खाँडाचक्रले दुई सय भन्दाबढी नागरिकको उद्दार

तुलराज पाण्डे कालिकोट, १४ बैशाख । कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकाले शनिवारसम्म दुई सय भन्दा वढी स्थानीय नागरिकहरुको उद्दार गरेको छ । विश्वमहामारीको रुपमा फैलीएको कोरोना भाईरस(कोभिड(१९) संक्रमण फैलीए संगै स्थानीय तहमा भित्र्याउने होडबाजी चलेको छ । पूर्ण व्यवस्थापन नभए पनि नागरिकहरु आत्तिएर पछि भोकभोकै स्थानीय तहमा फर्केका छन् । खाडाचक्र नगरपालिकाको प्रत्येक वडामा क्वारेन्टाइनको व्यवस्थापन […]

कर्णालीका दुई मन्त्रीलाई प्रधानमन्त्रीको हप्की !

सुर्खेत, १४ बैशाख । प्रधानमन्त्री केपि शर्मा ओलीले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई हपार्नुभएको  खुलासा भएकाे छ । कोरोना भाईरस नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन उलंघन गरेको भन्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई हपार्नुभएको हो । सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसंग गरेको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री […]

बालुवाटारमा ओली र गौतमको चर्काचर्की

काठमाडौं, १४ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै गएको छ । शनिबार साँझ बालुवाटारमा नेताहरुबीच चर्काचर्की नै हुन पुगेको छ । अध्यादेश प्रकरणपछि स्थायी समिति बैठककोे माग भइरहेका बेला त्यसलाई टार्ने योजनामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली लागेका छन् । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका बहुसंख्यक […]

उत्तर कोरियाली नेता किमका नयाँ उत्तराधिकारी

काठमाडौं, १३ वैशाख उत्तर कोरियाली नेता किम जोङ–उन मुटुको शल्यक्रियापछि यतिबेला अस्पतालमा छन् । उनको अवस्था कस्तो छ भन्नेबारेमा अहिलेसम्म उत्तर कोरियाको सरकारी स्तरबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । कतिपय पश्चिमा राष्ट्रका सञ्चारमाध्यमले उनको अवस्था गम्भीर रहेको दाबी गरेका छन् । तर छिमेकी दक्षिण कोरिया र चिनियाँ सञ्चार माध्यमले भने उनको स्वास्थ्य अवस्था सुधार […]

वीरेन्द्रनगर कार्यपालिकाका दर्जन निर्णय

सुर्खेत, १३ बैशाख । कोरोना भाईरस नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनबाट प्रभावित नागरिकलाई वीरेन्द्रनगर नगरपालिका सुर्खेतले १६ हजार ९१ घरधुरीलाई राहत वितरण गरेको छ । न्यून आयस्रोत भएका वीरेन्द्रनगरका स्थायीबासी, अस्थायीबासी, ज्यालामजदुरी गर्ने नागरिक, कोठाभाडामा बस्ने विद्यार्थीहरुलाई तीन चरणमा राहात सामाग्र वितरण गरिएको हो । पहिलो चरणमा ६६८२ परिवार, दोस्रो चरणमा ९१२७ परिवार र […]

फेसबुकबाट एकै पटक ५० बढीसंग भिडियो कल

एजेन्सी, १३ बैशाख । विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्बन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्बन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो । ‘म्यासेन्जर रुम’ नाम दिइएको सो नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको […]

ब्राजिलमा सामूहिक चिहान बनाउन थालियो

काठमाडौं, १३ वैशाख । बीबीसी हिन्दीका अनुसार दक्षिण र मध्य अमेरिकामा, कोरोना भाइरसको कारण, सङ्कट अझ गम्भीर हुँदै गइरहेको छ । ब्राजिलको सार्वजनिक स्वास्थ्य प्रणाली पतनको कगारमा छ । अब ब्राजिलको मानौस सहरका अधिकारीहरूले भनेका छन् कि चिहानमा सामूहिक चिहानहरूको अवस्था सिर्जना गरिएको छ । कब्र खन्नेहरूले एक दिनमा १०० शवहरू गाड्नु परिरहेको छ । […]

