कोराना मानव सृजित प्रकोप हो, महामारी र विश्वलाइ दिएकाे सन्देश

ठम्मर विष्ट (आनन्द)
प्रदेश सभा सदस्य/कर्णाली प्रदेश

आज कोरोना भाइरसले बिश्वमा आतंक मच्चाइरहेको बेलाहरेक देश र बिश्व जगतलेनैं यो महामारीवाट बच्न आफ्नो अंतिम ब्रमास्त्र प्रयोग गरीरहेका छन् । एकातिर महामारीबाट विश्वनैं आतंकित भैरहेको अवस्था छ भने अर्कोतिर विश्व जनमानस केही समय निदाउने प्रयास गरे पनि २४ शै घण्टा देश बिदेशमा सजिलैसंग अजिंगर रुपी कोरोनाले निलेका आफन्तहरुको तस्बीर नियाल्नबाद्य छन् । ओलम्पिक खेलमा श्रेणी प्राप्त गर्ने देश र खेलाडीले मेडलहरु पाए जस्तै इतिहाँसमै पहिलो चोटी देशहरुका नामहरु र मृत्यु हुने ब्यक्तिहरुको नाम टीभी र सोसियल मिडियामा हेर्न हामी विबश भैरहेका छौं भने महामारीको ज्वालामुखी कतिखेर कुन ठाउँमा दन्किने हो र त्यो लप्कोमा आफु परीने हो त्यसैको त्रास र सन्देहमा डुब्दा डुब्दै हरेक मानिसको जिउकोमासु वनको बाघले खाने भन्दा मनको बाघले बढी खाने भयले आक्रान्त बनिरहेको छ ।

यद्यपी यस्ता महामारी संक्रमण इतिहाँसमा पहिला नआएका होइनन । बर्डप्लु, सार्स, मर्स, माबर्ग, इबोला, रेबिज, एचआइभी, स्मालपक्स, हन्टाभाइरस, इन्प्लुन्जा, डेङगु, रोटाभाइरस, जस्ता बिभिन्न भाइरसहरुले बिश्वब्यापी महामारीले आफ्नो नाँगो नाच देखाइसकेको छ । मानव सभ्यता सुरु भए देखिनैं यस्ता महामारीबाट करोडौं मान्छेहरुको ज्यान लिइसकेको छ । तर प्रबिधी र बिश्वलाई ग्लोबल भिलेजको नाममाकरण दिरहेको २१ औं शताब्दीको बेला भएको यो मानब जिबनकै पहिलो बिपत्ती हो । तर यो अध्याय यतिमा मात्र सिमित छैन यो रोगको प्रकृति लय र लवज हेर्दा विश्वमा केही सन्देश प्रभाह गर्ने ढंगले उत्पाद मच्चाइरहेकोभान हुन्छ । हरेक बस्तु र घटनामा सकारात्मक र नकारात्मक परीणाम भए जस्तै यस परिघटनामा समेत महामारीले केही सकारात्मक र नकारात्मक संदेशहरु प्रभावह अवस्य गरेको छ । त्यो सन्देश के हुन सक्छ यहा सामान्य रुपमा उजागर गर्ने प्रयत्न गरिएको छ । यद्यपी यो समय घृणा वा आलोचनाको नभई सहभाव, सहकार्य र आपसी सहयोगमानै बढी खर्चनु पर्ने हुन्छ । अचम्मको कुरात यो रोगको औषधित पत्ता लागेको छैन नैं यो रोगको लक्षण, प्रतिरोधमा अपनाउनु पर्ने बिधि समेतले अचम्मको सन्देश प्रभाह गरिरहेको अनुभुती हुन्छ । जस्तै यो रोगबाट बच्नलाई एक आपसमा सम्पर्क नहुने, कम्तीमा ३ देखी ६ फिट टाढा रहने, मुख छोपेर हिड्नु पर्ने मात्र होइन हात त झन मिलाउनै नहुने, एक आपसमा हात छुँदा ज्यानै जानु पर्ने यस्ता अचम्मका नियम पालना गर्दागर्दै आफ्नाबाट धुमिल हँुदै बिबशतामा हामी धेरै अगाडी पुगिसकेका छौं ।

