हुम्लामा दुई मतदानस्थल थपिए 

हुम्ला, १८ मङ्सिर । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा दुई वटा मतदानस्थल थपिएका छन् । जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ समितिको मागलाई निर्वाचन आयोगले सम्बोधन गर्दै दुई वटा मतदानस्थल आयोगले थप्ने निर्णय गरेको हो । आयोगले दुई वटा मतदानस्थल थप्ने निर्णय गरेको जिल्ला निर्वाचन […]

बझाङ र बाजुरामा जीविकोपार्जन कार्यक्रम कार्यान्वयन 

कैलाली, १८ मङ्सिर ।  सुदूरपश्चिमका बाजुरा र बझाङ जिल्लामा जलवायु उत्थानशील भूपरिधि तथा जीविकोपार्जन कार्यक्रम कार्यान्वयन भएका छन् । जलवायु परिवर्तनको  जोखिममा रहेका समुदायको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यका साथ नेपाल सरकार र एसियाली विकास बैंकको साझेदारीमा दुवै जिल्लामा कार्यक्रम कार्यान्वयन भएका हुन् । सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका  प्रवक्ता भरतप्रसाद श्रेष्ठका अनुसार […]

सोचेअनुसार प्रदर्शन हुन नसक्दा बाहिरियौँ : कर्णालीका प्रशिक्षक बस्न्यात

काठमाडौँ, १८  मङ्सिर ।  कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिने पहिलो टोली बनेको छ । बुधबार पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै लिग चरणको कर्णाली एक खेल अगावै बाहिरिएको हो । कर्णालीका प्रशिक्षक राजु बस्न्यातले टिममा सन्तुलन नमिल्दा बाहिरिनुपरेको बताए । उनले भने, “सुरूको खेल हार्दादेखि नै टिमको बनोबल खस्किएको थियो, त्यसपछिका खेलहरूमा […]

प्रशासन कार्यालय सञ्चालनपछि ८३४ सेवाग्राहीले राहदानी पाए 

नेपालगञ्ज, १८ मङ्सिर ।  जेनजी प्रदर्शनपछि अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालयको सेवा सञ्चालनमा आएपछि ८३४ सेवाग्राहीले राहदानी प्राप्त गरेका छन् । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयमा आगजनी भएपछि अवरुद्ध बनेको सेवा सञ्चालनमा आएसँगै ८३४ जनाले राहदानी प्राप्त गरेका हुन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले पहिलेको […]

सर्वोच्चले रोक्यो उपभोक्ता समितिको  दुरुपयोग रोक्ने कर्णाली सरकारको कदम

ओम शाही सुर्खेत, १८ मंसिर ।  कर्णाली प्रदेश सरकारले थालेको उपभोक्ता समितिका नाममा भइरहेको आर्थिक दुरुपयोग रोक्ने प्रयासमाथि सर्वोच्च अदालतले रोक लगाएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनको क्रममा ३० लाखभन्दा माथिका आयोजना उपभोक्ता समितिमार्फत गर्न नपाईने नियम प्रदेश सरकारले ल्याएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयले १ साउन २०८२ मा […]

सम्पादकीय : दोषीलाई उन्मुक्ति नदेऊ !

विशेष अदालतले टुङ्गोमा पुर्‍याएको नेपाल वायुसेवा निगमको वाइड बढी जहाज खरिद प्रकरण पुनः व्यूतिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा दायर भएको मुद्दामा संलग्न अधिकांश प्रतिवादीहरुले सफाइ पाएका थिए । उक्त विमान खरिद प्रक्रियामा जोडिएका तत्कालीन नागरिक उड्डयन तथा पर्यटनमन्त्री जीवनबहादुर शाहीसहितका अधिकांश प्रतिवादीहरुलाई विशेष अदालतले उन्मुक्ति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग […]

“कृपा होइन, अधिकार चाहिन्छ: अपाङ्गता व्यक्ति ”

गाेल्डेन बुढा जुम्ला ,१७ मंसिर। “हामीले दयाभन्दा सम्मान, अवसर र सहभागिता चाहन्छौं। अपाङ्गता भएका व्यक्तिलाई समाजले अवसर दिनुपर्छ, कृपा होइन।”यो आवाज थियो जुम्लाको चन्दननाथ नगरपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित अपाङ्गता भएका व्यक्तिहरूको। नगरस्तरीय अपाङ्गता सञ्जाल सदस्य कमला सेजुवालले भनिन्, “अपाङ्गता केवल जन्मजात हुनुपर्छ भन्ने बाध्यता छैन। विभिन्न कारणले व्यक्ति अपाङ्ग हुन […]

