मन्त्रीपरिषद्का निर्णय सार्वजनिक

काठमाडौँ, १६ मङ्सिर । सरकारले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन गर्न र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको कार्यावधि ३० दिन थप गर्ने भएको छ । यही मङ्सिर १५ गतेको मन्त्रिपरिषद्को निर्णयहरू सावर्जनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले […]

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

काठमाडौँ, १६ मङ्सिर ।  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ । आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी सुरू गरिएको हो । निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मङ्सिर २१ गते बिहान १० बजे २३ […]

आज ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

सुर्खेत, १६ मंसिर । सुर्खेतमा विविध कार्यक्रम गरी अपाङ्गता भएका व्यक्तिहरुको ३४ औ अन्तर्राष्ट्रिय दिवस आज (बुधबार) मनाइदै छ । राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशले मंगलबार पत्रकार सम्मेलन गर्दै ३४ औ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रमबारे जानकारी दिएको हो । प्रदेश अध्यक्ष विष्णु शर्माका अनुसार दिवसका अवसरमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको सवालमा राष्ट्रिय अपाङ्ग महासंघ […]

अपाङ्गताको सवालमा संवैधानिक सुनिश्चितता र त्यसको कार्यान्वयन

बसन्त जैशी । पहिलो पटक संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९२ मा अपाङ्गता भएका व्यक्तिको अन्तराष्ट्रिय दिवस मनाइएको थियो । त्यस यता हरेक वर्ष डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिको अन्तराष्ट्रिय दिवसका रूपमा यो दिवस नेपाल लगायत विश्वभर मनाइन्छ । यस वर्ष “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन” भन्ने नारामा विविध कार्यक्रम गरी आज […]

तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै 

दाङ, १६ मङ्सिर ।  दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित औद्योगिकग्राम निर्माणाधीन क्षेत्रमा संरचना बन्न थालेका छन् । अहिले सरसफाइ प्रशोधन गर्ने उद्योगले संरचना निर्माण थालेको छ । स्मार्ट मल्टिकन्सेप्ट ग्रुप प्रालिले फोहर सङ्कलन, प्रशोधन गरेर प्लास्टिकजन्य वस्तु निर्माणका लागि कच्चापदार्थ तयार गर्नेछ । सञ्चालक रवीन्द्र विक्रम केसीका अनुसार बजारमा अहिले फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेकाले उक्त उद्योग […]

दुर्गम गाउँ गोप्कामा आभारभूत स्वास्थ्य सेवा 

हुम्ला, १६ मङ्सिर ।  खार्पुनाथ गाउँपालिका–१ दुर्गम बस्ती गोप्का गाउँका नागरिकलाई स्वास्थ्य सेवा सहजरूपमा प्रदान गर्नका लागि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । गोप्का गाउँका नागरिकले वर्षौपछि आफ्नै गाउँबाट स्वास्थ्य सेवा सहज पाउनुका साथै उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । विगतका दिनमा गाउँमा स्वास्थ्य संस्था नहुँदा एक घण्टाको पैदल हिँडेर लाली […]

जुम्लामा लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

काली बहादुर परियार जुम्ला,१६ मंसिर । जुम्लामा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले साेमबार बेलुकी विशेष गुप्त सूचनाका आधारमा गरेको कारबाहीमा चन्दननाथ नगरपालिका–५ का धननाम सिंह कठायतका छोरा वर्ष २४ का विक्रम सिंह कठायत पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विक्रम सिंह कठायत कालेखोली चाेकमा हिँडिरहेको अवस्थाबाट शंका लागेपछि चेकजाँच […]

तिला गाउँपालिकाद्वारा २६ लाख राजस्व सङ्कलन

जुम्ला, १६ मङ्सिर ।  यहाँको तिला गाउँपालिकाले एकवर्षमा २६ लाख १४ हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत गत आर्थिक वर्ष २०८१/८२को आम्दानी तथा खर्च सार्वजनिक गरेको हो । प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईका अनुसार गाउँपालिकाले सो आवमा अनुमानित कूल बजेट ५१ करोड २४ लाख ८४ हजार रुपैयाँ ल्याएकोमध्ये चालुतर्फ […]

राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब

टोकियो, १६ मङ्सिर (रासस/एपी) ।  जापानकी अत्यन्त प्रिय राजकुमारी आइकोलाई प्रायः पप–स्टारझैँ स्वागत गरिन्छ । सम्राट नारुहितो र महारानी मासाकोसँग नागासाकी भ्रमणका क्रममा शुभचिन्तकहरूले उहाँको नाम चिच्याउँदै जयजयकार गरेका दृश्य अझै ताजा छन् ।  सोमबार २४ वर्ष पूरा गर्नुभएकी आइकोलाई देशभरि उच्च सम्मान मिलिरहेकाले धेरै जापानी नागरिकले अब पुरुष–मात्र उत्तराधिकार नियम परिमार्जन गर्नुपर्ने माग तीव्र […]

बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला 

नेपालगञ्ज, १६ मङ्सिर ।  बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८० र चालु आर्थिक वर्षमा ३९ जनामा एचआइभी सङ्क्रमित फेला परेको हो । जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी ‘फोकल पर्सन’ रवीन्द्र शाहले साउनयता चार महिनामा मात्रै ३९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।  […]

एमाले महाधिवेशन  कर्णालीमा एक्लिए ईश्वर पोखरेल !

दिनेश बुढा सुर्खेत, १६ मंसिर  ।  नेकपा एमालेको ११औं महाधिवेशनका लागि कर्णाली प्रदेशबाट ११३ प्रतिनिधि छनौट भएका छन् । एमालेले मंसिर २७–२९ भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाएको हो । १० वटै जिल्लाबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लागेको प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहले जानकारी दिए । उनकाअनुसार रुकुमपश्चिम बाहेक अन्य नौ […]

‘एनसेल एप’को लोकप्रियता शिखरमा, १ करोड डाउनलोड पार गर्दै १० दिने उत्सव घोषणा

काठमाडौं ,१६ मंसिर । एनसेलका ग्राहकहरूबीच अत्यधिक लोकप्रिय रहेको ‘एनसेल एप’ले १ करोड डाउनलोडको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यससँगै एनसेल एप नेपालमा सबैभन्दा धेरै प्रयोग हुने डिजिटल प्लेटफर्ममध्ये एकको रूपमा स्थापित भएको छ। ग्राहकको डिजिटल यात्रालाई सहज, छरितो र आधुनिक बनाउन उद्देश्यसहित तयार गरिएको यो एप अहिले भरपर्दो डिजिटल टुलको रूपमा झन् व्यापक रूपमा […]

मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा ,१६ मंसिर । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ । बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो । पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको हो । आगलागीबाट […]