भत्ता बुझ्नै सास्ती,भत्ता वुझ्न जाँदा आधा भत्ता खर्चमै सकिन्छ

दुर्गा विसि

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा भत्ता वुझ्न निकै कठिनाइ हुने गरेको छ । ८ महिना देखि सामाजिक सुरक्षा भत्ता नपाएका व्य वृद्ध तथा जेष्ठ नागरिकहरु दुईदिन सम्म होटलको वास वस्नुपर्ने अवस्था छ ।

८ घण्टा पैदल हिडेर निगालचुला देखि सल्लिवजार आएका धेरै जेष्ठ नागरिकले यो सिस्टमको विरोध गरे । भत्ता वुझ्न बैंकमा आउदा झन सास्ती खेप्नुपरेको उनिहरुको पीडा रहेको छ ।सल्लिवजार मात्रै एउटा् बैंक छ ।अर्को बैंक नहुदा यहाँका नागरिक बैंकिङ सेवाबाट कठिनाइ भएको जनाउँदै आएका छन् ।

सर्वसाधारण देखि,उपभोक्त हुदै जेष्ठ नागरिक समेत चर्को घाममा लाइन लाग्दा आजित हुन थालेका छन् ।सल्लिवजारको सबै भन्दा ठुलो व्यापारीक केन्द्र जहाँ एउटा् मात्रै बैंकिङ कारोवार हुने स्थान हो ।यश विषयमा बनगाड कुपिण्डे नगरपालिका समेत मौन वसेको छ ।

नागरिकले बैंकिङ प्रणालीअनुसार छिटोछरितो सेवा पाउनुपर्नेमा हप्तौं दिन देखि पालो कुर्दा समेत नगर र बैंकको सम्झौतामा यहाँका नागरिकले प्रश्न उठाइ रहेका छन् ।अर्को बैंक आउनका लागि नगरले अनुमती वा माग गर्नु पर्दछ तर तेसो नगरको देखिन्छ ।

उक्त लक्ष्मि बैंकसँग ३ वर्ष सम्झौता समेत नाघि सकेको छ ।आम नागरिक वालवालिका,अपांग,जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता वुझ्नका लागि पाएको पीडा प्रती यहाँको स्थानीय सरकार वेखबर हुनुमा आशंका उब्जिएको छ । ८ महिनामा दोस्रो र अन्तिम निकासाका भत्ता वुझ्न जेष्ठ नागरिक चर्को घाममा सल्लिवजारको विच सडकमा दिनभर वसिरहेको दृश्यले धेरैको मन पिरोलेको छ ।उनिहरु विहान ६ वजे देखि वेलुकि ७ वजे सम्म सडकमै वसेका छन् ।

भत्ता वुझ्न आएका वृद्धा नागरिक पानी,भोक,प्यास र शौचालयको समस्या झनै तड्पिरहेका हुन्छन् ।वस्ने ठाउँ समेत नहुदा उनिहरु सडकमै दिनभर उभिएको दृश्य देख्न सकिन्छ । १२ नम्बर वडा देखि भत्ता वुझ्नको लागि दिएको पालो ८ नम्बर वडामा पुगेको छ ।एउटा् वडाको लागि २ दिनको समय तोकिएको बैंकले जानकारी दिएको छ ।

अत्यधिक चाप भएकोले वडाको पालो अनुसार भत्ता बाँड्न थालेको जनाएको छ ।यो आर्थिक वर्षको सुरुमा १ नं वडाबाट समाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो भने यो पालि अन्तिम वडा १२ बाट भत्ता वितरणको बैंकले पालो तोकिदिएको छ ।

यो नगरमा जम्मा ५ हजार ४ सय ७७ जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।जेष्ठ नागरिक ७० वर्ष माथिका १ हजार ९६,६० वर्ष माथि र ७० तलका ३ सय २६, जेष्ठ नागरिक एकल महिला ३ सय ५२,एकल महिला ३ सय ५२,पुर्न अशक्त क वर्ग ६० जना,ख वर्गका १ सय १,दलित वालवालिका ६ सय ८६,पोषणयुक्त अन्य वालवालिका गरि २४ सय ४० ले उक्त भत्ता पाउने गरेका तथ्यांक रहेको छ ।

आषाढ १५ गतेसम्मको आवधिक र वठाहरुको जानकारी अनुसार हालसम्म २९ वढि जेष्ठ नागरिक दोस्रो अन्तिम चौमासिक भत्ता खान नपाइ मृत्यु भएका छन् ।नगर र बैंकको ढिलाइले समाजिक सुरक्षा भत्ता बैंकमा जाँदा २९ जेष्ठ नागरिक भत्ता खान नपाइ मृत्यु भएको तथ्यांक रहेको छ ।

भत्ता बुझ्नै सास्ती,भत्ता वुझ्न जाँदा आधा भत्ता खर्चमै सकिन्छ

पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोक गर्न पाँच सदस्यीय

Leave a comment

Your email address will not be published. Required fields are marked *