१६ दिने “अभियानका नारा सहरमा, पीडा गाउँमा”

गाेल्डेन बुढा  जुम्ला ,१७, मंसिर  श्रीमानकाे बेवास्ता, समाजको हेपाइ र परिवारको सहाराविहीन जीवन,यिनै पीडा बोकेर तीन वर्षदेखि जुम्लाको गुठिचौर गाउँपालिका-१ की ३५ वर्षीया तारा रोकाया एक्लै संघर्ष गर्दै आएकी छन्। श्रीमानले छोरी- छोरासहित छाडेपछि मानसिक र शारीरिक रूपमा कमजोर बन्दै गएकी तारा गतभदौ २५ गते घरको छतबाट लडेर गम्भीर घाइते भइन्। गाउँमा ‘देउता लाग्यो’ भन्दै […]

लुम्बिनीले हरायो विराटनगरलाई

काठमाडौं ,१७ मंसिर । नेपाल प्रिमियर लिग अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पराजित गरेको छ ।लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको हो। विराटनगरलाई पराजित गरेसँगै लुम्बिनी ‘प्लेअफ’ नजिक पुगेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा […]

कोहलपुरमा हुलास खाद्य उद्योगबाट म्याद नाघेको ९१ बोरा आँटा नष्ट, उपभोक्ता सुरक्षामा कडाइ

बाँके ,१७ मंसिर बाँकेको कोहलपुर–१४ स्थित हुलास खाद्य उद्योगमा म्याद नाघेका ९१ बोरा आँटा फेला परेपछि नियामक निकायले तत्काल नष्ट गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय र कोहलपुर नगरपालिकाका जनप्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले उद्योगभित्र ठूलो मात्रामा म्याद सकिएको पिठो भेटिएको पुष्टि गरेको हो। उद्योगद्वारा प्रस्तुत विवरणअनुसार ती बोराहरूको मूल्य […]

हुम्लाबाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत

हुम्ला,१७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि हुम्लाबाट सबै प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । पार्टी उपाध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार खुलातर्फ जिल्ला अध्यक्ष ज्ञामी बुमी, वरिष्ठ नेता कलबहादुर हमाल, दलितबाट पर्वत सुनार, युवातर्फ तीर्थराज बोहोरा, महिलामा प्रतिमा लामा र विमला शाही सर्वसम्मत चयन हुनुभएको हो । जिल्लाबाट थप एक जना प्रतिनिधिका […]

नेपालगन्जमा अपाङ्गमैत्री शहरको प्रारम्भ : बीपीचोक–धम्बोझीसम्म फुटपाथ निर्माण सुरु

बाँके,१७ मंसिर । नेपालगन्ज उपमहानगरपालिकाले शहरलाई सबैका लागि पहुँचयोग्य बनाउने लक्ष्यसहित अपाङ्गमैत्री फुटपाथ निर्माणको काम अघि बढाएको छ। पहिलो चरणमा बीपीचोकदेखि धम्बोझीसम्म अपाङ्गमैत्री फुटपाथ निर्माणका लागि करिब ५० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको मेयर प्रशान्त विष्टले बताउनुभएको छ। नगर प्रमुखका अनुसार जनसहभागिता र आवश्यकता दुवैलाई मध्यनजर गर्दै निर्माण कार्य तत्कालदेखि नै सुरू गरिनेछ। फुटपाथ निर्माणको […]

घुयँत्राे:“जनताको चेतना अपग्रेड : भदौ २३ अघि जस्तै ‘लोडसेडिङ मोड’ मै”

नेपाली जनताकाे ज्ञान, सीप, दक्षता,उत्सुकता,काैतुहलता, बुध्दिविवेक,हेर्ने नजरिया, चाहना,हैसियत,सिमा, शिक्षा,आँट,जाेशजाँगर,प्रविणता,काैशलता,प्रस्तुति,भदाै २३ अघि जस्तो थियाे जेनजी आन्दोलन पछिपनि त्यस्तैछ । विल्कुल परिवर्तन र विकास भएकाे छैन नत चेतनानै जागेकाेछ । हिजाे यिनिहरु नेपाली राजनीतिक दलहरु,काँग्रेस ,एमाले र माओवादिलाई जसरि हेर्थे आउने चुनाबमा नि यिनिहरुले त्यसरिनै हेर्नेछन । किनभने नयाँ दल दर्ता गर्नेहरुकाे हैसियतनि जनताले हेरि सकेका छन […]