जब शिक्षकमा नियुक्ति दिइएन…

वीरेन्द्रनगर–७ इत्राम स्थायी घर भएका हिरालाल रेग्मी गृह मन्त्रालयको विपद् व्यवस्थापन प्राधिकरणमा सहसचिव पदमा कार्यरत छन् । बुवा नन्दलाल र आमा स्व. शान्तिदेवी रेग्मीबाट पहिलो सन्तानका रुपमा २०२७ फागुन ७ गते उनको जन्म भएको हो । निजामति सेवामा प्रवेश गरेपछि लामो समयदेखि नेतृत्वदायी पदमा रहेर काम गर्दै आएका रेग्मीले हामीसँग निजामति सेवाको अनूभव र आफ्नो जीवनमा भोगेका सुखदुख साँटेका छन् । प्रस्तुत छ, कुराकानीको शारासं ः

स्कूल बनाउँदै, अनि पढ्दै
हरहरै रहरमा धुलोमैलोसँग रमाउँदै पढ्नका लागि विद्यालय गएँ । ऊबेला कालोपाटीमा खरिका ढुङ्गा र बाँसको चोया मसीमा चोप्दै खेल्नुपथ्र्याे । बेञ्च र डेस्क थिएनन् । काठका मुडा र पिपलको चौतारोमा बसेर पढ्ने गथ्र्याैं । औपचारिक रुपमा २०३५ सालतिर होला, श्रीकृष्ण संस्कृत तथा साधारण प्रावि (हालको मावि) मा कक्षा ३ सम्म अध्ययन गरेँ । त्योबेला दुईकोठे विद्यालयको भवन थियो । एउटा कोठमामा अफिस र अर्काे कोठामा पालैपालो गरेर पढ्नुपथ्र्याे । कहिले पिपलको चौतारी त कहिले कोठामा पालैपालो गरेर पढ्थ्यौँ । पछि विद्यार्थी र स्थानीयकै सक्रियतामा इत्रामखोला र खारखोलीका ढुङ्गाहरु बोकेर स्कूलको भवन बनायौँ । एक हिसावले भन्दा स्कूल बनाउँदै, पढ्दै गरेका हौँ । कक्षा ४ देखि एसएलसीसम्म पढाइ जन माविबाट पुरा गरेँ । २०४५ सालमा एसएसी उत्तिर्णपछि साविकको वीरेन्द्रनगर बहुमुखि क्याम्पसबाट स्नातक तह र त्रिभूवन विश्वविद्यालयको जनप्रशासन क्याम्पसबाट स्नातकोत्तर पुरा गरेको छु । विद्यार्थी जीवनमा उत्कृष्ट विद्यार्थी भएँ, तर प्रथम र फेल कहिले भइन् ।

शिक्षकमा उत्तिर्ण भए, तर नियुक्ति पाइएन
हमैले २०४६ सालमै प्रावि शिक्षकमा नाम निकालेको थिएँ । भर्खर बहुदल आएको थियो । मलाई पञ्चायत पक्षको होइन भनेर कसैले आरोप लगायो । जसले गर्दा प्रावि तहको शिक्षकमा उत्तिर्ण हुँदा पनि नियुक्त पाइँन । शिक्षक बन्न नपाएपछि गाउँकै बालानन्द काफ्ले र बुवाको सल्लाह अनुसार लोकसेवा आयोगको तयारी गरेँ । गाउँमै लोकसेवा आयोगको कार्यालय भएका कारण लोकसेवा मै जागिर खानुपर्छ भन्ने ठूलो आत्मबल र पढ्ने जागिर पलायो । जसका कारण २०४७ सालमा जनस्वास्थ्य कार्यालय दैलेखबाट निजामति सेवामा प्रवेश गरेँ । २०५३ सालमा सुब्वा, २०५६ सालमा अधिकृत, २०६६ सालमा उपसचिव हुँदै जीवनमा पहिलो पटक बढुवाबाट प्रमोशन भएर गृह मन्त्रालयको विपद् व्यवस्थापन प्राधिकरणमा सहसचिव पदमा कार्यरत छु । खरिदार पदमा कार्यरत हुँदा सुरुको तलव नौसय रुपैयाँ थियो । त्यो तलवले पनि ऊबेला धेरै काम गर्न पुगेको थियो । दशंैको समय भएका कारण दुईसय रुपैयाँ आमालाई दिएँ । घरपरिवारलाई नयाँ कपडा किनँे । बाँकी रहेको पैसाले गाउँका सबै साथीभाइलाई पिपल चौतारामा लिएर छोला समोसाको पाटी खुवाएँ । किनकी त्यो बेला छोला समोसा नै उत्कृष्ट नास्ता थियो । जागिरको दौरानमा दैलेख, कालिकोट, सुर्खेत, कैलाली, गुल्मी, वीरगञ्ज, रोल्पा लगायतका १५ वटा जिल्लामा रहेर काम गर्ने अवसर पाएको छु ।

स्वास्थ्यको ग्यारेन्टी सरकारले लिनुपर्छ
हनिजामति सेवामा प्रवेश गरेको दिनदेखि हरेक कर्मचारी सरकारका सेवामा खटिनुपर्छ । सरकारको कामलाई छोडेर दायाँबायाँ गर्न पाउँदैनन् । कर्मचारी हुँदासम्म नेपाल सरकारको हातखुट्टा बनेर काम गर्नुपर्छ । सरकारलाई आवश्यक परेको खण्डमा जुनसुकै समयमा जुनसुकै ठाउँमा खटाउन सक्छ । यसर्थ निजामति कर्मचारीहरु सरकारका २४ घण्टे नोकर हुन् । यसरी जीवनको उर्जाशिल उमेर सरकारको सेवामा बिताउने जुनसुकै कर्मचारीले पनि सरकारबाट परिवारको शिक्षा, स्वास्थ्य र बसोबासको आश गरेको हुन्छ । जुन हरेक व्यक्तिका आधारभूत आवश्यकताहरु हुन् । तसर्थ कर्मचारीलाई जीवन निर्वाह हुने पारिश्रमिक र परिवारका सदस्यको शिक्षा र स्वास्थ्यको ग्यारेन्ट सरकारले लिनुपर्छ ।


कर्मचारीलाई काम लगाउने विभिन्न शैलीमा परिवर्तन गर्न आवश्यक छ । काम लगाउने मात्रै नभएर मोटिभेसन्ल, उत्प्रेरणा जस्ता विषयलाई पनि ध्यान दिनुपर्छ । यसले कर्मचारीको मनोवल उच्च बनाउँछ र जिम्मेवारीप्रति जवाफदेही बनउँछ । सरकारको नेतृत्वबाट नै कर्मचारीको आत्मबल बढाउने खालका क्रियाकलाप र नीति नियम आउन आवश्यक छ । कर्मचारीले पनि सरकारको नीति नियम र परिधिभित्र रहेर काम गर्नु मेरो दायित्व हो भन्ने बुझ्नुपर्छ । कर्मचारीमा पनि म राष्टको सेवक हुँ भन्ने भावना पलाउन सकेको छैन । कर्मचारीलाई कसरी काममा लगाउने भिजन पनि नेतृत्वमा छैन । कुनै पनि कर्मचारीले अथाह पैसा थुपार्नका नभइ, छोराछोरीलाई राम्रो स्कूलमा पढाउन, सेवासुविधा अस्पतालमा उपचार गर्न र राम्रो घर बनाउनकै लागि गलत प्रवृतिहरु अपानाएको पाइन्छ ।

