घुयँत्राे:“१० दिनमा सुकुम्बासी समाधान : फाइल हेर्नु परेन, डोजर नै ‘भेरिफिकेसन अफिसर’ बन्यो !”

हुनत यस्ताे भन्दा यसरी गर्याभा हुन्थ्याे भनेर सल्ला दियाे भने बालेनका साख्खै झाेलेहरले बिराेध गर्लान तर बालेनले ऐले जसरि झुपडि र वङ्गला उधार्दै सुकुम्बासी तह लाउने अभियान चलाछन त्याे अल्लि एक स्टेप अगाडि गयाे जस्ले गर्दा राष्ट्रकाे कराेडाैँ रुपियाँ नाेक्सानि हुने निश्चित देखियाे । सकुम्बासीका नाममा कत्ति पैसा खर्च नगरेर नि काम गर्न सकिन्थ्याे तर छिटाे काम देखाउने नाममा जुन हतार गरियाे त्याे सायद बालेनलाई नि लाग्या हुन सक्छ कि याे काम मा अलि हतार गरियाे कि भनेर । जब बालेनले सुकुम्बासी समस्या समाधानलाई १० दिनभित्र सक्ने काममा राखे तब उनले याैटा अफिस खडा गरेर भूमिआयाेग कहाँ दर्ता भएका फायलहरु हेरेर सुकुम्बासीमा फायल भरेका जति वास्तविक सुकुम्बासी हुन हैनन भनेर छुट्याउने विधि अन्तरगत पहिला उक्त ब्यक्तिकाे नाममा सम्बन्धित जिल्ला ( नागरिकता लिएकाे जिल्ला ) मा जग्गा छ छैन हेर्ने अनि नागरिकता भएकाे जिल्लाकाे सिडियाे कार्यालयमा नागरिकता बारे बुझ्ने ,अनि उसकाे नागरिकता बनेकाे स्थानबाट उसकाे पारिवारिक विवरण अर्थात ३ पुस्ते लिने र उ कानुनले ताेके बमाेजिमकाे सुकुम्बासीकाे वर्गिकरणमा पर्छ पर्दैन छुट्याउने त्यसरि छुट्याई सकेपछि मात्रै सुकुम्बासीका बस्ति उजाडनतिर लागेकाे भए अहिले मान्छेले जे व्यहाेरि रहेका छन र सरकारले अनाहकमा हुकुम्बासीलाई पनि खुवाउन पढन र आैषधिमूलाेमा खर्च गरिरहेकाेछ त्याे गर्नु पर्थेन ।तर प्रधानमन्त्री स्वयं र उनका सल्लाहकारले जुन हतार गरे त्याे वास्तबमै मिलेकाे छैन । राजधानीमा सुकुम्बासी माथि गरेकाे व्यवहार र खर्चका कारण ऐले माेफसलका धेरैजसाे जिल्लामा दिनहुँ जसाे सुकुम्बासीका नारा जुलुस भै रहेका छन । राजधानीकै देखासपकि गरेर अरु जिल्लामा नि सुकुम्बासीका नाममा बस्ति उजाडेर ती सबैलाई फेरि एक ठाउँमा राखेर नगर,उपनगर र गापाहरु लाखाैँ रुपैयाँ बगाई रहेका छन । काेराेनाकालमा जसरि सयाैँ मान्छेहरु याैटा सेल्टरमा राखेर मनपरि खर्च गरिन्थ्याे त्यसैगरि सरकारले ऐले सुकुम्बासीका नाममा सेल्टर बनाएर पैशाकाे खाेलाे बगाई रहेकाेछ । तर सरकाे याे फजुल खर्चलाई राेक्न सक्ने प्रधानमन्त्रीलाई सहि सल्लाह दिन काेहि तयार छैन । अहिले जुन तरिकाले रातारात अनसुर्तममा वस्ति उजाड गरिदैछ यसले सुकुम्बासी समस्या छिटाे समाधान हुन सक्दैन ।उल्टै सुकुम्बासीका दलालहरुले उनिहरुलाई उचालेर परिस्थितिलाई विषम बनाई दिन सक्छन ।
सुकुम्बासी बस्तिमा हुकुम्बासीलाई सुकुम्बासी बनाउन दलालहरु लागि परेभने ती दलालहरुकाे चाप सरकारले खेप्नै नसक्ने हुन सक्दछ ।त्यसैले प्रधानमन्त्रीले यस्लाई तत्काल सम्हाल्न सक्नु पर्छ । यदि यसलाई सम्हाल्ने पर्यत्न गरियन भने सुकुम्बासी समस्यालेनै बालेनलाई खान सक्छ । त्यसैले प्रधानमन्त्रीले सामाजिक सन्जालमा उनकाे पक्षमा हाईहाई गर्ने र अरुलाई सत्ताेसराप गर्ने मान्छेका कुरा सुन्नु भन्दा वास्तविक सल्लाह दिनेका कुरा सुनेर मनन गरेमा पछि पछुताउनु पर्ने छैन । अन्यथा जसरि काँग्रेस कमिनिष्टका नाममा जनता ४० बर्षदेखि सुकुम्बासीका नाममा सुकुम्बासी नै रहेजस्तै आउने दिनमानि सुकुम्बासी नै रहनेछन केही गरेर देखाउँछु भन्ने प्रधानमन्त्री पनि सुकुम्बासी कै कारण असफल भएभने अनाैठाे नमान्दा हुन्छ । सरकारमा बेलैमा चेतना आओस ।





