अब्बल बन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

जुम्ला, १९ जेष्ठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा आफ्नो अब्बलता प्रस्तुत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारका लागि निर्धारण गरेका देशका अस्पतालमध्ये सो अस्पताल अहिले दोस्रो स्थानमा रहेको जनाइएको छ । कोरोनाको सम्भावित जोखिमलाई ध्यानदिँदै प्रतिष्ठानका नेतृत्वले शुरुमै यसको नियन्त्रण तथा उपचारमा स्वास्थ्यकर्मीबीचको छलफललाई सघनता […]

कमरेडलाई ‘काम्रेड’ कै पत्र

प्रिय कमरेड नेकपा जुम्ला अध्यक्ष सुरेश पहाडीज्यू सचिव तिर्थ बुढाज्यू । “एउटा ठूलो बुढो रुखको ओगले नयाँ रुखलाई असर गर्दछ’’ विश्व कोरोना भाईरस (कोभिड–१९) बिरुद्ध लडिरहेको रहेको छ तपाईहरुलाई थाहानि छ तपाईहरु यहि समय हो भनेर कार्यकर्ता बिरुद्ध लड्दै हुनुहुन्छ । हामी नत्र पूर्व माओवादी, नत पूर्व एमाले । हामी त केबल नेकपाका सिपाही हौं […]

भारतबाट उद्धार गरिएका नागरिक दुर्घटनामा, १२ जनाको मृत्यु

नेपालगञ्ज, १९ जेष्ठ । भारतका विभिन्न स्थानमा अलपत्र परेका नेपाली बोकेर फर्किएको हाइस गाडी मध्यरातमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस गाडी रोकिराखेको ट्रकसँग ठोक्किदा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ […]

रुकुम हत्याकाण्डले जन्माएको क्रोध

शेरेन्द्र सोनी/सिम्ता हाल कोहलपुर हामीले पूर्व मेची, पश्चिम, काली, उत्तर हिमाल र दक्षिण तराईका सुन्दर फाँटहरुको कुरा ग¥यौ । हामीले ऐतिहासिक व्यक्तित्व जनक, सीता, भृकुटी र बुद्धका कुरा ग¥यौ । हामीले महान योद्दाहरु अमरसिंह, बलभद्र र भक्ति थापाका कुरा गरयौ । हामीले एकसय चारवर्षे राणा शासन विरूद्ध आफ्नो जीवनलाई बलिदान दिने शहिदहरु शुक्रराज, धर्मभक्त, दशरथ […]

‘कोरोना नियन्त्रणमा कर्णाली सरकार चुक्यो’

सुर्खेत, १९ जेठ । कर्णाली प्रदेश सभाका सांसदहरुले कोरोना प्रतिकार्यको अभियानमा प्रदेश सरकार चुकेको बताएका छन् । आइतबार प्रदेश सभाको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले कोरोना रोकथामा प्रदेश सरकार गम्भीर नभएको बताए ।  ‘प्रदेश सरकारलाई कोरोनाको प्रतिकार्यका लागि पर्याप्त समय थियो, लकडाउन भएको महिनासम्म प्रदेशमा कोरोना संक्रमण थिएन’ विपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता […]

YUGAAWHAN NATIONAL DAILY (2077-02-19)

कर्णालीमा १६६ जनामा कोरोना, जुम्ला पुग्यो संक्रमण

सुर्खेत, १९ जेष्ठ । कर्णाली प्रदेशका पाँच जिल्लामा देखिएको कोरोना संक्रमण आइतबार राती निकालिएको नजितामा जुम्लामा समेत संक्रमण देखिएको छ । कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालीकोट, मुगु, सल्यान र जुम्लामा कोरोना संक्रमित फेला परेका छन् । जुम्लासंगै कर्णालीका ६ जिल्लामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार साँझ आएको विवरण अनुसार दैलेख र जुम्लाका […]

सुकुटीसहित सिम्रिक एयरको हेलिकप्टर सेनाकाे फन्दामा

मुछिए प्रहरी इन्सपेक्टर र हवल्दार रामचन्द्र न्यौपाने डोल्पा, १८ जेठ । निजि हेलिकप्टर कम्पनिको मनोमानिका कारण शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज संरक्षणमा ठुलो चुनौति देखिएको छ । निकुञ्जको अनुमति बिनानै निजि कम्पनिका हेलिकप्टरहरु संरक्षित क्षेत्रमा निर्बात रुपमा आवत–जावत गर्न थालेपछि संरक्षणमा चुनौति देखिएको हो । नागरिक उद्धा, यात्रु ओसार्ने वा खाद्य सामाग्री ढुवानी गर्ने निहुँमा निकुञ्ज क्षेत्रमा […]

दुइ सांसदलाई प्रदेश सभा प्रवेशमा रोक

सुर्खेत, १८ जेष्ठ । दैलेखबाट निर्वाचित प्रदेश सभा सदस्य अम्मर बहादुर थापा र सुशिल थापालाई एक साताका लागि प्रदेश सभा सांसदमा प्रवेश रोक लगाइएको छ । कोरोना संक्रमण क्षेत्रमा खटिएका दुवैबाट प्रदेश सभामा समेत कोरोना जोखिम हुने भन्दै एक साता होम क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । कोरोना संक्रमण दैलेखमा फैलिएपछि उनीहरुको उद्दार, राहत, क्वारेन्टाइन व्यवस्थापन, […]

‘मलाई कोरोना भए मुख्यमन्त्री र सामाजिक मन्त्रीलाई सार्छु’

अभिषेक अनुराग दैलेख, १८ जेष्ठ । कर्णाली प्रदेश सभा सदस्य तथा युवा सांसद शुशिल थापाले अबको एक महिनामै कर्णाली प्रदेश सरकारले कोरोना सम्बन्धमा जनप्रिय काम नगरेमा सरकारबाट गलत्याउने बताएका छन् । दैलेखको क्यारेन्टीन र आइसोलेसन कक्षमा रहेका सम्पूर्ण दैलेखीलाई सडकमा उतारेर कर्णाली प्रदेश सरकारलाई घेरा हाल्दै प्रदेश सरकारको कार्यकक्षलाई नै आइसोलेसन बनाईदिने रेडियो धुब्रतारा एफ. […]

रुकुम घटना : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

भीमबहादुर सिंह/कृष्ण ज्ञवाली (कान्तिपुर दैनिकबाट) जाजरकोट, १८ जेष्ठ । प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका छन’ भन्ने म्यासेज नगरिदिएको भए जाजरकोटका नवराज विश्वकर्मा लकडाउनका बेला भेरी नदी तरेर पल्लो गाउँ जान हतारिने थिएनन् । प्रेमिकालाई घर भित्र्याउने सपना साँचेका उनी भेरी त तरे तर प्रेमिकाको हात समाएर घर फर्कन पाएनन् […]

चौरजाहारी अस्पतालले कोरोना संक्रमित लिन नमानेपछि ‍‍…

दुर्गा विसी सल्लीबजार, १८ जेष्ठ । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमित २६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान र प्रदेश अस्पताल सुर्खेत लगिएको छ । रुकुम पश्चिम चौरजाहारी अस्पतालले कोरोना विरामी लिन नमानेपछि जिल्ला र प्रदेश पठाएको छ । कर्णाली प्रदेश सरकारको करोडौं बजेट लिएर कोरोना संक्रमितका लागि उपचार गर्ने जिम्मेवारी तोकिएको चौरजाहारी […]

कोरोनाबाट विश्वभर १२१ नेपालीको मृत्यु, १४ हजार संक्रमित

काठमाडौं, १८ जेष्ठ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र संयुक्त राज्य अमेरिका, कुवेत र साउदी अरबमा एकएक […]