यसको अर्थ र दिन खोजेको सन्देश के हो ? पहिलो यसको सन्देश हो बिश्वमा वाताबरण परिवर्तनदेखी पृथ्बी र बायुमण्डलमा मानिसले गरेको अत्याधिक दोहन, शोषण र हस्तक्षपको प्रतिउत्पादकका रुपमा बिभिन्न बिश्लेषणहरु सुरु हुन थालेका छन् । त्यस्तो गलत कामबाट उत्पन्न परीणामको रुपमा प्रकृतीले मानिस जातिलाई दिएको सजाएको रुपमा अथ्र्याउन पनि थालिएको छ । त्यसमा पनि अझ महत्वपुर्ण कुरा के छ भने विश्वमा प्रकृतीमाथि बढी दोहन र हस्तक्षप गर्ने ति राष्ट्रहरु जसले आफुलाई बिकसीत र अति बिकसीत राष्ट्रको सुचिमा राख्न सफल भएका छन एकआध अपवाद छोडेर संयोगबस त्यस्ता राष्ट्रहरुमानै यो महामारी बढी मौलाएको छ । पहिलो बढी संक्रमितहरुको नेतृत्व विश्व सुपरपावरको दाबेदार अमेरिकाले नैं गरेको छ । संयोग कस्तो परेको छ भने क्लाइमेट चेन्जको बिश्व फोरमबाट करीब ३ बर्ष अगाडी एनिकी १ जुन २०१७ मा राष्ट्रपति टम्पले पेरिस सम्झौताबाट पछी हट्ने निर्णय गरेका थिए । जुन देश संसारमा सबैभन्दा बढी ग्याँस उत्र्सजन गर्ने, आणबिक एबं रासायनिक भट्टीहरु निर्माण गर्ने पंक्तिमा पर्छ र जसको कारणलेनैं बिश्व सभ्यता संकटमा पर्ने स्थिती छ उसैले यो सम्झौतावाट बाहीर निस्कदा बांकी बिश्वमा, प्रकृति र सामाजिक बिज्ञानमा कस्तो प्रभाब पर्छ होला सहजै अनुमान गर्न सकिन्छ । यस्तै बिकसीत देशहरुले ठुलो स्केलमा संचालन गरेका उद्योग धन्दा कलकारखाना र रासायनिक एबं जैबिक हतियार उत्पादनले चुनौति पैदा गरिरहेको छ । त्यसैको सजाय अमेरिका, फ«ान्स, स्पेन, बेलायत, जर्मनी, चाइना, कोरीया, जापान, समस्त युरोप, अफ्रिकादेखी समग्र विश्वले भोगीरहेको छ । त्यस्तै आफुलाई बिकसीत र अणुप्रमाणीक राष्ट्रको माथिल्लो तहमा राख्न सफल क्रमश अमेरिका, चाइना, युरोपियन युनियन, जापान, कोरीया, रसीया लगायतका देशमा संक्रमणको घनत्वबढेको छ भने यस्तै बाँकी राष्ट्रहरुमा समेत यो डढेलो फैलदै अब पुरै संसार उम्कनै नसक्ने मुस्लोमा फस्दै गएको जस्तो देखिन्छ । बिबिसी लण्डनको एक खोजमुलक जानकारी अनुसार केही शहरहरु र क्षेत्रहरुमा बायु प्रदुर्षण र तापक्रम ग्याँसहरुको स्तरले कोरोनाभाइरस उत्पन्न र प्रभाबको स्रोत बनिरहेको कुराको बिश्लेषण भैसकेको छ ।

