दर्शन सेवा समाज, बाँकेको शनिवार अधिबेशन हुँदै

नेपालगञ्ज,२५ बैशाख ।
दर्शन सेवा समाज बाँकेको ११ औं साधारणसभा तथा छैटौं अधिबेशन शनिवार नेपालगञ्जमा हुने भएको छ ।
ठकुरीहरुको छाता संगठनको रुपमा रहेको समाजको अधिबेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
अध्यक्ष रमेश बहादुर शाहका अनुसार, पूर्ब मन्त्री गजेन्द्र हमालको प्रमुख आतिथ्यतामा सुनखरि रेष्टुरेण्टमा शनिवार बिहान ११.०० बजे देखि अधिबेशन शुरु हुनेछ ।
अधिबेशन तथा साधारणसभाले बार्षिक प्रगति, आर्थिक प्रतिबेदन अनुमेदान गर्नुका साथै नयाँ नेतृत्व चयन गर्नेछ । समाजले नेपालगञ्ज १२ मुक्तिपुरमा समाजको कार्यालयसँगै बहुउद्धेश्शिय भवन निर्माण गरिरहेको छ ।
२०६१ सालमा गठन भएको समाज २०६२ सालमा बिधिबत रुपमा जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएको थियो । सो समाजको संस्थापक अध्यक्ष जयन्ती शाही हुन् भने यस संस्थाको बिद्यान मस्यौदाकार हालका अध्यक्ष रमेश बहादुर शाह हुन् ।
तत्पश्चात किरण बहादुर शाह, धर्मराज शाह, शशि शाहले सो समाजको नेतृत्व गरिसकेका छन् । उक्त समाजको बर्तमान नेतृत्व रमेश बहादुर शाहले गरिरहेका छन् ।

दर्शन सेवा समाज, बाँकेको शनिवार अधिबेशन हुँदै

दर्शन सेवा समाज, बाँकेको शनिवार अधिबेशन हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *