घरदैलोमै सामाजिक सुरक्षा भत्ता

कालीकोट, १८ असार । 

यहाँस्थित रास्कोट नगरपालिकाले घरदैलोमै पुगेर लाभाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीका लागि घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण हो । 

नगरपालिका–६ मा ४५, वडा नं. ७ मा २५, वडा नं ८ मा १८ र वडा नं ९ मा ३४ जना गरी कुल १२२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नगरपालिकाका सामाजिक विकास शाखा संयोजक हुकुम शाहीले जानकारी दिए ।  “लाभग्राहीको सहजताका लागि नगरपालिकाले ग्लोबल आइएमई बैङ्कसँगको सहकार्यमा घरदैलोमा पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाएको हो”, उनले भने ।

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

सरकारका १०० दिनः  ‘मिसन मोड’ मा अघि

Leave a comment

Your email address will not be published. Required fields are marked *