यही स्तरमा बिकास सुबिधा र सम्बृद्धिको नाउमा प्राकृतिक श्रोत, जमिन, जल, वाताबरण, बोटबिरुवा र अन्य बाताबरणको दोहन बिनास जारी राखेमा मानव जातिले यो भन्दा भयानक महामारीको लागी आजै मानसिक तयारी गरेर बसे हुन्छ । अर्को यो रोगको प्रकृति भनेको एक आपसमा हात नमिलाउने वा एक आपसमा छुन नहुने भन्ने हो । प्रतिकात्मक ढंगले यसको सरल अर्थ बुझ्न पनि त्यति कठिन छैन । संसारको संतुलन नैं बिगार्ने गरी सबै भन्दा मानब जातिले पृथ्बीमा गरेको गल्ति चाही बिभिन्न खाले अपराध, भ्रष्ट्राचार र ब्यबिचार हो । यहा हेक्का राख्नु पर्ने कुरा के छ भने यस्ता घटनाहरु घट्नलाई मान्छे एक आपसमा भेट हुनै पर्छ । त्यसैले मानब जाति एक आपसमा जोल्टिँदै धन सुख, पद सुख र शरीर सुखका लागी जस्तो सुकै अपराध गर्ने त्यसको माध्यामको रुपमा पैसा वा साधनश्रोतको लेनदेन समेत हातबाटै हुने, गरिब दुखीहरुलाई अत्यधिक दोहन गर्ने र कानुनलाई समेत हातमा लिँदै उनीहरुको ज्यानै समेत लिने, सबै हिसाबले बलियो ब्यक्तिले, संस्था र पदको दुरुपयोग गर्दै अत्याधिक जनता र राज्यलाई लुट्ने भएकोले पृथ्बीको सामाजिक प्रर्याबरण बिग्रन गई अब मान्छे भेट्न नपाउन र कम्तीमा अबउप्रान्त यो घटनाबाट रुपान्तरण भै सच्चिएर मात्र भेटघाट होस् भन्ने मानव जातिलाई दिएको सांकेतिक संन्देशहुन सक्छ । पछिल्लो चरणका बिभिन्न बिश्लेषणहरुले यही कुुराको पुष्टि गर्दछ । जहासम्म मास्क अनिवार्य लगाउने भन्ने छ यती धेरै भ्रष्टाचार, अपराध गरेकोमा मुख हेर्न लायक मान्छे नभएकोले प्रकृतिले त्यसको प्रकिकात्मक रुपमा मास्क लगाउँदा एक आपसमा तिम्रो असली अनुहार नदेखाउ भन्ने हुन सक्छ । अझ यति मात्र कहाँ होर मान्छे मरी सकेपछी भेट्न पनि नपाउने आफ्नो धर्म संष्कार अनुसार अन्तेष्टी पनि गर्न नपाउने, दाहासंष्कार गर्दा लठिले घोच्नु पर्ने र टाढैबाट दाहासंष्कार गर्नुपर्ने दर्दनाक स्थितीका बिच यस्तो भबितब्य र क्षदबिक्षद हुँदा समेत आफ्नो संस्कार, सहानुभुती र सम्बन्धको भाव प्रकट गर्न नपाउनु योे कस्तो रोगको नियम र नियती हो । हुँदा हुदा यो महामारी चुरोट, बिडी र अल्कोहल ले बढी असर गर्ने चेतावनी समेत आइसकेको छ यसले हाम्रो आहारबिहारको तौरतरीकालाई समेत संकेत गर्न खोजेको छ । अर्को यसको प्रतिकात्मक संदेश भनेको सामान्यतया बिज्ञान र अहिलेसम्मको स्थापित संस्कार भनेको गरीबलाई रोग लाग्ने, धनिलाई रोग लागी हाले पनि ठुलो पैसाको बलवाट सुरक्षित हुने गर्थे । यस्तै शासन सत्तामा बसेका ठुला ठुला प्रभावशाली मान्छेहरुलाई रोगै नलाग्ने र लागी हाले पनि आफनो अकुत सम्पत्ति वा राज्यको सम्पत्ति ओइरो हालेर सुरक्षित हुने प्रचलन हुने गथ्र्यो । तर मानब जगतलाई प्रकृति र सामाजिक बाताबरणले आज यस्तो ठाउँमा पुर¥याई दियो कि यो रोगले गरीब र धनी कसैलाई नछोड्ने देखियो । अर्को चाही बिश्वमा पहिलो चोटी राजा राष्ट्रपति, मन्त्री, चर्तित ब्यक्तित्व, चर्चित सेलीब्रेटी, महान खेलाडी, बिश्वका पँुजीपतिहरुलाई यो लयबाट रोगले च्यापेको र ज्यान गएको पहिलो घटना हो । यो संक्रमणबाट प्रभाबित बिश्वका ठुला र चर्चित पात्रहरुलाई कसरी लपेटेको छ । साँकेतिक रुपमा मात्र यहा केही ब्यक्तिहरुको नाम उल्लेख गर्दा नैं बुझ्न काफी हुन्छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, स्पेनका उपप्रधानमन्त्री कार्मेन काल्लाभो, बेलायती राजकुमार चार्लेस, इजरायली प्रधानमन्त्री बेन्यामेन नेतन्याहु, मोनाकोका राजकुमार प्रिन्स अल्बर्ट, नाइजेरीयन राष्ट्रपतिका प्रभावशाली राजनैतिक सल्लाकार अब्वा कियारी, संयुक्त राज्य अमेरिकाका सिनेटर राण्ड पल, युरोपीयन युनियनका प्रमुख बे्रक्जीट बार्ताकार मिशेल बर्नीर, ब्राजिलका खानी र उर्जा मन्त्री बेन्टो अल्बुकर्क एबं त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाकार अगुस्टो हेलेनो, जापानका फुटबलर एसोसीयनका प्रमुख कोजो तासीम, अष्ट्रेलीयाका गुह माम्ला मन्त्री पीटर डुटन, इरानका उपराष्ट्रपति मासौमेह एबटेकर, क्यानेडीयन प्रधानमन्त्रीकी श्रीमति साफी ग्रीगोयर टुडो, स्ेपेनीस, प्रधानमन्त्रीकीश्रीमति बेगोना गोमेज, फ«ान्सेली संस्कृति मन्त्री फ्रान्क राइस्टर, मीयामी अमेरिकाका मेयर फ्रान्सीस सुआरेज, पोल्याण्डका वातावारण मन्त्री मीखाएल वोस, बुर्खीना फासोका खानी मन्त्री ओमरौ इडानी एबं त्यहाका शिक्षा मन्त्री स्टानीसला क्वयरो, आन्तरीक मन्त्री साइमन सवाडोगो, बिदेश मन्त्री अल्फा बेरी गम्भीर कोरोना संक्रमणवाट प्रभाबित भएको अवस्था छ भने स्पेनकी राजकुमारी तथा पूर्व उपप्रधानमन्त्री मारीया टेरेसा, कङ्गोका पुर्ब राष्ट्रपति योम्बी ओपाङ्गो, स्पेनको सबैभन्दा ठुलो बैंक सान्तादरको पोर्तुगाली इकाइका अध्यक्ष एन्टोनियो भीइरा मोन्टेयरो लगायत कैयन सरकारी पदाधिकारी र प्रभुत्वशाली ब्यक्तित्वहरुको निधन भैसकेको छ । त्यस्तै चर्चित सेलीब्रेटीहरुअस्ट्रेलीयन हलिउडका चर्चित जोडी टोम हेन्स र रीता वीइल्सन, फ«ान्सका नायक वल्गा कुरीलेन्को, ब्रिटिस अभिनेता इड्रीस एलवा, साउथ कोरीयाका