प्रहरी बन्न चाहान्थेँ तर व्यापारमा होमिएँ

पश्चिम सुर्खेतको विद्यापुरमा जन्मिएका गोपालप्रसाद पौडेल परिवारका कान्छा छोरा हुन् । जन्मिएको र हुर्किएको ठाउँमै उनले निम्न माध्यमिक तहको शिक्षा हाँसिल गरे । मध्यम वर्गीय परिवारमा जन्मिएका पौडेलले बाँकी माध्यमिक तहको पढाइ भने कैलालीको टिकापुरमा पूरा गरेका थिए । सरकारी जागिर खान नेपाल प्रहरीको असई पदमा आवदेनसमेत दिएका थिए । तर बुवाआमाले प्रहरीको जागिरप्रति चाहना नराखेकाले उनी व्यवसायमै होमिए । प्रस्तुत छ, आजको जम्काभेटमा वीरेन्द्रनगरमा रहेको हिरो शोरुमका सञ्चालक पौडेलसँग गरिएको कुराकानी  :-

आइएसम्मको पढाइ
बुवाआमाले देखाएको पथमै हिँड्ने र असल छोरा बन्ने सोच उनमा थियो । बुवाआमाले आफ्ना लागि गरेको श्रमले उहाँको चाहनाविपरित हिँड्ने सोच उनको मनमा कहिल्यै जागेन । माध्यमिक विद्यालयसम्मको पढाइ टिकापुरमा सकेर उनी बाँकी पढाइ पूरा गर्न काठमाडौं हानिए । परिवारको आग्रहअनुसार नै उनले काठमाडौंमै बसेर आइएसम्मको पढाइ पूरा गरे ।

परिवारवारको चाहना व्यापार
काठमाडौंमा पढ्ने क्रममा पौडेलले २०५३ सालको अन्त्यतिर नेपाल प्रहरीको असइ पदमा आवेदनसमेत दिए । ऊबेला प्रतिस्पर्धामा उत्रने कमै थिए । प्रहरीमै जागिर खान चाहेको भए उनी असइ हुने निश्चित जस्तै थियो । तर बुवाआमाले प्रहरी बन्नुभन्दा व्यापारमै होमिन कर गरेपछि काठमाडौं छाडेर पौडेल सिधै लम्की हानिए ।

पौडेल मेहनती र पौरखी व्यापारी हुन् । बुवा आमाले नै पहिलादेखि नै व्यापार गर्दै आएकाले उहाँहरुकै देनबाट लम्कीमा २०५७ बाट व्यापारमा होमिए । बोल्नेभन्दा काममा लगाव राख्ने पौडेलले लम्कीमै हार्डवयेर पसलको शुरुवात गरे । सशस्त्र द्वन्द्व चर्किन थालेपछि व्यापारमा भने उतरचढाव भयो । राम्रोहुँदै गएको व्यापार विस्तारै ओरालो लाग्यो । तर उनले कहिल्यै हिम्मत हारेनन् । हरेक दिनको सुनौला विहानीसँगै आशाका किरणहरु मनमा जगाउँथे । ‘आज पो व्यापार छैन, एकदिन अवश्य राम्रो होला नी भन्दै ति दिन विताएँ’ विगत सम्झदै पौडेलले भने, ‘संर्घषसँग जुध्यो भने विस्तारै सफलताले नि पछ्याउँदो रहेछ ।’ पाँच वर्षसम्म उनले लम्कीमै व्यापार गरे । देशमा विस्तारै आशाका किरणहरु उदाए ।

लम्कीबाट नेपालगंजतिर
‘०६३ सालको आन्दोलनपछि देशले विस्तारै गति लिएपछि व्यापार पनि राम्रो हुँदै गयो’ पौडेलले थपे, ‘देशमा सशस्त्र द्वन्द्वको अवसानपछि पनि लम्कीमै व्यापार गरिरहेको थिएँ । पछि २०६४ सालमा त्यहाँको पसल विक्री गरेर नेपालगञ्जमा व्यापार शुरु गरेँ ।’ लम्कीबाट नेपालगञ्ज हानिएका पौडेलको व्यवसाय नेपागञ्जमा पनि राम्रो हुँदै गयो । हार्डवयेरबाट कपडा पसलको शुरु गरे पनि बुवाआमाबाट सिकेको ज्ञान नेपालगञ्जमै व्यवहारमा लागु गरेको पौडेल बताउँछन् । ‘नेपालगञ्जको व्यापार पनि राम्रो थियो ।

त्यसक्रममा थप सम्भावना पनि खोजिरहेको थिएँ’ पौडेलले भने, ‘जन्मभूमिमै केही गर्न सकिन्छ की भनेर २०६६ सालमा सुर्खेतमै नयाँ व्यवसायको थालनी गरेँ ।’ चार वर्षसम्म पौडेलले नेपालगञ्जमै कपडा पसल सञ्चालन गरे ।  त्यो विचमा उनले सुर्खेतमा हिरो मोटरसाईकल कम्पनीको सोरुम पनि सुर्खेतमा स्थापना गरिसकेका थिए । परिवार अलग अलग भएर व्यापार गर्दा समस्या भएपछि पौडेलले २०६८ सालमा नेपालगञ्जको कपडा पसल विक्री गरेर सुर्खेत आए ।

अनि जन्मथलोमै आएँ…
जिन्दगीको यो यात्रासम्म आइपुग्न बुवाआमाकै देन रहेको बताउने पौडलले भने, ‘संर्घष नै व्यापारमा सफलता हो, हरेकदिन हरेक चुनौतीको सामना गर्दै व्यापारमा होमिन सहज पनि त छैन । तर म कहिल्यै विचलित भइँन ।’ सुर्खेत नै जन्मथलो भएकाले सुर्खेतमै केही गर्नुपर्छ भन्ने ध्येयका साथ पौडेलले सुर्खेत यात्रा थालेका हुन् । तर उनलाई स्थापित हुन भने सहज थिएन । यहाँ स्थापित भइसकेका व्यापारीहरुसँग प्रतिस्पर्धा गरेर शुन्यबाट व्यापार गर्नु थियो । उनले व्यापारिक यात्रामा सिकेका ज्ञानहरु लागु गर्दै सुर्खेतमा स्थापना भएको हिरो मोटरसाईकलको सोरुममा लाग ु गर े । विस्तारै व्यापारले गति लियो । परिवारको साथ र समर्थनले सुर्खेतमा सञ्चालन आएको व्यापारबाट पौडल सन्तुष्ट रहेको बताउँछन् । उनी नभएको बेला उनको श्रीमतीले नै व्यापारको सम्हाल्ने गरेकी छन् ।  ‘मानवीय आवश्यकता त असिमित हुन्छन् । चाहनाहरु कहिल्यै पूरा हुँदैनन् । तर व्यापारमा पूर्ण सन्तुष्ट नै छु’ पौडेल भन्छन् ।

हिरो मोटरसाइकलको शोरुम
हिरो कम्पनीको मोटरसाईकलहरुमा स्टाइलभन्दा पनि कम खर्चिला छन् । पछिल्ला वर्ष फेसनवाला मोटरसाईकल खोज्नेको ताँती नै लागे पनि हिरो मोटरसाईकल खरिद गर्नेहरुको क्रेज पनि उत्तिकै रहेको पौडेलको भनाइ छ । यही सोरुमलाई उनले व्यवस्थित गर्दै ग्राहकहरुलाई थप सुविधा दिने योजनामा छन् । सोरुमबाटै मोटरसाईकल खरिद गरेका ग्राहकहरुलाई सोरुममै पुगेर मोटरसाइकल सर्भिस गर्न सुझाव पौडेल दिन्छन् ।
गोपाल प्रसाद पौडेल (सञ्चालक) हिरो शोरुम, सुर्खेत (२०७७ बैशाख १२ गते शुक्रबार युगअाव्हान दैनिकमा प्रकाशित)

प्रहरी बन्न चाहान्थेँ तर व्यापारमा होमिएँ

नागरिकदेखि राष्ट्रसम्म एकिकृत भए काेराेनासंग जीत सम्भव

प्रहरी बन्न चाहान्थेँ तर व्यापारमा होमिएँ

कोदो बाली उत्पादन प्रविधी

Leave a comment

Your email address will not be published. Required fields are marked *