यही समस्याका कारण केही कर्मचारीहरु भ्रष्ट मानसिकताका बन्न पुगे । राज्यले भ्रष्टाचार गर्ने कर्मचारीलाई कारबाही गर्ने बाटो अपनायो । तर किन भ्रष्टाचार भयो ? के समस्याका कारण कर्मचारीहरुमा भ्रष्टाचार मानसिकता पलायो भनेर त्यसको समाधान गर्ने उपायबारे कहिले सोचेन । नेतृत्वमा पुगेको व्यक्ति र कर्मचारीबीचको दुरी बढेकै कारण मुलुकमा भ्रष्टाचार मौलाउँदै गएको छ । भ्रष्टाचार हुने कारण पत्ता लगाएर समस्याको समाधान गर्ने बाटो रोजेको छैन । परिवारको न्यूनतम आवश्यकताहरु जस्तै निःशुल्क पठनपाठन र उपचारको जिम्मेवारी राज्यले लिएको खण्डमा कर्मचारीमा हुने भ्रष्टाचार र घुसखोरी अन्त्य गर्न सकिन्छ । तसर्थ समयको माग अनुसार राज्यले कर्मचारीलाई सेवासुविधा दिनुपर्छ भने राज्यले दिएको जिम्मेवारी नगर्ने र पाएको पारिश्रमिकबाट जीवन निर्वाह गर्न नसक्ने कर्मचारीहरुले तत्काल जागिर छोड्नुपर्छ । किनकी राज्यले जागिर खानैपर्छ भन्ने करकाप कर्मचारीलाई लगाएको छैन ।

क्याम्पस सञ्चालन गरेको दिन जीवनको सबैभन्दा ठूलो खुशी
कालिकोटबासीले २०३५ देखि क्याम्पस खोल्ने सपना देखेका थिए । २०३५ सालदेखि हरके जिल्ला परिषद्ले क्याम्पस खोल्नै पर्छ भनेर सर्वसम्मत निर्णय गर्थे । तर २०५९ सालसम्म क्याम्पस खोल्न सकेका थिएनन् । २४ वर्षसम्म क्याम्पस खोल्ने निर्णय गर्ने तर कार्यान्वयन गर्दा धेरै विवाद हुँदै आएको थियो । यही विवादका कारण जिल्लामै क्याम्पस सञ्चालन गर्ने कालिकोटवासीको सपना पूरा हुन सकेको थिएन ।
विवादका बावजुत मैले ठूलो चुनौती लिएर कामको सुरुवात गरँे । क्याम्पस सञ्चालन समितिको अध्यक्ष भएँ । आफ्नै नेतृत्वमा क्याम्पसको नाम जुराएँ । शिक्षक, विद्यार्थी खोजे र कालिकोटवासीको क्याम्पस सञ्चालन गर्ने सपना पुरा गरँे ।

त्यो समय नै मेरो जीवनको लागि सबैभन्दा महत्वपूर्ण र गौरव गर्न लाएक समय थियो । भलै आजभोली यस्ता क्याम्पसहरु गाउँ– गाउँमा खुलेका छन् । तर २०३५ सालदेखि २०५६ सालसम्म अधुरै रहेको काम पुरा गर्न पाउँदा आफैलाई नै भाग्यमानी ठानेको थिएँ । सानै उमेरमा कर्मचारी भएपछि आफ्नो गाउँघरका लागि खासै केही गर्न सकिएको छैन । तर अवकाशपछि आफ्नै गाउँघरमा फर्किएर सामाजिक सेवा रमाउने मन छ ।
हिरालाल रेग्मी सहसचिव/गृह मन्त्रालय


2 thoughts on “जब शिक्षकमा नियुक्ति दिइएन…

  1. हिरालाल सर सग कालिकाेटमा क्याम्पस संचालक समितिकाे अध्यक्ष म सदस्य-सचिव भै संगै काम गर्दाकाे अनुभवमा उहाँ राम्राे कामका लागि जाेखिम लिन सक्ने proactive employee का रुपमा पाएकाे थिए। सदा राम्रा कामकाे सफलताहरु सुनिरहन पाउ भन्ने कामना गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार