अवकाशपछि कागज उद्योगतर्फ

दाङको राप्ती गाउँपालिका–१ भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसी अवकाशपछि नेपाली हाते कागज उद्योगमा सक्रिय रहेका छन् । २५ वर्ष स्वास्थ्य चौकी भालुवाङमा काम गरेका जिसी अवकाशपछि नेपाली कागज उद्योग सञ्चालनमा लागेका हुन् । अवकाशपछि राप्ती गाउँपालिका–४ पिपरखुटीमा करिब ४५ लाख रुपैयाँ लगानीमा राप्ती कागज उद्योग सञ्चालन गरेका जिसीले उद्योगबाट राम्रो आम्दानी लिइरहेका छन् । […]