अभिनेता डानीयल डेई कीम, विश्व प्रशिद्ध खेलाडीहरु इटालीयन फुटबल टीमका गोलकीपर मार्को स्परटीलर, अमेरीकन हक्की खेलाडी ओटोवा सीनेटर्स, स्पेनीस फुटबल क्लवका दर्जनौं खेलाडी, इटालीयन फुटबल ब्लवका डीफेन्डर डानीयल रुगानी, आर्सेनल टीम म्यानेजर मीकेल अर्टेटा, इटालीका प्रशीद्ध फुटवल खेलाडी पउलो दीवाला, कोलोक्बीयन साइकीलिष्ट फर्नाडो गाभेरीया, इटालीयन फुटबल ब्लबका टीम डाक्टर सहीत पांच खेलाडी, बुडापेस्ट स्थित ब्रीटीश दुतावासका मीशन उपप्रमुख स्टीभन डीक, संयुक्तराज्य अमेरीकाका सेफ मास्टरका शीर्ष बिजेता प्लोड कार्डोज,अमेरीकन प्रसारण पत्राकार सेठ डोने संक्रमणको तुवालोमा फसेका छन ।

त्यस्तै एउटा अर्को रेकर्ड के तोडिएको छ भने यो भन्दा अघीका रोग र बिरामीको कारण सामान्यतया बिरामीहरुको उपचार गर्ने काम डाक्टरहरुको हुन्थ्यो वा भनौं बिरामी भैसकेपछी डाक्टर भगवान हुन भन्ने मान्यता अहीले आएर तोडिएको छ । उनीहरु आफुनैं यो महामारीको प्रकोपबाट सबैभन्दा बढी ग्रसित हुन पुगे । फिलिपिन्समा ९ डाक्टरहरु, चाइनामा युवा डाक्टरहरु सहित दर्जनौं डाक्टरहरु, स्वास्थ्यकर्मीहरु, अस्पतालका निर्देशकहरु र नर्सहरु संक्रमित भए भने कतिको ज्यान समेत गैसकेको छ । इटालीमा ६ हजार भन्दा बढी स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस भएकोमा ५० जनात डाक्टरहरुको मृत्यु भैसकेको छ । त्यस्तै बिकराल डेटा विश्वमा कोरोना भाइरस फैलिएको देशहरुको अवस्थावाट गुज्रिरहेको छ । अर्को मान्यता समेत तोडिएको छ कुनै ठाउँ, देश वा बिश्वमा कुनै ब्यक्ति बिरामी हुँंदा पहिलो सम्झने र बिश्वास गर्ने भनेको बिभिन्न धर्मसंग सम्बन्धित लामा, पण्डीत, आचार्य, पादरी, पोप, गुरु, महन्त, ऋशी , साधु, सन्त, स्वामी, योगी, मुल्लाहा,रबी वा भनौं बिश्वका कुनै पनि धर्मका गुरुहरुसंग आफुले मागेको बर एबं फल पाउने हुन्थ्यो तर ति सबै मुल्यमान्यताहरु ध्वस्त भएका छन् । महामारीको युद्धमैदानमा सबैभन्दा अघिल्लो लाइनमा यस्तै बिभिन्न आस्थामा बिश्वास गरेका धर्मगुरुहरु संक्रमित भएका छन भने कतिको ज्यान समेत गैसकेको छ । सबै आस्थाका केन्द्र एबं धरोहरहरुमा महामारी फैलने डरले भोटे ताल्चा लागीसकेका छन् । दोश्रो पक्ष भनेको संसारमा धार्मिक मान्यता अनुसारनैं इश्वर छन् भनेर मान्ने हो भने पनि हरेक धर्ममा गरेका गल्तिहरुलाई सबै खाले धर्मका गुरुहरुले गरेको पुकारलाई तिनीहरुका इश्वरले मान्न तयार देखिएनन । यसलाई सकारात्मक