१६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता: २५ स्वर्णसहित हिमा प्रथम

गाेल्डेन बुढा

जुम्ला ,२५ बैशाख ।

जुम्लाको दुर्गम भूगोलमा खेल मैदान कम छन्, खेल सामग्री सीमित छन्, प्रशिक्षक अभावमै छन्। तर, त्यही अभावबीच जुम्लाका किशोर–किशोरीहरू दौडिरहेका छन्,कहिले विद्यालयको चौरमा, कहिले उकालो,ओरालो बाटोमा, त कहिले गाउँकै खुला मैदानमा,त्यही संघर्ष र अभ्यासको प्रतिफल बनेको छ, हिमा गाउँपालिकाको १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ऐतिहासिक सफलता,जुम्लाको हिमा गाउँपालिका–२ ओदीस्थित नेत्रज्योति मावि (प्राविधिक) मा शुक्रबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हिमा गाउँपालिकाले २५ स्वर्ण पदक जित्दै जिल्लाकै प्रथम स्थान हासिल गरेको छ। प्रतियोगिताभर एथलेटिक्सदेखि भलिबल, कबड्डी, हाईजम्प, लङजम्प र विभिन्न ट्र्याक इभेन्टसम्म हिमाका खेलाडीले निरन्तर दबदबा बनाए।हिमाको सफलता पदकमा सीमित छैन, यसले ग्रामीण क्षेत्रका विद्यालयमा लुकेका प्रतिभा उजागर गरेको छ। आर्थिक अभाव, पोषण समस्या र खेल पूर्वाधारको कमीका बाबजुद विद्यार्थीहरूले गरेको प्रदर्शनले जुम्लाको खेलकुदको सम्भावना बलियो रहेकाे देखिएको छ।प्रतियोगितामा चन्दननाथ नगरपालिकाले १४ स्वर्णसहित दोस्रो स्थान प्राप्त गरेको छ, भने पातारासी गाउँपालिका पाँच स्वर्णसहित तेस्रो बनेको छ।

कनकासुन्दरी चौथो, सिंजा पाँचौँ, तिला छैटौँ र तातोपानी सातौँ स्थानमा सिमित रहे। जुम्लाका आठ स्थानीय तहमध्ये गुठिचौर गाउँपालिका भने प्रतियोगितामा सहभागी भएन। हिमाका स्थानीय युवा धिरेन्द्र बहादुर राेकाया अनुसार राष्ट्रपति रनिङ शिल्ड ग्रामीण विद्यालयका विद्यार्थीका लागि खेल प्रतियोगिता होइन, आफ्नो क्षमता देखाउने दुर्लभ अवसर पनि हो। “धेरै विद्यार्थी पहिलो पटक यस्ता ठूलो प्रतियोगितामा खेल्छन्,”उनलेे भने, “उनीहरूमा जितभन्दा पनि आफूलाई प्रमाणित गर्ने भोक देखिन्छ।”जुम्लाका अधिकांश विद्यालयमा नियमित प्रशिक्षण, खेल मैदान र खेल सामग्रीको अभाव छ। कतिपय खेलाडीले सामान्य जुत्तासमेत बिना प्रतिस्पर्धा गर्ने अवस्था अझै कायम छ। तर त्यही कठिनाइबीच विद्यार्थीहरूको उत्साह भने कमजोर देखिँदैन। जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी ले गरेका थिए। उद्घाटन समारोहमा उनले कर्णालीमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै स्थानीय तहले खेल पूर्वाधार निर्माण र प्रतिभा पहिचानमा लगानी बढाउनुपर्ने बताएका थिए।प्रतियोगिताको उद्वघाटन २२ गते मंगलबार भएको थियोे।

१६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता: २५ स्वर्णसहित हिमा प्रथम

हराएको चार दिनपछि कर्णाली नदीमा भेटियो टोमा

Leave a comment

Your email address will not be published. Required fields are marked *