समाजवादीका असन्तुष्ट सांसदहरुको गोप्य भेला

काठमाडौं, १३ बैशाख । समाजवादी पार्टीका असन्तुष्ट सांसदहरुको गोप्य भेला भएको छ । केही दिनअघिमात्रै समाजवादी पार्टीले राजपा नेपालसँग एकता गरेको छ । असन्तुष्ट सांसदहरुले विद्रोह गर्न लागेको र छुट्टै पार्टी गठन गर्न लागेको हल्लाबीच समाजवादी र राजपा नेपालबीच रातारात एकता भएको हो । दुई पार्टीबीच एकता भएर बैशाख ११ गते लोकतन्त्र दिवसको दिन जनता […]

किन भयो मेयर घर्तीमाथी हातपात

जाजरकोट, १३ बैशाख । जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीलाई हातपात गरिएको छ । नेकपाका नेता एवम नगर प्रमुख घर्ती माथी शनिवार विहान सत्तारुढ नेकपाकै युवा दस्ता युवा संघ नेपालका जिल्ला संयोजक दिपेन्द्र शाहीसहितको एक समुहले मुक्का प्रहार गरेको हो । जिल्लाको भेरी नगरपालिका वडा नम्वर १० को फेराखोला स्थित भेरी किनारमा उक्त समूहले हातपात […]

कोदो बाली उत्पादन प्रविधी

संजय बस्नेत विएससी दोस्रो बर्ष, चौथो सेमेष्टर कृषि, पशु विज्ञान अध्ययन संस्थान, रामपुर क्याम्पस चितवन परिचय : कोदो करिब १५० से.मि. सम्म अग्लो हुने र जरा २५–४० से.मि. सम्म तल जाने घाँसे परीवारको (Poaceae, family) मा पर्ने एक वर्षिय बाली हो । यसको डाँठ धान, गहुँको तुलनामा केही दरो, चिप्लो र होचो हुन्छ । यो […]

प्रहरी बन्न चाहान्थेँ तर व्यापारमा होमिएँ

पश्चिम सुर्खेतको विद्यापुरमा जन्मिएका गोपालप्रसाद पौडेल परिवारका कान्छा छोरा हुन् । जन्मिएको र हुर्किएको ठाउँमै उनले निम्न माध्यमिक तहको शिक्षा हाँसिल गरे । मध्यम वर्गीय परिवारमा जन्मिएका पौडेलले बाँकी माध्यमिक तहको पढाइ भने कैलालीको टिकापुरमा पूरा गरेका थिए । सरकारी जागिर खान नेपाल प्रहरीको असई पदमा आवदेनसमेत दिएका थिए । तर बुवाआमाले प्रहरीको जागिरप्रति चाहना […]

नागरिकदेखि राष्ट्रसम्म एकिकृत भए काेराेनासंग जीत सम्भव छ

सुजाता आचार्य जनस्वास्थ्य विद्यार्थी /जाजरकाेट ३१ डिसेम्बर २०१९ मा चीनको हुवये प्रदेश, वुहान शहरबाट पहिलो संक्रमण देखिएको कोरोना भाइरसले, वर्तमाण अवस्थामा सबैलाई आतंकित बनाएको छ । संक्रमित संख्या बडिरहदाँ विश्व स्वास्थ्य संगठ्नले रोगको सम्भावित जोखिम, संक्रमणको अवस्थालाई मध्यनजर गर्दै, ११ मार्चमा विश्वव्यापि महामारीको घोषणा गरेको थियो। साथै अन्य देशहरुमा फैलिन नदिन र थप सतर्कता अपनाउन […]

डुङ्गेश्वर गाउँपालिकालाई मिरमिरेको सहयोग

दैलेख, १३ बैशाख । डुङ्गेश्वर गाउँपालिका दैलेखलाई मिरमिरे युवा समाज सिनामंगल काठमाडौंले विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाईरस नियन्त्रण, रोकथामका लागि लकडाउनको अवस्थामा स्वास्थ्य सामाग्री सहयोग गरेको हो । पिपिई ३५ थान, हेण्डवास ६० लिटर, मास्क सर्जिकल ६ हजार पिस, ग्लोब्स सर्जिकल ५ हजार पिस, फेस कभर ३० पिस, थर्मल गन २ […]