ढंगले बुझ्ने हो भने हरेक धर्ममा पाप यति धेरै बढी सक्यो कि तिनीहरुका इश्वरले सहजै सुन्ने र उनीहरुका मागहरु पुरा गर्ने प्रणालीमा केही न केही खराबी उत्पन्न भयो । त्यस्तो प्रणालीमा कहीन कही रुपान्तरण हुन जरुरी भैसकेको संकेतको रुपमा बुझ्नुको अरु बिकल्प शायदै होला । यसको मतलब महामारीबाट संक्रमण भएका वा मृत्यु भएका मानिस नैं बिश्व बाताबरण बिगार्ने कारक हुन भन्ने होइन तर प्राकृतिक एबं बाइलोजीकल नियममा गल्ति एउटाले गर्दा गर्दै पनि त्यसको लपेटमा सारा बिश्व तानिन्छ यही चक्र यहा लागु भएको छ र आज लाखौं मान्छे यो रोगको शिकार भैरहेका छन । केही शक्तिशााली र सुपरपावर संपन्न सरकारहरुले गरेको गल्ति आज संसारमा सबै मान्छेहरुले भोगट्न बाद्य छन ।
तर यसो हुदा हुदै पनि समग्रमा महामारीले केही सकारात्मक शिक्षा समेत लिएर आएको छ । बिश्वमा ग्लोबलाइजेशनको नारा संगै प्राबिधीक शिक्षाको कुरा सुनेको र बिकसीत राष्ट्रले यसलाई प्रयोगमा ल्यायको धेरै भैसक्यो तर नेपालमा जति सुकै डीजीटल र आइटी प्रबिधीको नारालाई अगाडी सारे पनि यसको ब्यबाहारीक प्रयोगमा भने आउन सकेको छैन ।

अर्कोतिर बिश्वका बिकसीत देशहरुले यस्तै इन्टरनेटको प्रयोगवाट सरकारी कामकाजलाई चलाउने काम गरीरहेका मात्र छैनन मानब बिहीन प्रबिधीको प्रयोग गर्दा एकातिर भ्रष्टाचारमा सुन्य शहनशीलता र अर्कोतिर काममा छिटो, छरीतो र ब्यबस्थित भैरहेको छ । साथै यी देशहरुले यस्तो प्रकोपमा मात्र होइन सामान्य जिबनमा समेत नेट इन्टरनेट र अनलाइन मार्फत जनतालाई घर घरमा सामानहरुको बितरण गर्ने , अन्य आधारभुत सेवा सुबिधा प्रधान गर्ने एबं भुकम्प वा बाडीपैरो, महामारी वा अन्य कुनै प्रकृती वाट बच्न उच्चतम प्रबिधीको उपयोग गरी आफ्ना नागरीकलाई सेवा सुबिधा र जानकारी दिने काममा प्रयोग गरीरहेका छन । यही महामारीका दर्मियानमा चाइनाले दर्जनौं यापहरुको प्रयोग गरेर कोरोना भाइरसलाई नियन्त्रन मात्र गरेन बल्कि उपभोग्य बस्तु र हरेक सेवा सुबिधालाई कोठा कोठामा पुर¥याउन समेत सफल भयो । बिच्याट, अलिपे, कीउ कीउ, तबाओ, बइदु, इकीई, डाउइन , टेनसेन्ट, चुचीयाओ आदी जस्ता यापहरुको प्रयोग गरेर जनताका घर र कोठाहरुलाईनैं संसारमा रुपान्तरण मात्र गरेन नागरीकलाई घर बाहीरनैं ननीक्लेर सबै सेवा पाउदा कोभीड १९ को युद्धमा सफलता प्राप्त गर्न समेत महासस्त्रको रुपमा काम गर¥यो ।
