सुर्खेतका विवादित सिडिओको सरुवा, को हुन नयाँ सिडिओ रेग्मी

सुर्खेत, १९ जेष्ठ ।
सुर्खेतको प्रमुख जिल्ला अधिकारीको रुपमा आएदेखी विवादित बनेका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने सरुवा भएका छन् । कमजोर कार्यक्षमता भएको, उद्योग वाणिज्य संघका व्यापारी अगुवाहरुसंग अस्वभाविक सम्बन्ध बनाएर चौतर्फी रुपमा आलोचना भएको थियो । लकडाउन कार्यान्वयन गर्दा आफ्नो पदिय जिम्मेवारी, भूमिका र दायित्व पुरा गर्न नसकेको भन्दै चौतर्फी आलोचना भएको थियो । व्यापारी र पहँुचवालालाई लकडाउन नभएपनि कमजोर वर्ग, समुदायमाथी दमन गर्ने गरेको भन्दै पटक पटक समाचार समेत प्रकाशित भएका थिए ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने पाल्पा सरुवा भएका छन् । नेपाल सरकार गृह मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट न्यौपाने पाल्पा सरुवा तथा पदस्थापन भएका हुन । सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्था प्राधिकरणमा रहेका हिरालाल रेग्मीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै सुर्खेतको सहायक प्रमुख जिल्ला अधिकारीमा भीमकान्त पौडेललाई जिम्मेवारी दिइएको छ । गृह मन्त्रालयले ४४ जना उपसचिव, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा तथा पदस्थापन गरिएको हो ।

यो पनि पढ्नुहोस

सुर्खेतमा निर्वाध गैरखाद्य सामग्री आयात

प्रहरीकै सेटिङमा अण्डामा कालोबजारी

समाचार आएको २ घण्टामै प्रजिअले निर्णय सच्याए

प्रजिअको भूमिकाप्रति चौतर्फी आक्रोश

प्रदर्शन उग्र बनेपछि गोली चल्यो : सुर्खेतमा कर्फ्यू

कैदी नाइकेले आगन्तुक स्वागत् गर्दै कुटेपछि…

सुर्खेत प्रहरीको लकडाउन ‘किसानमाथी’

 

नयाँ प्रमुख जिल्ला अधिकारी रेग्मी को हुन ? पढ्नुहोस

जब शिक्षकमा नियुक्ति दिइएन…

 

सुर्खेतका विवादित सिडिओको सरुवा, को हुन नयाँ सिडिओ रेग्मी

पार्टीको आग्रहमा शिक्षक छाडेर गाविस अध्यक्षमा लडेँ

सुर्खेतका विवादित सिडिओको सरुवा, को हुन नयाँ सिडिओ रेग्मी

२० लाखमा वडाध्यक्षकाे नजर परेपछि ‍‍‍…

Leave a comment

Your email address will not be published. Required fields are marked *