सुर्खेतमा कैदीबन्दीबीच एकआपसमा कुटाकुट

सुर्खेत, ३१ बैशाख । (इकान्तिपुरबाट)
सुर्खेत कारागारमा कैदीबन्दीबीच एकआपसमा कुटाकुट भएको छ । कारागारका नाइके–सहनाइकेलगायत आठ कैदीले लागूऔषध कारोबारमा पुर्पक्षका लागि थुनामा रहेका वीरेन्द्रनगर–९ लाटीकोइलीका मिलन लामासहित ६ जना कैदीमाथि सोमबार कुटपिट गरेका हुन् । कारागार प्रशासनका अनुसार धीरज पराजुली, नवराज देवकोटा, सुनिल मल्ल, डीलबहादुर सुनार, टोपबहादुर रोकाया, डम्बर भण्डारी, शिव वस्नेत र हितेन्द्र मल्लले लामासहित ६ कैदीमाथि कुटपिट गरेका हुन् ।

फाईल तस्विर

उनीहरुलाई मरणसन्न हुने गरी कुटपिट गरिएको पीडित लामाकी पत्नी शारता महतारा लामाले बताइन् । उनले पतिसहित अन्य कैदीमाथि कुटपिट गर्नेलाई कडा कारबाही र पीडितको उपचारको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा बुधबार निवेदन दिएकी छन् । नाइके, सहनाइकेलगायत कैदीले बाँस र प्लाष्टिकको पाइपमा बालुवा भरेर मरणासन्न हुने गरी कुटपिट गरेको उनले दर्ता गरेको निवेदनमा उल्लेख छ ।

कैदी नाइके र सहनाइकेले आफ्नो दम्भ देखाउनका लागि बिना कारण उनीहरुमाथि कुटपिट गरेको एक कैदीले फोनमार्फत जानकारी गराए । ‘खुट्टा र शरीरको पछाडिको भागमा हिँडडुल नै गर्न नमिल्ने गरेर पिटेका छन,’ उनले भने, ‘अहिलेसम्म पीडित ६ जनालाई नै आफन्तको सम्पर्कमा आउन दिइएको छैन ।’ कुटपिट भएका ६ कैदी–बन्दीलाई उपचारका लागि लैजानुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने आफन्तको माग छ ।

पीडितले दिएको निवेदनका आधारमा दोषीलाई कारबाही गर्न कारागार कार्यालयलाई निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुर्खेत कारागारका सूचना अधिकारी भुवन गौतमले घटनाबारे छानबिन भइरहेको बताए । ‘प्रशासनले हामीलाई कारबाही गर्न अनुरोध गरेको छ,’ उनले भने, ‘हामीले आवश्यक छानबिन थालिसकेका छौं, छिट्टै आवश्यक कारबाही अगाडि बढाइनेछ ।’

सुर्खेतमा कैदीबन्दीबीच एकआपसमा कुटाकुट

कालापानीमा बीओपी, छिट्टै गुल्म बनाइने प्रजिअ

सुर्खेतमा कैदीबन्दीबीच एकआपसमा कुटाकुट

क्वारेन्टाइनलाई त्रिपाई नकिनौं, भातको साटो नगद बाँडौं

Leave a comment

Your email address will not be published. Required fields are marked *