यति मात्र होइन यस्तै प्रबीधीको प्रयोग गरी बिद्यालय,बिश्वबिद्यालयमा अध्ययन, अध्यापन र अनुसन्धानको माध्याम समेत बनाइ सकेका छन बिश्वका बिकसीत राष्ट्रहरुले अहिले सबै तहको औपचारीक शिक्षामा समेत अमेरीकीहरुले घरमै पढाउने प्रबन्ध सुरु गरे । साथ साथै युरोपियन युनियन र बाँकी बिकसीत देशहरुले स्कुलनैं नदेखेर अनलाइन मार्फत खुल्ला बिश्वबिद्यालय मार्फत हरेक तहको डीग्री प्राप्त गर्ने प्रक्रिया अबलम्बन गरिसकेका छन् । छिमेकी चिनले बुहानका तीन करोड जनतालाई आधुनिक प्रबिधीवाटै पढायो । अब यो प्रबिधी अनुसरण गर्न नेपालले किन ढिलो गर्ने ? जुन माध्यामले हामी भने सारमा केही प्रतिशत यसको सदुपयोग गरेपनि डिजिटलाइज भनेको फेसबुक वा इन्स्टाग्राम जस्ता शोसीयल मिडियाको सदुपयोग भन्दा बढी दुरुपयोगको समयनैं ब्यतित गरीरहेका छौं ।
यसको सार केहो भने प्रकुति नियम संग संगै आत्मिक, शारीरीक र भौतिक रुपले मान्छे जब आफ्नो स्वार्थ र नियममा राखेर बिश्वलाई काबुकमा ल्याउन दुस्साहस ग¥यो अनि मात्रै यस्तो महामारीमा संसार फैलिदै गएको छ । अब एक चोटी हरेक संस्कार, संस्कृति, देश र बिश्ववाट एक कदम माथि उठेर प्राकृतिक बाताबरणसंग संगै आत्मा र बिचार पनि ब्यापक रुपान्तरण गरौं । यो महामारी कहा र कुन स्तरमा गएर टुंगिने हो अहिलेसम्म अनिश्चय नैं छ । एउटा तथ्याङ्कले के देखाएको छ भने बिश्व नैं लकडाउन भएको स्थितिमा करिब ७५ प्रतिशत अपराधमा कमी आयो । यो महामारी नकारात्मक हुँदा हँुदै पनि मृत्युको डरले वा भनौं मान्छे आत्मअनुशाशनमा बस्दा अपराधमा कमी आउँदो रहेछ भन्ने सकारात्मक सन्देश समेत यसले प्रभाह गरिसकेको छ । तर यो केही दिन न्यानो गरेर बिर्षने जस्तो मात्र भयो भने र यसलाई बिश्वले अन्तिम चेतावनीको रुपमा बुझेन भने कुनै दिन हावाबाटै सर्ने कोरोना भाइरसको बिकास हुँदा मानब जातिको भबिष्य के होला । हँुदाहँुदा कुनै दिन सुर्य आउन छोडयो वा रात परेको परेइ भएर बिहानीको सुरुवात भएन भने पनि अन्यथा मान्नु पर्ने छैन तर त्यतिखेर सम्म मान्छेले मानब जातिको जिबनयापनत परै जाओसमानव जातिको अस्तित्वको मामलामा समेत सोच्ने समय हुने छैन ।
यति हुदा हुदै पनि यी शक्तिशाली राष्ट्रहरुमा प्रकृतिलाई हस्तक्षप गर्ने र यसकोलागी बिश्व भाइचाराको निती अवलम्बन गर्ने पद्धतिमा सुधार आएको छैन । यही महामारीले बिकराल रुप लीसकेको अवस्थामा समेत इटलीले कतिसम्म गल्ती ग¥यो भने खासगरी रोम युद्ध पछि इटलीले हामी अब्बल देश हौं भन्ने इतिहाँसको धङ्धङीले अठयाइरहेको थियो । जसको कारण चाइनार केही