कर्णालीकै ठुलो खानेपानी आयोजना सम्पन्न

कालिकोट, २ कात्तिक ।

कालिकोटको नरहरिनाथ गाउँपालिका–९ लालुमा कर्णाली प्रदेशकै ठुलो सामुदायिक रानीरहडा खानेपानी आयोजना संचालनमा आएको छ । ‘एक घर एक खानेपानी धारा’ अन्तर्गत तीन ८२ घरमा खानेपानीको पहुँच पुगेको हो ।

हेल्भेटास नेपालको आर्थिक सहयोग र स्थानीय साझेदार संस्था हुरुण्डेक नेपालको प्राविधिक सहयोगमा दुई करोड ५५ लाख १२ हजार सात सय ९७ रूपैयाँ लागतमा खानेपानी आयोजना सम्पन्न भएको छ ।

जसमा हेल्भेटासको १ करोड, नरहरिनाथ गाउँपालिकाको १ करोड लगानि र बाँकी स्थानीयको श्रमदानमा खानेपानी आयोजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष धिरबहादुर बिष्टले बताए । ‘३८२ घरधुरीमा खानेपानीको समस्या समधान भएको छ’ उनले भने, ‘पुस्तौंदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासी समस्या समधान भएको छ ।’

डोको बोकेर १ घण्टाको पैदल यात्रा गरी खानेपानीको जोहो गर्नुपर्ने स्थानीयको बाध्यता पनि सदाका लागि अन्त्य भएको गाउँपालिका अध्यक्ष बिष्टले बताए । ‘तत्काल ३८२ धाराहरु सञ्चालनमा आइसकेको र बाँकी २५० घरधुरीमा धाराहरु जडान गर्न सर्वेक्षण भइरहेको छ ।’ उनले भने, ‘बाँकी घरधुरीमा चाडै नै खानेपानीको पहुँच बिस्तार गरिनेछ।’

कर्णाली प्रदेशकै सबैभन्दा ठुलो सामुदायिक खानेपानी आयोजना भएको साझेदार संस्था हुरुण्डेक नेपालका अध्यक्ष जजराज शाही बताए । खानेपानी आयोजना सञ्चालनमा आएसँगै नरहरिनाथ गाउँपालिका–९ का भाटगाउँ, गानेचौर, खाटेपडा, श्रीकोट र कोटबाडा लगायतका बस्तीहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।

नयाँ पत्रिकाबाट साभार ।

कर्णालीकै ठुलो खानेपानी आयोजना सम्पन्न

YUGAAWHAN NATIONAL DAILY (2077-07-02)

कर्णालीकै ठुलो खानेपानी आयोजना सम्पन्न

जसले अंग्रेजी राम्रो बनाउन अंग्रेजी नै पढे

Leave a comment

Your email address will not be published. Required fields are marked *