रेडक्रस दिवसकाे अवसरमा सुत्केरी लाई हर्लिस वितरण 

काली बहादुर परियार

जुम्ला ,२५ बैशाख ।

“मानवताका लागि एकिबद्व हाेऔ” भन्ने नाराका साथ १६० औँ विश्व रेडक्रस दिवस जुम्लामा पनि विविध कार्यक्रमकाे आयोजना गरी मनाइएको छ । 

विश्वव्यापी परोपकारी मानवीय सस्था रेडक्रसको सस्थापक जँ हेनरी ड्युनाको जन्मदिनका अवसरमा यो दिवस विश्वभर मनाइन्छ ।  सन् १८२८ मे ८ मा स्वीट्जरल्याण्डको जेनेभामा ड्युनाको जन्म भएको थियो । 

ड्युनाले सल्फेरिनोमा भएको युद्धका घाइते सैनिकको बिना भेदभाव गरेको उद्धार र सेवाले नै सन् १८६३ मा रेडक्रसको जन्म दिएका थिए । सन् १८५९ मा ड्युनाद्वारा लिखित ‘मेमोरी अफ सोल्फेरिनो’ (हृदयस्पर्शी यात्रा संस्मरण) ले  प्रथम नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेको थियो । 

यस वर्षको नाराले रेडक्रसकर्मी स्वयंसेवकले प्रदर्शन गर्ने सेवारुपि भावना, समर्पण, दया, सहयोग र समुदायप्रतिको उत्तरदायित्वलाई समग्रमा सङ्केत गर्दछ । 

यसै सम्झनामा जुम्लामा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे सुत्केरी वाडमा रहेका सुत्केरी लाई हर्लिस वितरण गरि विश्व रेडक्रस दिवश मनाइएको छ । 

प्रतिष्ठामा रहेका १४ जना सुत्केरी आमाहरुलाई १ /१ डिब्बा हर्लिक्स वितरण गरि दिवस मनाइएको रेडक्रस जुम्ला सुपर परियाेजना अधिकृत ईश्वरा सुवेदीले जानकारी दिइन्  । 

उनका अनुसार, रेडक्रसले प्रत्येक वर्ष दिवसका अवसरमा विभिन्न गतिविधि गरेर दिवस मनाउने गरेकाे बताइन् । 

जिल्ला समन्वय समिति जुम्लाका सदस्य नरबिर सुनारले रेडक्रसले विपद्, स्वास्थ्य तथा मानवीय सेवामा निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरे ।

यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाका कार्यवाहक सभापति जगदीश चाैलागाईले मानव सेवा नै रेडक्रसको मुख्य उद्देश्य भएको बताउँदै आगामी दिनमा पनि समुदाय केन्द्रित सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

रेडक्रस दिवसकाे अवसरमा सुत्केरी लाई हर्लिस वितरण 

दैलेखमा ४२० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

Leave a comment

Your email address will not be published. Required fields are marked *