जुम्लामा रगत अभावको समस्या हट्दै

गाेल्डेन बुढा जुम्ला,९ मंसिर । जुम्लाको सिंजा गाउँपालिका-६ रुघाकी तारा राेकाया गतमंसिर १२ गते राति अचानक पेट र ढाड दुख्ने, अत्यधिक वान्ता हुने तथा हातखुट्टा दुख्ने समस्या लिएर सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन्। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई तत्कालै आईसीयूमा भर्ना गरी चार दिनसम्म उपचार गरियो। चिकित्सकले पाठेघर शल्यक्रिया आवश्यक देखाएपछि […]

पातारासी भेडापालन तालिम

गाेल्डेन बुढा  जुम्ला,१९ मंसिर। जुम्लाको पातारासी गाउँपालिका–७, पटमारा। तीन दिनसम्म यो गाउँ महिलाहरूको उत्साह, जिज्ञासा र शिकाइले गुञ्जियो। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय जुम्लाले “सीप सिकौँ, आत्मनिर्भर बनौँ” मूल नारासहित सञ्चालन गरेको भेडा तथा बाख्रापालन तालिमका सहभागी महिलाहरूका अनुहारमा भविष्यप्रतिको नयाँ सम्भावनाको चमक देखिन्थ्यो।मंसिर १५ देखि १७ गतेसम्म सञ्चालित तालिममा ३६ जना महिलाको […]

ढुंगानाको निधनले कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति:मुख्यमन्त्री आचार्य

दाङ ,१९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चर्चित वर्रे संघर्षका योद्धा भेषराज ढुंगानाको निधनले सिंगो कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताउनुभएको छ । सन्धिखर्क नगरपालिका–२ कुरमा जन्मिनुभएका हाल गढवा गाउँपालिका–६ हाँसिपुर निवासी ८१ वर्षीय ढुंगानाको काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो । ढुंगानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले उहाँले आफ्नो जीवनकालमा १४ […]

नेपालगन्जमा गरिदै मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको आठौं संस्करण

बाँके,१९ मंसिर । नेपालगन्जमा ‘आठौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिता-२०८२’ गरिदैछ । यही मंसिर २० गते हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा आयोजक नेपालगन्ज साइक्लिङ क्लवका अध्यक्ष प्रदिप सापकोटाले प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिस्पर्धा गराइने जानकारी दिनुभयो । उहाँका अनुसार एमटिबी पुरुष ३६ किमी, एमटिबी […]

कर्णालीमा एमाले प्रतिनिधि छनोट सम्पन्न

गाेल्डेन बुढा  जुम्ला ,१८ मंसिर । नेकपा (एमाले)ले आगामी ११औँ महाधिवेशनका लागि कर्णाली प्रदेशमा प्रतिनिधि छनोट प्रक्रिया सकिएको जनाएको छ। प्रदेशभरिका १० जिल्लाबाट जम्मा ९७ जना प्रतिनिधि चयन भएका छन्। चयन भएका प्रतिनिधिमध्ये अधिकांश अध्यक्ष केपी शर्मा ओली पक्षधर रहेको एमाले स्रोतले जनाएको छ।जुम्लामा खुलातर्फ शान्तिलाल महत र देवीलाल थापा; महिलातर्फ शान्ता शाही र मेनका […]

लैङ्गिक हिंसा रोकथामको कानुनी सचेतना र सिफारिस प्रणाली सुदृढीकरणमा जोड

सुर्खेत ,१८ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा कानुनी सचेतना तथा सिफारिस प्रणालीको आवश्यकता विषयक छलफल कार्यक्रम बिहीबार वीरेन्द्रनगर नगरपालिका–१ मा सम्पन्न गरिएको छ । इन्सेक लगायतका संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा लैङ्गिक हिंसा रोकथाम, पीडितमैत्री सेवा प्रवाह तथा सिफारिस प्रणालीको प्रभावकारिता लगायतका विषयमा छलफल गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख […]

वैकल्पिक राजनीतिक एकताको ऐतिहासिक आवश्यकता: पुराना दलहरूको विफलता, जेनेरेसन–जेडको विद्रोह र नयाँ जनादेशको अपरिहार्यता

✍️अर्जुन प्रसाद शर्मा बि .न .पा -१२ सुर्खेत, नेपालको वर्तमान राजनीतिक परिदृश्यलाई गहिरो रूपमा नियाल्दा एउटा यथार्थ कठोर रूपमा उजागर भएर अगाडि आउँछ—पछिल्ला छत्तीस वर्षदेखि एमाले, कांग्रेस, माओवादी, र राप्रपाजस्ता परम्परागत दलहरूले राजनीतिक सत्तालाई आफ्नो वंशानुगत अधिकारझैँ प्रयोग गर्दै राज्यका स्रोत, संरचना र प्रणालीलाई गुट–व्यक्तिगत स्वार्थअनुसार कब्जा गरेर राखेका छन्। लोकतन्त्र, गणतन्त्र, संघीयता र परिवर्तनका […]

अमेरिकामा नवजात हेपाटाइटिस–बी खोप विवादमा

वासिङ्टन, १८ मङ्सिर (रासस/एएफपी)। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गत खोपप्रति शङ्का राख्ने स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरले गठन गर्नुभएको नयाँ सल्लाहकार समूहले नवजात शिशुका लागि हेपाटाइटिस–बी खोपको पुनरावलोकन गर्न लागेपछि अमेरिकामा चिकित्सक तथा वैज्ञानिक समुदायबीच तीव्र बहस चर्किएको छ । धेरै चिकित्सकको कडा विरोधका बीच एटलान्टास्थित ‘खोप अभ्यास सम्बन्धी सल्लाहकार समिति’ (एसिआइपी) ले बिहीबारदेखि दुईदिने बैठक […]

पुटिन भारतको राजकीय भ्रमणका लागि प्रस्थान

मस्को, १८ मङ्सिर (रासस/एएनआई) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भारत भ्रमणका लागि आज मस्कोबाट प्रस्थान गर्नुभएको छ । उहाँको यो भ्रमण सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछिको पहिलो भारत यात्रा हो । पुटिनले यसअघि सन् २०२१ डिसेम्बरमा भारतको अन्तिम आधिकारिक भ्रमण गर्नुभएको थियो । यसपटकको भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक […]

इयु–रुस युद्ध जोखिममा युरोपेली जनताको बढ्दो चिन्ता

पेरिस, १८ मङ्सिर (रासस/एएफपी) ।  फ्रान्सेली अन्तर्राष्ट्रिय मामिला जर्नल ले ग्रान्ड कन्टिनेन्टमा बिहीबार प्रकाशित मतदान समूह क्लस्टर १७ को नयाँ सर्वेक्षणले युरोपेली सङ्घ (इयु) का नौ देशमा अधिकांश नागरिकले इयु सदस्य राष्ट्रहरू र रुसबीच युद्ध भड्किन सक्ने ‘उच्च जोखिम’ देखिरहेको निष्कर्ष प्रस्तुत गरेको छ । सन् २०२२ मा रुसले युक्रेनमा गरेको पूर्ण आक्रमणपछि सुरु भएको […]

भारत–रुस सम्बन्धमा अमेरिकी दबाब

नयाँदिल्ली, १८ मङ्सिर (रासस/एएफपी) ।  रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या गर्दै आएका छन् । तर युक्रेनमाथि रुसको आक्रमणपछि द्विपक्षीय सम्बन्ध अभूतपूर्व दबाबमा परिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी तेल खरिद रोक्न भारतमाथि जोडदार दबाब दिँदै नयाँदिल्लीबाट आयातित रूसी तेलमा ५० प्रतिशतसम्म कडा कर लगाउनुभएको छ । त्यस्तै संवेदनशील पृष्ठभूमिमा […]

म्याक्रोन–सी भेटमा शान्ति र व्यापार सन्तुलनमुखी आग्रह

बेइजिङ, १८ मङ्सिर (रासस/एएफपी) ।  फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको बिहीबारको भेटवार्तामा युक्रेन युद्ध अन्त्यका लागि सक्रिय भूमिका निभाउन र फ्रान्स–चीन व्यापार असन्तुलन समाधान गर्न सहयोग पुर्‍याउन आग्रह गरेका छन् । ग्रेट हल अफ द पिपल्समा आयोजित भव्य समारोहका बीच सम्पन्न उच्चस्तरीय वार्ता उनको चीन भ्रमणको प्रमुख केन्द्रविन्दु बन्यो । अफिसमा […]

पुटिन–ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको सङ्केत’

वासिङ्टन, १८ मङ्सिर (रासस/एएनआई) ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेन शान्ति प्रस्तावका विषयमा मस्कोमा भएको उच्चस्तरीय भेटवार्ताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘युद्ध अन्त्य गर्न इच्छुक’ रहेको धारणा दिएको बताएका छन् । बुधबार अमेरिकी विशेष दूत स्टिभ विटकफ तथा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरले मस्कोमा राष्ट्रपति पुटिनसँग पाँच घण्टा लामो विस्तृत वार्ता गरेका थिए । […]