कैदी नाइकेले आगन्तुक स्वागत् गर्दै कुटेपछि…

सुर्खेत, १ जेष्ठ ।
थुनुवा वा कैदी नाइकेबाट नयाँ आगन्तुक थुनुवा र कैदीबन्दीको कुटाईबाट स्वागत हुने गरेको छ । प्रहरी कार्यालयको हिरासतमा होस वा कारागारमा नयाँ प्रवेशीले कुटाई खाने गरेका छन् । यो प्रचलन नयाँ होइन विगतदेखि यो विकृतिलाई परम्परागत जस्तै बनाइएको छ । अनुसन्धानकाे क्रममा प्रहरी हिरासतमा राखिने थुनुवा हुन भने पुर्पक्ष वा कैद भुक्तान गर्न कारागार चलान भएका कैन्दीबन्दी हुन ।
नयाँ आउने थुनुवा वा कैदीबन्दीलाई नाइकेले सुरुमा कुटने र उसकै आदेशमा भित्र भएका पुराना अरुले पनि पालैपालो कुटने गरेका छन् । उनीहरुले नयाँ आउनेलाई अनुशासन सिकाउँने भन्दै कुटपिट गर्ने गरेका छन् ।

पुराना थुनुवा र कैदीबन्दीकै विचबाट नाइके छनौंट गरिन्छ । प्रहरी हिरासतमा र कारागारमा रहेका धेरै थुनुवा मध्ये प्रहरी प्रशासनसंग डिल गर्न सक्ने, आफना कुरा राख्न सक्ने, अलि ठुलो ज्यान भएको, बलियो मध्येबाट नाइके छनौंट गरिन्छ । थुनुवा वा कैदी बन्दिका नाइकेबाट आगन्तुकलाई कुटपिट गरी स्वागत गर्ने गरिएको छ । जिल्ला कारागार सुर्खेत गएका आठ जना नयाँ कैन्दीबन्दीको स्वागतपनि कुटाईबाटै भएको छ । कारागारका कैन्द्री नाइके–सहनाइकेलगायत आठ कैदीले लागूऔषध कारोबारमा पुर्पक्षका लागि थुनामा रहेका वीरेन्द्रनगर–९ लाटीकोइलीका मिलन लामासहित ६ जना कैदीमाथि सोमबार कुटपिट गरेका हुन् ।

कारागार प्रशासनका अनुसार धीरज पराजुली, नवराज देवकोटा, सुनिल मल्ल, डीलबहादुर सुनार, टोपबहादुर रोकाया, डम्बर भण्डारी, शिव वस्नेत र हितेन्द्र मल्लले लामासहित ६ कैदीमाथि कुटपिट गरेका हुन् । कैन्दी नाइके र सहनाइकेको कुटपिटबाट कैदीबन्दी प्रकाश बुढाको खुट्टा भाँचिएको परिवारको आरोप छ । कारागार प्रशासनले आरोप अस्वीकार गरेपनि नाइके र सहनाइकेबाटै स्वागत र अनुसन्धान सिकाउने नाममा गम्भिर चोटपटक लाग्ने गरी कुटपिट भएको परिवारको दावि छ ।


जिल्ला कारागार चलान भएका नयाँ कैदीबन्दी मिलन लामामाथी कुटपिट भएको भन्दै उनकी श्रीमति सारदा महतरा लामाले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा निवेदन दिनुभएको छ । आफनो श्रीमानमाथी कुटपिटबाट शरिरमा गम्भिर चोटपटक लागेकाले उपचार गर्न पाउनुपर्ने, कुटपिटमा संलग्न भएका व्यक्तिहरुमाथी कारवाही हुनुपर्ने माग गर्दै उहाँले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको हो ।
घटनाको बारेमा सत्यतथ्य बुझि निवेदकको माग अनुसार भेटघाट गर्न दिनुभनि जिल्ला प्रशासन कार्यालयले जिल्ला कारागार सुर्खेतलाई पत्र पठाएको छ । पत्र पठाएपछि आफ्नो श्रीमानलाई लागेको चोटपटक, घाउँ हेर्न नदिएको, आफ्नो मातृभाषामा कुराकानी गर्न नदिएको, गम्भिर चोटपटक लागेका श्रीमानको उपचारमा कुनै चासो नदेखाएको सारदा महतरा लामाको भनाई छ ।

याे पनि पढ्नुहाेस :

सुर्खेतमा कैदीबन्दीबीच एकआपसमा कुटाकुट


1 thought on “कैदी नाइकेले आगन्तुक स्वागत् गर्दै कुटेपछि…

  1. याे सबै मुर्खत हो प्रशासनले हेल्चेक्रै गरेको हो बिल्ली होगिया घर के सेर जस्तै हो यो बाहिर गरोस त एस्तै स्वागत त्यो नाइकेले तेस्को करङ को गन्ती हुन्छ…….।जय नेपाल
    गल्तिलाई सुधरियोस नत्र झन अप्राध बढी जनेछ।।।।
    समयमा होस पुरओस……?

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार