इरानका नयाँ राष्ट्रपति इब्राहिम रइसीले लिए सपथ

एजेन्सी । इरानका नयाँ राष्ट्रपति इब्राहिम रइसीले पद तथा गोपनियताको सपथ गरेका छन्। रइसी इरानका सर्वोच्च नेता अयोतोल्ला खमेनीका निकट मानिनछन्।

अमेरिकी प्रतिबन्धका बीच देशको अर्थव्यवस्था डामाडोल भएका बेला रइसीले पद सम्हालेका हुन्। यस्तो अवस्थामा देशको खस्किएको अर्थव्यवस्था उकास्ने उनको प्रमुख चुनौतीका रुपमा लिइएको छ।

अहिले विश्व शक्ति राष्ट्रबीच पनि इरानको सम्बन्ध तनावपूर्ण अवस्थामा छ। पछिल्लो साता मात्रै ओमान नजिकै एक ट्यांकरमाथि ड्रोन आक्रमणको आरोप इरानमाथि लागेको थियो।

यद्यपि‚ उसले यसको खण्डन गरेको छ। इजरायली कम्पनीले प्रयोग गर्ने ट्यांकरमा भएको आक्रमणमा वेलायत र रोमानियाका एक एकजना सुरक्षाकर्मी मारिएका थिए। यस घटनापछि वेलायत, अमेरिका र इजरायलले यो आक्रमण इरानले गरेको जिकिर गरेका थिए। सन् २०१८ मा ट्रम्प सरकारले अमेरिका–इरान परमाणु सम्झौतबाट पछि हट्ने निर्णय गरेसँगै दुई देशबीच तनाव चर्किएको छ।

इरानका नयाँ राष्ट्रपति इब्राहिम रइसीले लिए सपथ

अमेरिकामा आगामी चार हप्तासम्म कोरोना संक्रमण र

Leave a comment

Your email address will not be published. Required fields are marked *