इरानमा नयाँ राष्ट्रपतिको शपथसँगै अमेरिकाले परमाणु सम्झौतामा चासो देखायो

काठमाडौं : इरानमा नयाँ राष्ट्रपतिले शपथ ग्रहण गरेलगत्तै अमेरिकाले परमाणु सम्झौतामा चासो देखाएको छ। नयाँ राष्ट्रपति इब्राहिम रैसीलाई अमेरिकाले यसअघिको परमाणु सम्झौतालाई पुनर्जीवन दिन आग्रह गरेको हो।

अमेरिकाले परमाणु सम्झौतालाई पुनर्जीवन दिनका लागि वार्तामा फर्किन रैसीलाई आग्रह गरेको बीबीसीले जनाएको छ। राष्ट्रपति रैसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यको प्रयास गर्ने संकेत गरेपछि अमेरिकाको यस्तो आग्रह आएको हो।

सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले परमाणु सम्झौताबाट अमेरिकालाई अलग्याउँदै इरानमाथि पुराना प्रतिबन्धहरु दोहोर्‍याइदिएपछि दुई देशबीच तनाव बढेको थियो।

इब्राहिम रैसीले हिजो तेहरानमा शपथग्रहण समारोहमा बोल्दै इरानमाथिका प्रतिबन्धहरू अन्त्य गर्ने कुनै पनि कूटनीतिक योजनालाई आफूले समर्थन गर्ने बताएका थिए।

साथै उनले अमेरिकाले लगाएका सबै प्रतिबन्धहरु पनि हट्नुपर्ने बताएका थिए। अमेरिका लगायत पश्चिमा देशहरुले इरानले परमाणु कार्यक्रम बन्द गर्नुपर्ने दबाब दिँदै विभिन्न प्रतिबन्धहरु लगाइरहेका छन्।

सन् २०१५ मा इरान र अन्य ६ देशहरु अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीबीच भएको एउटा सम्झौता अनुसार इरानलाई आर्थिक क्षति पुग्ने केही प्रतिबन्धहरू हटाइएको बदलामा उसले आफ्ना केही परमाणु कार्यक्रमलाई रोकेको थियो। तर ट्रम्पले उक्त सम्झौताबाट हात झिकेपछि इरानले फेरि परमाणु कार्यक्रमलाई निरन्तरता दिएको छ।

इरानमा नयाँ राष्ट्रपतिको शपथसँगै अमेरिकाले परमाणु सम्झौतामा चासो देखायो

इरानका नयाँ राष्ट्रपति इब्राहिम रइसीले लिए सपथ

इरानमा नयाँ राष्ट्रपतिको शपथसँगै अमेरिकाले परमाणु सम्झौतामा चासो देखायो

भत्ता बुझ्नै सास्ती,भत्ता वुझ्न जाँदा आधा भत्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *