुई पक्राउ

लोकतन्त्रका नाममा अलोकतान्त्रिक गठबन्धन बनाइयो : ओली

खोप खरिदमा अनियमितता, कारबाही गर्न समितिको निर्देशन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!