सुर्खेतका विवादित सिडिओको सरुवा, को हुन नयाँ सिडिओ रेग्मी

सुर्खेत, १९ जेष्ठ ।
सुर्खेतको प्रमुख जिल्ला अधिकारीको रुपमा आएदेखी विवादित बनेका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने सरुवा भएका छन् । कमजोर कार्यक्षमता भएको, उद्योग वाणिज्य संघका व्यापारी अगुवाहरुसंग अस्वभाविक सम्बन्ध बनाएर चौतर्फी रुपमा आलोचना भएको थियो । लकडाउन कार्यान्वयन गर्दा आफ्नो पदिय जिम्मेवारी, भूमिका र दायित्व पुरा गर्न नसकेको भन्दै चौतर्फी आलोचना भएको थियो । व्यापारी र पहँुचवालालाई लकडाउन नभएपनि कमजोर वर्ग, समुदायमाथी दमन गर्ने गरेको भन्दै पटक पटक समाचार समेत प्रकाशित भएका थिए ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने पाल्पा सरुवा भएका छन् । नेपाल सरकार गृह मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट न्यौपाने पाल्पा सरुवा तथा पदस्थापन भएका हुन । सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्था प्राधिकरणमा रहेका हिरालाल रेग्मीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै सुर्खेतको सहायक प्रमुख जिल्ला अधिकारीमा भीमकान्त पौडेललाई जिम्मेवारी दिइएको छ । गृह मन्त्रालयले ४४ जना उपसचिव, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा तथा पदस्थापन गरिएको हो ।

यो पनि पढ्नुहोस

सुर्खेतमा निर्वाध गैरखाद्य सामग्री आयात

प्रहरीकै सेटिङमा अण्डामा कालोबजारी

समाचार आएको २ घण्टामै प्रजिअले निर्णय सच्याए

प्रजिअको भूमिकाप्रति चौतर्फी आक्रोश

प्रदर्शन उग्र बनेपछि गोली चल्यो : सुर्खेतमा कर्फ्यू

कैदी नाइकेले आगन्तुक स्वागत् गर्दै कुटेपछि…

सुर्खेत प्रहरीको लकडाउन ‘किसानमाथी’

 

नयाँ प्रमुख जिल्ला अधिकारी रेग्मी को हुन ? पढ्नुहोस

जब शिक्षकमा नियुक्ति दिइएन…

 

तपाईको प्रतिक्रिया