जेनजी आन्दोलनका सहिदः अरुको सहारामा शिक्षा लिएका बुढाको सपना अधुरै

सिद्धराज भट्ट र प्रेम रौले/रासस बाजुरा, १८ मङ्सिर ।  जिल्लाको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटामा २३ वर्षीय ओब्जन बुढाको खरले छाएको घर छ । जेनजी आन्दोलनका क्रममा गोली लागेर निधन भएका उनका बुबा–आमा पुत्र वियोगको पीडा सहेर त्यही घरमा बस्छन । सामान्य कृषि पेशा गरेर जीविकोपार्जन गर्दै आएको यो परिवारमा अहिले छोराको अल्पायुमै निधनसँगै परिवारमा भविष्यको अँध्यारोले […]

दोलखा र जुम्लाको तापक्रम ‘माइनस’मा

काठमाडौँ, १८ मङ्सिर ।  नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला दुई जिल्लामा न्यूनतम तापक्रम ‘माइनस’मा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा आज दोलखास्थित जिरीको तापक्रम पनि ‘माइनस’मा झरेको छ । विभागमा आज साँझ रेकर्ड भएको अभिलेखअनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस पाँच दशमलव दुई डिग्री र […]

इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह 

काठमाडौँ, १८ मङ्सिर ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू)बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो । जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरि बालबालिका, ज्येष्ठ […]

मङ्सिर २१ भित्र योजना छनोट गरेर पठाउन निर्देशन

सुर्खेत, १८ मङ्सिर ।  कर्णाली प्रदेश सरकारले मङ्सिर २१ गतेभित्र आगामी आर्थिक वर्ष २०८३/८४ मा कार्यान्वयन गरिने योजनाको विवरण पठाउन निर्देशन दिएको छ । जिल्लास्थित कार्यालयमार्फत पत्राचार गर्दै प्रदेश सरकारले दोहोरोपन नपर्ने गरी योजनाको विवरण पठाउन निर्देशन दिएको हो । कर्णाली प्रदेश सरकारले आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि २०८२ मा व्यवस्था भए बमोजिम स्थानीय […]

खेल सञ्चालन नहुँदा रङ्गशाला अलपत्र

दाङ, १८ मङ्सिर । दाङको देउखुरीस्थित लमहीमा अन्तरराष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशाला निर्माण भए पनि खेल सञ्चालन नहुँदा अलपत्र परेको छ । राष्ट्रियस्तरका ठूला खेल खेलाउन सकिने रङ्गशाला तयार भए पनि पछिल्लो एक वर्षयता एउटा पनि खेल भएका छैनन् । खेल नहुँदा अहिले मैदानमा घाँस उम्रिएको छ भने फोहरले अव्यवस्थित बनेको छ । लमही नगर विकास […]

एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने 

काठमाडौँ, १८ मङ्सिर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन् । एमालेको ११ औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ । पार्टीको महाधिवेशनका लागि गठित स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटनको […]

कैलालीका सीमानाकामा सुरक्षा जाँचमा कडाइ

कैलाली, १८ मङ्सिर । कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ । जिल्लास्थित सीमानाकामा भारतबाट नेपाल प्रवेश गर्नेलाई जाँचमा कडाइ गरिएको हो । सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्ति तथा समूह अवैध तरिकाले प्रवेश गर्नसक्ने हुँदा सुरक्षा निकायबाट जाँचमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । “सुरक्षा चुनौतिलाई […]

अपाङ्गता अधिकार र सचेतना विस्तारका लागि ह्विलचियर बास्केटबल

सुर्खेत, १८ मङ्सिर ।  अपाङ्गता अधिकार र सचेतना बिस्तारका लागि सुर्खेतमा ह्विलचियर बास्केटबल खेल सम्पन्न भएको छ । ३४ औँ अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा स्पाइनल इन्जुरी युनियनले सेभ द चिल्ड्रेन र भिजन ३६० को सहयोगमा कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडीहरूबीच मैत्रीपूर्ण ह्विलचेयर बास्केटबल खेल आयोजना गरेको हो । खेलमा कर्णाली प्रदेशका तर्फबाट स्पाइनल इञ्जुरी युनियन […]

वीरेन्द्रनगरको ‘ड्रिम प्रोजेक्ट’  भेरी लिफ्ट खानेपानी आयोजनाले लियो गति

ओम शाही सुर्खेत, १८ मंसिर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कार्यान्वयन भइरहेको भेरी लिफ्ट खानेपानी आयोजनाले गती लिएको छ । संघीयता कायान्वयनपछि संघ सरकारबाट स्थानीय तहले पाएको ठुलो लगानीमा बन्न लागेको आयोजनाले सबै खाले कानुनी अल्झन पुरा गरेसँगै प्याकेज–१ अन्तर्गतका कामले गती लिएका हुन् । कानुनी प्रक्रिया पूरा भए पश्चात फिल्डस्तरमा धमाधम रुख कटानको काम भइरहेको […]

सम्पादकीय : उपभोक्ता समिति गठनको स्पष्ट मापदण्ड बनाऊ !

कर्णाली प्रदेश सरकारले थालेको उपभोक्ता समितिका नाममा भइरहेको आर्थिक दुरुपयोग रोक्ने प्रयासमाथी सर्वोच्च अदालतले रोक लगाएको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको क्रममा ३० लाखभन्दा माथिका आयोजना उपभोक्ता समितिमार्फत गर्न नपाईने नियम प्रदेश सरकारले ल्याएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम कार्यान्वयन मार्गदर्शनको बुँदा नम्बर १८ […]

धानको रैथाने जात संरक्षण गर्दै बाँकेका गङ्गानारायण

बाँके, १८ मङ्सिर । बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका किसान गङ्गानारायण चौधरी धानको परम्परागत रैथाने जात संरक्षण गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रको सहयोग र समन्वयमा चौधरीले विगत पाँच वर्षदेखि रैथाने कालानमक जातको धानखेती गर्दै आएका छन् । यो वर्ष ३२ कठ्ठा क्षेत्रफलमा लगाएको धानखेतीबाट ४० क्विन्टल कालानमक धान उत्पादन भएको गङ्गानारायणले जानकारी दिए । “उत्पादन […]

झन्डै १४ वर्षपछि प्रहरीचौकाे आफ्नै भवन

गाेल्डेन बुढा जुम्ला,१८ मंसिर । झण्डै १४ वर्षसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको कनकासुन्दरी गाउँपालिका-५ गोठिज्युला प्रहरीचौकी अब आफ्नै भवनमा सेवा प्रवाह गर्न थालेको छ। स्थानीयवासीले निशुल्क जग्गा उपलब्ध गराएपछि ४ करोड १० लाख रुपैयाँमा तीन तले, हिरासतसहितको सुविधा सम्पन्न भवन निर्माण भएको हो।भवन बुधबार डिआइजी माधवप्रसाद श्रेष्ठले उद्घाटन गरे। उनले प्रहरीलाई “निर्धक्क भएर जनताको […]

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगञ्ज ,१८ मंसिर । कार्यस्थलमा महिलामाथि विभिन्न किसिमका हिंसाहरू हुने गरेको एक कार्यक्रममा बताइएको छ । कार्यालयमा पुरुषहरूले अपशब्दको प्रयोग, अवाञ्छित, अश्लिल, अपमानजनक, यौनिक टिप्पणी, हेराई, मजाक गर्ने जस्ता क्रियाकलापले महिलाहरू असुरक्षित भएको कुरा औँल्याइएको छ । महिला, कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग गरेको […]