देशमा भएको बिकराल स्थितीलाई उसले नजरअन्दाज गरेर बस्यो । आजकटा मितीमा पनि देशहरुमा यति धेरै दम्भ बढेको छ कि यो महामारीलाई मिलेर परास्त गर्नेतिर भन्दा भाइरसमा राजनिती भैरहेको छ । यसतो भद्रगोलमा अरु देशलाई चक्रब्युहोमा फसायर कसरी आफु सुपरपाओर बनि राख्ने ध्याउन्नमा अमेरीका लागी परेको छ भने चाइना लगाएत कतिपय देशहरु आफुले कसरी आफ्नो प्रतिद्धन्दीलाई ओभरटेक गर्ने भन्ने ध्याउन्नमा छन् ।

यद्यपी महामारीको नियन्त्रण र त्यसपछी बिश्वलाई सहयोगी हातहरु अघी बढाइरहेको चाइनाको लवज हेर्दा अमेरीकाको पुँजीवादी टावर धुमिल हँुदै गएको र समाजवादी टावर चम्किदै गएको बुझ्न धेरै घोत्लिनु पर्दैन । सन ९० को आरम्भमा समाजबादकोे अन्त्यको घोषणा गरेको पँुजीबादको पर्खाल ३० बर्षमै मक्किएर नयाँ संकटलाई थेग्न नसक्ने टीठ लाग्दो अवस्थामा पुग्ला भनेर शायदै पुजीवादले सोचेको थियो होला?शायद यस्तै रबैयाको उत्कर्षमा बिश्व पुर्णबिराममा पुगेमा पुँजीवादको भुमण्डलीकरण, निजीकरण र उदारीकरणको ठाउँमा अर्को धु्रवको रुपमा समाजवादी धरोहर निर्माण नहोला भन्न पनि सकिदैन ।कुनै बेला बेलायतको नारा नैं थियो साम्राज्यमा सुर्य कहिल्यै अस्ताउँदैन भनेर बेलायतले भन्ने गथ्र्र्यो तर १९४५ को दोस्रो बिश्वयुद्ध पछि त्यसको ठाउँ अमेरिकाले लियो । झण्डै पौने शताब्दीको अन्तरालमा विश्वको महाशक्ति भनिने अमेरीकी पुजीवादको टावर धुमिल हुँदै लडखडाउन थालेको देखिन्छ । खयर जेहोस अब क्लाइमेट चेन्ज लगायतका मानब समाजको अस्तित्वसंग जोडिएका सवालहरुमा अति बिकसीत, बिकसीत वा बिकासशील र नेपालजस्ता बिकाशोन्मुख मुलुकहरु एउटै फोरममा सहकार्य गर्नुको बिकल्पै छैन । यो कारोना प्रकृतिक प्रकोप नभई मानव सृजित प्रकोप हो । यदि यसरी बुझियो भने मात्र समस्याको दिगो समस्याको समाधान हुनेछ यदी नजरअन्दाज गर्दै प्राबिधिक समाधान मात्र खोजियो भने यस्ता महामारीहरुले पृथ्बी र ब्रमाण्डलाईनैं आउँदा दिनमा निल्ने गरेर नआउलान भन्न सकिन्न । यसैले मुलभुतरुपमा आधुनिकताका नाममा हामी मानब जातिमा पैदा भएका सोच, संस्कृति, संरचना, ब्यबहार र कुटील स्वार्थहरुनैं जिम्मेवार छन् । यसमा आमुल परिबर्तन गर्ने प्रण गरौं । मिति २०७६ चैत्र १९ गते बुधबार

कोराना मानव सृजित प्रकोप हो, महामारी र विश्वलाइ दिएकाे सन्देश

YUGAAWHAN NATIONAL DAILY (2076-12-19)

Leave a comment

Your email address will not be published. Required fields are marked *