समाचार आएको २ घण्टामै प्रजिअले निर्णय सच्याए

सुर्खेत, ६ बैशाख ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले आफ्नो निर्णय सच्याएको छ । ‘प्रजिअको भूमिकाप्रति चौतर्फी आक्रोश’ शीर्षकमा युगआव्हान दैनिक पत्रिकाको अनलाईन संस्करण  https://www.yugnews.com/?p=5338  मा समाचार प्रकाशित भएपछि समाचार आएको २ घण्टामा निर्णय सच्याउन बाध्य भएका हुन ।
सुर्खेत जिल्लाका विभिन्न क्षेत्रका सामाजिक अभियान्ताहरुले आफनो सामाजिक सञ्जाल फेसबुकमार्फत विरोध जनाएका थिए । लकडाउनको उलंघन हुने गरी अव्यवहारिक रुपमा दिउँस ११ बजेदेखि ३ बजेको समयमा दैनिक चार घण्टा दैनिक उपभोग्यका अत्यावश्यक पसल खुल्ला राख्ने निर्णयको विरोध भएको थियो । चौतर्फी विरोध भएपछि तत्काल प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले सरोकारवालाको बैठक डाकेका थिए । भोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन जिल्ला स्तरिय कमाण्ड पोष्टको बैठक राखी निर्णय सच्याउँन बाध्य भएका हुन ।


दैनिक उपभोग्य अत्यावश्यक वस्तुहरुका पसल सञ्चालन तथा खुल्ला राख्ने नयाँ समय तालिकाको निर्णय भएको छ । तरकारी तथा दुग्ध पदार्थहरुको ढुवानी, विक्रि वितरण प्रत्येक दिन विहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म तोकिएको छ । सुर्खेत उपत्यका क्षेत्रभित्रका अत्यावश्यकीय खाद्य पदार्थ एवं किराना सामाग्री सोमबार, बुधबार र शुक्रबार हप्तामा ३ दिन विहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म विक्रि वितरण गर्ने व्यवस्था मिलाउने र सो को सहजिकरण सुर्खेत उद्योग वाणिज्य संघले गर्ने निर्णय भएको छ ।
त्यसैगरी औषधी पसल तथा निजी अस्पतालहरु अनिवार्य रुपमा प्रत्येक दिन खुल्ला गर्ने, विरामी ओसार पसार गर्ने एम्बुलेन्समा एक जना विरामी र एक जना कुरा मात्र राखी आवत जावत गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । बजारलाई व्यवस्थित गर्न वडा प्रत्येक वडामा वडा अध्यक्षको संयोजकत्वमा नेपाल प्रहरी र उद्योग वाणिज्य संघको सहभागिता रहने गरी बजार अनुगमनको व्यवस्था मिलाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले जानकारी दिए । कोभिड–१९ को पि.सी.आर र आर.डि.टी. परीक्षणका सम्बन्धमा आधिकारिक पुष्टि नभएका सामाग्रीहरु आमसञ्चार माध्यमबाट प्रकाशन प्रशारण गरी भ्रम सृजना हुने भएकाले त्यसतर्फ जिम्मेवारी भैदिन आग्रह गर्ने निर्णय समेत भएको छ । भएका निर्णयहरु सर्वसाधारणको जानकारीका लागि प्रत्येक वडामा माईकिङ गर्ने निर्णय भएको जनाइएको छ ।

याे पनि पढ्नुहाेस :  प्रजिअको भूमिकाप्रति चौतर्फी आक्रोश

तपाईको प्रतिक्रिया